site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
४० कार्यक्रममा विद्यार्थी शून्य, २५ प्रतिशत कलेजको अवस्था दयनीय 

काठमाडौं । विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाको सम्बन्धनमा नेपालका कलेजहरूमा सञ्चालित ४० कार्यक्रममा विद्यार्थी नै नभएको सरकारी प्रतिवेदनले देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले विद्यार्थी संख्याका आधारमा २५ प्रतिशत कलेजको अवस्था दयनीय रहेको देखाएको छ । 

मन्त्रालयले विदेशी सम्बन्धमा सञ्चालित ५९ कलेजको मापदण्डबारे अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो । प्रतिवेदन अनुसार ५९ कलेजले स्नातक र स्नातकोत्तरमा २१२ शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृति पाएकाे थियाे तर, ४० वटा कार्यक्रममा विद्यार्थी संख्या शून्य छ । 

हाल सञ्चालितमध्ये सबैभन्दा धेरै ९६ वटा व्यवस्थापनसँग सम्बन्धित छ । त्यस्तै, ७० वटा आईटीसँग सम्बन्धित र अन्य विषयका पाँच वटा कार्यक्रम रहेको प्रतिवेदनमा देखिएको छ ।  

यस्तै, उच्च शिक्षा अध्ययन गराउने करिब २५ प्रतिशत कलेजमा एकसयभन्दा कम विद्यार्थी रहेको र १४ वटा कलेजमा २०० जनासम्म मात्रै विद्यार्थी रहेको उल्लेख छ । 

त्यस्ता कलेजको अवस्था विद्यार्थी संख्याका आधारमा दयनीय रहेको प्रतिवेदनले भनेको छ । अनुगमनमा केही कलेजमा खेलमैदान, फर्निचर, पुस्तकालय, शौचालय, प्राथमिक उपचार बाकसजस्ता न्यूनतम सुविधा पनि कमजोर रहेको पाइएको छ । 

एकतिहाइ कलेजमा मापदण्ड नपुगेका शिक्षकहरूले अध्यापन गराइरहेको, अनुगमन गरिएका कलेजहरूले विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध नगराएको जस्ता कमजोरी पाइएको प्रतिवेदनमा उल्लेख छ । 

हाल विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाबाट सञ्चालित कलेजमा १७२ कार्यक्रममा २८ हजार ७३ विद्यार्थी अध्ययनरत रहेको प्रतिवेदनमा उल्लेख छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro