site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साइबर अपराध गर्दै हुनुहुन्छ ? याद गर्नुुस् ! प्रहरी रिपोर्ट रोकिन सक्छ 
तस्बिर– सामाजिक सञ्जालबाट
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । भ्लगर रतन कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीलक्षित ‘१४ युट्युब लाइभ’मार्फत दशरथ रंगशालामै ‘मार्न’ सकिने बोले । उनको उद्देश्य थियो, ‘आपराधिक घटना निम्ति दर्शकलाई उक्साउन खोज्नू ।’
उनी जापानमा बसेर बनाएको भिडियोले नेपालमा तरंग ल्यायो । 

त्यसपछि उनी प्रहरीको निगरानीमा परे । इन्टरपोलमार्फत् उनलाई पक्राउ गर्ने सोचसम्म पुग्यो, प्रहरी । सामाजिक सञ्जालमा नेताहरुलाई लक्षित गरेर गाली गलौज गरिएको यो पहिलोपटक होइन । 

यसअघि पनि यस्ता अनेक भएका छन् । केन्द्रीय साइबर ब्युरोका अनुसार, पछिल्लो समय सामाजिक सञ्जालमा नेताहरुलाई गाली–गलौज गर्ने, चरित्र हत्या गर्ने र उनीहरुबारे मिथ्या अफवाह फैलाउने क्रम बढेको छ ।
०७४ मा फेसबुकमा नेताहरुलाई ‘चोर, फटाहा’ लेखेको आरोपमा कञ्चनपुरको प्रभात विद्या निकेतनका प्रधानाध्यापक शंकरदत्त भट्ट पक्राउ परे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

२०७४ मा तत्कालीन उपराष्ट्रपति नन्दबहदुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामाजिक सञ्जालबाट गाली गरेको अभियोगमा जर्मनमा रहेका नेपाली युवाको राहदानी खारेज गरी उनलाई पक्राउ गरियो ।
प्रधानमन्त्री ओलीलाई ‘मार्नुपर्छ’ भन्ने रतन कार्कीलाई त इन्टरपोलमार्फत् पक्राउ गर्न समेत खोजियो । 

सामाजिक सञ्जालसँग जोडिएको अपराधका विषयमा प्रहरीले यसअघि २०८० मा पनि इन्टरपोलको सहयोग लिएको छ ।

Royal Enfield Island Ad

सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको, गोपनीयता भंग गरेको र पोर्नोग्राफिक सामग्री सार्वजनिक गरेको आरोपमा २०८० को साउनमा मलेसियाबाट प्रहरीले इन्टरपोलको सहयोगमा एक व्यक्ति पक्राउ गरेको थियो ।

नेपाल प्रहरीको तथ्यांक अनुसार, साइबर अपराधका घटना वर्षेनी बढ्दै गएका छन् ।  आर्थिक वर्ष २०७९–०८० मा ९ हजार १३ वटा साइबर अपराधका उजुरी आए । यो संख्या ०८०–८१ मा बढेर १९ हजार ७३० पुग्यो । 
गत साउनयता मात्र ६ हजार ३१२ वटा साइबर अपराधसँग जोडिएका उजुरी परेका छन् । 

साइबर अपराधमा युवा

साइबर अपराध गर्नेहरुमा अधिकांश युवा छन् । 

महान्यायाधिवक्ता कार्यालयले आर्थिक वर्ष ०७५–०७६ देखि ०७९–०८० सम्म भएका साइबर अपराधका घटनाको अध्ययन गरेर ०८१ असारमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार साइबर अपराधमा सामेल हुनेहरुमा ४० प्रतिशतभन्दा बढी युवा छन् ।

प्रतिवेदन अनुसार साइबर अपराध गर्नेहरुमा १८ देखि ३० वर्षसम्मका ५८.४९ प्रतिशत छन् ।  ३० देखि ४० वर्षका २२.६४ प्रतिशत छन् । ४० वर्ष माथिका १५.०९ प्रतिशत छन् । साइबर अपराधबाट पीडित हुने पनि युवा नै धेरै छन् । 
महान्यायाधिवक्ता कार्यालयको प्रतिवेदनअनुसार ६५.८५ प्रतिशत पीडित १८ देखि ३० वर्षका छन् ।

युवापछि बालबालिका सबैभन्दा धेरै साइबर अपराधका शिकार भएका छन् । साइबर अपराधको निशानामा पर्नेमा १८ वर्षभन्दा मुनिका बालबालिका १७.०७ प्रतिशत छन् । 

साइबर अपराधका लागि सबैभन्दा बढी फेसबुक प्रयोग हुने गरेको देखिन्छ । केन्द्रीय साइबर ब्युरोका अनुसार ०७९–८० मा फेसबुकमार्फत् ६ हजार ७ सय ८२ वटा साइबर अपराधका घटना भएका थिए । ०८०–०८१ मा १६ हजार ९६ र गत असारयता ३ हजार ७ सय ६३ वटा ।

महान्यायाधिवक्ता कार्यालयका अनुसार, ०७५ देखि ०८० सम्मको पाँचवर्षमा भएका साइबर अपराधका घटनामध्ये ८२ प्रतिशत फेसबुकको माध्यमबाट भएका थिए ।  फेसबुकमा ‘फेक आइडी’ नक्कली परिचय बनाएर यस्तो अपराध हुने गरेको प्रतिवेदनले देखाउँछ ।

युवाको भविष्य जोखिममा

युवाहरु साइबर अपराधमा सामेल हुँदा उनीहरुको भविष्य नै जोखिममा पर्छ । साइबर अपराध नियन्त्रण गर्न सरकारले ‘विद्युतीय कारोबार ऐन २०६३’ बनाएको छ ।  यो ऐनले इन्टरनेटको प्रयोगबाट हुने आपराधिक गतिविधि साइबर अपराधका रुपमा व्याख्या गरेको छ । 

यही ऐनका आधारमा प्रहरीले सामाजिक सञ्जालमा गरिने चरित्र हत्या, मिथ्या सूचना, गाली गलौजलगायत जस्ता अभियोगमा मुद्दा चलाउँछ ।  केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपकराज अवस्थी भन्छन्, “प्रचलित कानुनले नगर भनेको काम इन्टरनेटका माध्यमबाट गर्नु साइबर अपराध हो ।” 

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ ले प्रचलित कानुनले गर्न नहुने भनेका गतिविधिहरु जस्तै– सार्वजनिक नैतिकताविपरीत, शिष्टताविपरीत, घृणा, द्वेष फैलाउने, जातजाति, सम्प्रदायिक सद्भाव खलल पार्ने, महिलालाई जिस्क्याउने, हैरानी पार्ने, अपमान गर्ने काम गरेमा १ लाख रुपैयाँ जरिवानादेखि ५ वर्षसम्म सजाय हुने व्यवस्था छ । 

प्रहरी उपरीक्षक अवस्थी भन्छन्, “यी फौजदारी अपराध हुन् । यस्ता अपराधले मान्छेको करियर, भविष्य नै समाप्त हुन्छ ।”

अवस्थीका अनुसार, इन्टरनेटमार्फत् गरिने यस्ता अपराधमा धेरैजसो युवाहरु सामेल छन् । 

उनी भन्छन्, “तपाईंहरुले भोलि रोजगारी गर्नुपर्छ, विदेश जानुपर्छ यस्तो अवस्थामा साइबर अपराधमा परेकाहरुले प्रहरीबाट प्रमाणपत्र पाउँदैनन्, यसले तपाईंको भविष्य खतरामा पर्न सक्छ ।” 

साइबर अपराधका घटना प्रहरी रेकर्डमा रहन्छन् । जसका कारण भविष्यमा प्रहरीबाट चारित्रिक प्रमाणपत्र पाउन सकिँदैन ।

नेतालाई गाली गलौज आक्रोशले सिर्जित अपराध

इन्टरनेटमार्फत् हुने अपराधमध्ये नेताहरुलाई गालीगलौज गर्ने, चरित्र हत्या गर्ने र डिपफेक भिडियो बनाउने क्रम पनि बढ्दो छ ।  कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलको डिपफेक भिडियो बनाउने युवा गत भदौ गते पक्राउ परेका थिए ।

यस्ता एआईको प्रयोगबाट बनाइने डिपफेक र चरित्र हत्याबाहेकका अधिकाशंका घटनामा सामाजिक सञ्जाल प्रयोगकर्ताले नेताहरुलाई गाली गलौज गरेका हुन्छन् ।

सामाजिक सञ्जाल प्रयोग गरी गाली गलौज गर्नु अपराध भए पनि यस्तो अवस्थाको सिर्जना भने नेताहरुले नै गरेको बुझेका छन्, विज्ञ नविन तिवारीले । नेताको आलोचना गर्ने, गालीगलौज गर्नेलाई प्रश्न गर्नुभन्दा पनि नेताहरुले आफैँतिर फर्केर हेर्न सुझाउँछन् । 

तिवारी भन्छन्, “सामाजिक सञ्जालमा आलोचना गर्ने, गाली गर्नेहरुलाई जवाफ फर्काउनुभन्दा नेताहरुले किन आफ्नो आलोचना भइरहेको छ, किन मान्छेहरुले मलाई गाली गरिरहेका छन् भनी आत्मसमीक्षा गर्नुपर्छ ।”

राजनीतिक दल र तिनका नेताहरुप्रति आममानिसमा आक्रोश बढेको कुरा त नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिंँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भनेकै थिए, ‘गाउँ समाजमा नेताहरुलाई ‘चोर’ भन्छन् ।’ 

नेताहरुप्रति सामाजिक सञ्जालमा बढ्दो आक्रोश देखेर २०७९ को साउनमा प्रचण्डले नेतालाई गाली गरेर समाज भत्काउन खोजिएको टिप्पणी गरे । 

प्रचण्ड मात्र होइन केपी शर्मा ओलीले पनि जान्ने–सुन्ने देखिन नेतालाई गाली गर्ने चलन बढेको भन्दै टिप्पणी गरे ।  दुई पूर्व प्रधानन्त्रीपछि एमाले महासचिव शंकर पोखरेलले गत असारमा विदेशमा बसेर नेतालाई गाली गर्दैमा समाज बन्दैन भने ।

तिवारीको बुझाइमा राजनीतिक दल र तिनका नेताहरुका कारणले गर्दा आफूले दुःख पाएको ठानेका छन् सञ्जालकर्ताले । 

“त्यसैले मान्छेहरु नेतालाई गाली गलौज गर्छन्,” उनी भन्छन्, “आममानिसले आफ्नो आक्रोश पोखेका हुन् ।”

गौरापर्वको समयमा केपी शर्मा ओली र शेरबहादुर देउवाविरुद्ध नाराबाजी हुनु ।  अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले कार्यक्रम रद्द गर्नु आममानिसको आक्रोशकै नतिजा भएको बताउँछन् तिवारी । 

अधिवक्ता तथा साइबर कानुनका जानकार बाबुराम अर्याल भने राजनीतिक नेताहरुलक्षित साइबर अपराधमा ‘डिपफेक’ र चरित्र हत्याबाहेक अरु राजनीतिक विषयलाई भने आपराधीकरण गर्न नहुने बताउँछन् । 

उनी भन्छन्, “हामीले हरेक विषयलाई अपराध भन्यौं, क्रिमिनल नभई सिभिक बनाउनुपर्ने हो ।”

किन हुन्छ सामाजिक सञ्जालमा नेता लक्षित आक्रमण

सामाजिक सञ्जालमा राजनीतिक, सामाजिक विषयमा बोलिरहने, लेखिरहन्छिन्, लेखक तथा अभियन्ता अमृता लम्साल र समाजशास्त्री निर्मला ढकाल ।  उनीहरु दुवैजना बेला–बेला सामाजिक सञ्जालमा ‘साइबर बुलिगं’को पनि शिकार हुन्छन् ।

उनीहरुको बुझाइमा सामाजिक सञ्जालमा संगठित र असंगठित दुवै तवरमा आक्रमण हुन्छ । गतवर्ष फागुनमा आफूमाथि साइबर बुलिङ भएको उजुरी लिएर साइबर ब्युरो पुगेकी लम्साल भन्छिन्, “राजनीतिक कारण मुख्य हुन्छ ।”

काठमाडौं महानगरका मेयर बालेनले महानगरभित्रका ठेला र फुटपाथ व्यापारीमाथि अमानवीय तवरमा हटाएकामा विरोध गरेपछि लम्साल साइबर ‘बुलिङ’को शिकार भएकी थिइन् ।

“राजनीतिकबाहेक, सोसियल मिडियामा टाइम पास गर्ने ग्याङ पनि छन् । हाइलाइटमा आउन, चर्चित हुन र अरुको आँखामा पर्न पनि मान्छेहरु सामाजिक सञ्जालमा आक्रमण गर्छन्,” लम्साल भन्छिन् । 

उनको अनुभवमा, राजनीतिक होस् वा सामाजिक विषय सामाजिक सञ्जालमा महिलाहरु साइबर आक्रमणको शिकार बढी हुन्छन् । 

“महिलाले जुनसुकै विषयमा बोले–लेखे पनि अनेक प्रकारको आक्रमण गरिन्छ,” उनी भन्छिन् ।

समाजशास्त्री निर्मला ढकालको बुझाइमा पार्टीका संगठित कार्यकर्ता र समर्थकहरु नै विरोधी, आलोचकमाथि सामाजिक सञ्जालबाट आक्रमण गर्छन् ।

“यस्तो गर्नेहरु संगठित पनि हुन सक्छन्, असंगठित पनि,” ढकाल भन्छिन्, “नेतालाई गाली गर्नेहरु गृहिणी पनि छन्, अर्को पार्टीका कार्यकर्ता पनि छन्, वयोवृद्ध पनि छन् ।”

राजनीतिकर्मी र दलहरुले आमजनताका चिन्ता, चासो सम्बोधन नगर्दा मान्छेहरुमा नेता/राजनीतिप्रति वितृष्णा जागेको ढकालको बुझाइ छ । 

“राजनीतिबाट आम मान्छेको अपेक्षा पूरा नहुँदा मान्छेहरुमा राजनीतिप्रति घोर वितृष्णा जागेको छ,” उनले भनिन्, “अनि मान्छेहरुले सामाजिक सञ्जाललाई फ्रष्टेसन पोख्ने ठाउँ बनाए ।”

साइबर सचेतनाको अभावले गर्दा पनि मान्छेहरु सामाजिक सञ्जालमा चरित्रहत्या र गालीगलौजमा उत्रिएको बुझेकी छन् ढकालले ।

इन्टरनेटको सहज पहुँचसँगै भित्रिएका कृत्रिम बौद्धिकता, डिपफेक, मोर्फिङलगायतका प्रविधिले मिथ्या, भ्रामक सूचना फैलाउन सजिलो बनाएको छ । 

अधिवक्ता तथा साइबर कानूनका जानकार बाबुराम अर्याल भन्छन्, “प्रविधिले धेरै कुरा सजिलो बनायो । साइबर चेतनाको अभावले गर्दा मान्छेहरुलाई मैले जे गरे पनि केही गर्न सक्दैनन् भन्ने भ्रममा छन् ।”

भाइरल हुने मोह

अर्कोतिर भ्यूज, लाइक र भाइरल हुने लोभमा पनि मान्छेहरुले नेताहरुलाई गालीगलौज गर्ने, चरित्र हत्या गर्ने गरेको बताउँछन्, प्रहरी उपरीक्षक अवस्थी । 

उनी अनुरोध गर्छन्, “लाइक, भ्यूज, र सामाजिक सञ्जालबाट पैसा कमाउने लोभमा कसैको चरित्रहत्या गर्ने, गालीगलौज गर्नेलगायतका कानुनले निषेध गरेका काम नगर्नुहोस् ।”

उनी भाइरल हुने होडमा युवाहरुले आफ्नो करियर नै धरापमा राख्ने गरेको बताउँछन् ।

सामाजिक सञ्जालको दुष्प्रभाव देखाउने सन् २०२० मा सार्वजनिक भएको ‘नेटफिलिक्स’को वृतचित्र ‘द सोसियल डिलेमा’मा एउटा भनाई छ, “हामी आफ्नो जीवनलाई छोटो समयमा पाइने, लाइक, हार्ट, थम्सअपमा समेटिरहेका छौं ।”

विद्युतीय कारोबार ऐन २०६३ अनुसार कोही व्यक्ति साइबर अपराधमा दोस्रोपटक सामेल भएमा उसलाई पहिले पटकको भन्दा डेढ गुणा बढी सजाय हुने प्रावधान छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  ०९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro