site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार भर्सेस कुलमान ‘शीतयुद्ध’ ! होला अन्त्य ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल अब ८ महिना बाँकी छ । दोस्रो कार्यकालको अन्तिम चरणमा आइपुग्दा घिसिङ राज्यको आँखामा तगारो बनेका छन्, प्रधानमन्त्री–मन्त्रीको ‘चाहना’ पूरा नगरेपछि ।

विषेशगरी घिसिङले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विवादमा लिएको अडानबाट सरकारको तारो बनेका हुन् । यो विवाद कुलमान घिसिङमा प्राधिकरणमा रहँदासम्म निरन्तर रहने देखिन्छ ।

असार अन्तिममा पुष्पकमल दाहालको सरकार ढलेसँगै बनेको केपी शर्मा ओली सरकारसँग घिसिङ एक्लै लडिरहेका छन् । प्रधानमन्त्री बनेसँगै ओलीले बक्यौता नतिर्ने उद्योगीका विद्युत् लाइन ठाडो आदेश जोड्न निर्देशन दिएका दिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

तर, मौखिक आदेशमा लाइन जोड्ने कानुन नभएको भन्दै त्यसलाई कार्यान्वयन गरेनन् । त्यसमा ओलीको उल्टो आलोचना भयो । साउन ८ गते विद्युत् नियमन आयोगको पत्रको आधारमा प्राधिकरणले जोड्यो । प्राधिकरणको बोर्डले तीन महिनामा बक्यौता उठाउने निर्णय गर्दै लाइन जोडेको थियो । 

आफ्ना आदेश कार्यान्वयन नगरेका रुष्ट भएका ओलीले सार्वजनिक लेखा समिति लगाउँदै घिसिङलाई ‘तह’ लगाउन खोजे । आफ्नै पार्टीका समिति सभापति ऋषिकेश पोखरेल प्रयोग गरी समितिबाटै कारबाही निम्ति सिफारिश गराउन खोजे । सत्तारुढ दल कांग्रेस सांसदको साथ नभएपछि समितिबाट पनि घिसिङविरुद्ध कारबाहीको सिफारिस हुन सकेन । 

Royal Enfield Island Ad

समितिका सभापति पोखरेल पनि सहकारी विवादमा परेपछि निस्क्रिय बैठक बस्न सकेको छैन ।

लेखा समितिबाट पनि काम नभएपछि ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्कालाई प्रयोग गरेका छन् । असोज २३ गते घिसिङसँग १५ बुँदे विवरण मागेका थिए ।

यस्तै कात्तिक १३ गते पुनः ६ बुँदे विवरण मागे । साउन ८ गते तीन महिनामा बिजुलीको बक्तौता तिर्ने सर्तमा जोडिएको लाइन भाकामा कुनै उद्योगीले बक्यौता नबुझाएपछि साउन ८ गते तीन महिना बक्यौता तिर्ने सर्तमा जोडिएको थियो ।

तर, तीन महिनासम्म कुनै पनि उद्योगले बक्यौता नतिरेपछि प्राधिकरणले लाइन काट्यो । लाइन काट्नुअघि बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा अधिकांश सदस्यहरूले लाइन काट्नुपर्ने अडान लिँदा अध्यक्ष रहेका मन्त्री खड्काले रोक्न सकेनन् । 

यसअघि सञ्चालक समितिमा अल्पमतमा परेका मन्त्रीले समिति सदस्य कपिल आचार्य र भक्तबहादुर पुनलाई बर्खास्त गरेका थिए । बक्यौता नउठाइ लाइन जोड्ने विषयमा असहमति राख्दा मन्त्रीले बर्खास्त गरे जिकिरसहित दुवै अदालत पुगे । अदालतले सरकारी निर्णयविरुद्ध अतरिम आदेश दियो, दुवै थमौती भए । 

आफैैँले बर्खास्त गरेका सदस्यहरूको पुर्नबाहली भएपछि खड्कालाई सञ्चालक समिति फेस गर्न अप्ठ्यारो परेको छ । 

कात्तिक ८ गते ३४ वटा उद्योगको लाइन काटेपछि प्राधिकरण ‘भर्सेस’ सरकार भएको थियो । उद्योगमा लाइन काटेपछि १३ गते बसेको मन्त्रिपरिषदको बैठकमा ऊर्जा मन्त्री दीपक खड्काको लाइन जोड्ने प्रस्तावमा ओलीले चासो देखाएनन् ।

उक्त बैठकमा यो विषय विद्यु्त् नियमन आयोगले हेर्नुपर्ने भन्दै त्यसमा पन्छिए । त्यसको भोल्पिल्ट विद्युत् नियमन आयोगले एक किस्ता तिरे उद्योगमा लाइन जोड्न निर्देशन दियो । 

लाइन काटिने र जोडिने भएपछि १४ वटा कम्पनी किस्ता तिर्न गए । राजनीतिक शरणमा परेर बक्यौता नतिर्ने पक्षमा रहेका उद्योगीहरू पटक–पटक लाइन काटिन थालेपछि महसुल तिर्न थाले ।

प्राधिकरणले असोज २४ गते ४९ उद्योगलाई कात्तिक ८ सम्म महसुल नतिरे लाइन काट्ने चेतावनी दिएको थियो । तर, बलियो सरकार रहेको र लाइन काट्न नसक्ने अड्कल गर्दै बक्यौता बुझाएनन् ।

सरकारको साथ नपाएपनि धमाधम लाइन काटेपछि रोल्पा सिमेन्ट, सम्राट सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, नेशनल रबर इन्डष्ट्रिज, नारायण रबर उद्योग, एजी हेल्थ इन्डस्ट्रिज, जीबी टेक्सटाइल पहिलो र जीबी टेक्सटाइल दोस्रो, सर्वाेत्तम सिमेन्ट, विनायक स्पात र नव नेपाल प्लास्टिक, शुभ लक्ष्मी पोलिमर्स लगायतका कम्पनीले किस्ता सुरु गरेका थिए । 

उद्योगहरू क्रमशः बक्यौता तिर्न जाँदै गर्दा २५ गते आइतबार अचानक मन्त्रिपरिषदको बैठकले बक्यौता नबुझाएपछि २४ घण्टामा बत्ती जोड्न निर्देशन दियो । 

सुल्झिदै गएको विवादमा अचानक किन मन्त्रिपरिषदले हस्तक्षेप गरेको भन्ने प्रश्नमा मन्त्री खड्काले भनेका थिए “उद्योगहरू बन्द रहेको र त्यसले उत्पादनमा असर, मजदुर बेरोजगार भएका कारण मन्त्रिपरिषदले निर्णय गरेको हो । यो अचानक होइन । बीचमा तिहारको बिदा परेका कारण पनि अचानक देखिएको हो ।” 

मन्त्रिपरिषदको अल्टिमेटमपछि बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले कार्यान्वयनमा लैजाने निर्णय ग¥यो । उक्त बैठकमा घिसिङ लाइन जोड्ने माइन्युटमा हस्ताक्षर गर्न निकै आनाकानी गरेका थिए । 

चौध वटा उद्योग बक्यौता तिर्न सहमत भएको र अरू पनि आउने भन्दै घिसिङले अन्तिमसम्म जोड्न नहुने अडान राख्दा प्राधिकरणको बोर्ड बैठक लम्बिएको थियो ।

राजस्व सचिव दिनेशकुमार घिमिरे र ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले सम्झाएपछि माइन्युटमा हस्ताक्षर गर्न राजी भएको स्रोत बताउँछ । 

“कुलमानजी अन्तिमसम्म तयार हुनुभएन । अन्त्यमा राज्यमन्त्री र राजस्व सचिवले मन्त्रिपरिषद्को निर्णय हो, यसलाई कार्यान्वयन नगर्दा अप्ठेरो पर्छ भनेपछि उहाँले हस्ताक्षर गर्नुभयो,” स्रोतले भन्यो । बैठकमा राज्यमन्त्री तामाङ आमन्त्रित सदस्यको रूपमा बैठकमा सहभागी थिए ।

प्राधिकरणको बोर्ड बैठकले निर्णय गरेपछि १९ दिनपछि उद्योगहरूमा लाइन जोड्ने निर्णय भएको थियो । सरकारले लाइन जोड्न निर्देशन दिएपछि पत्रकार सम्मेलन आयोजना गर्दै घिसिङले १५ दिनभित्र बक्यौता नबुझाए पुनः लाइन काट्ने प्रक्रियामा जाने जनाए । 

मन्त्रीले उद्योग धन्दा बन्द भएको र त्यसले बेरोजगारी सिर्जना भएको आरोप लगाएपछि घिसिङले हाल काटेका उद्योगहरूमा निकै कम मात्रामा विद्युत् खपत गर्ने गरेको जनाए । 

खड्का भर्सेस घिसिङ

पछिल्लो समय प्राधिकरण र ऊर्जा मन्त्रालय नै आमने सामने भइरहेका छन् । ऊर्जा व्यवसायी मन्त्री छन् । तर, उनै मन्त्री खड्का र घिसिङबीच सम्बन्ध राम्रो छैन । लाल आयोगको रिर्पोट सार्वजनिक गर्न बोलाइएको पत्रकार सम्मेलनमा घिसिङसँगको सम्बन्धबारेमा पत्रकारले प्रश्न गर्दा त्यस्तो केही नरहेको बताएका थिए । 

सम्बन्ध राम्रो भनेपनि खड्का घिसिङलाई हटाउन चाहन्छन् । उनले घिसिङका काम कारबाही चित्त नबुझेको भन्दै पहिलोपटक १५ बुँदे र दोस्रोपटक ६ बुँदे विवरण मागिसकेका छन् । ऊर्जा मन्त्रालय स्रोतका अनुसार, सञ्चालक समितिले घिसिङलाई प्रदान गरेको अधिकार खोस्ने तयारीमा मन्त्री खड्का छन् । 

गत कात्तिक १३ गते मागिएको विवरणको पहिलो बुँदामा उक्त कुरा प्रष्ट हुन्छ । उक्त पत्रको पहिलो बुँदामा भनिएको छ, “यस मन्त्रालयका माननीय मन्त्री दिपक खड्काज्यूको अध्यक्षतामा बसेको मिति २०८१/०४/०४ को प्राधिकरण सञ्चालक समितिको ९८७ औ बैठकभन्दा अगाडि विभिन्न मितिका सञ्चालक समितिबाट तपाईंलाई प्राप्त भएका प्रत्यायोजित अधिकारहरू तपाईंले प्रयोग गरिरहेकामा मिति २०८१/४/४ को बैठकपछि प्रत्यायोजन हुनुपर्ने विषय ।” 

अधिकार खोस्ने तयारीका साथ उक्त विवरण माग गरिएको ऊर्जा मन्त्रालयकै कर्मचारी बताउँछन् । सिधै स्पष्टीकरण सोध्दा समस्या हुने भएपछि विवरण माग गर्ने र दु:ख दिने नियत लिइएको स्रोत जनाउँछ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro