site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
घोराहीमा अब ‘पेइङ क्‍वारेन्टाइन’ !
Sarbottam CementSarbottam Cement

दाङ । जिल्लाका विभिन्‍न पालिकाहरुले ‘पेइङ क्‍वारेन्टाइन’को अभ्यास गर्न थालेका छन् । जिल्लामा सञ्चालनमा रहेका सामुदायिक क्‍वारेन्टाइनहरु व्यवस्थित हुन नसकेको गुनासो आउन थाले उनीहरुले यस्तो अभ्यास थालेका हुन् ।

घोराही उपमहानगरपालिकामा ‘पेइङ क्‍वारेन्टाइन’को अभ्यास सुरु भइसकेको जानकारी दिएको छ । होटेललाई क्‍वारेन्टाइनका रुपमा प्रयोगमा आएसँगै त्यहाँ बस्नेहरुको नियमित स्वास्थ्य परीक्षणको व्यवस्थापनसमेत सम्बन्धित पालिकाले नै मिलाउने बताइएको छ । सरकारले तेस्रो मुलुकबाट फर्कने नेपाली नागरिकहरुलाई उनीहरुले चाहेको स्थानमा ‘पेइङ क्‍वारेन्टाइन’मा राख्‍ने तयारी गरिरहेकै बेला घोराही उपमहानगरपालिकाले भारतबाट आएका केही दाङका नागरिकहरुलाई ‘पेइङ क्‍वारेन्टाइन’मा राख्‍न थालेको छ ।

अहिलेसम्म चारजना यसरी ‘पेइङ क्‍वारेन्टाइन’मा बसिसकेको जनाइएको छ । नागरिकले शुल्क तिर्न सक्ने आर्थिक क्षमता भएको अवस्थामा उनीहरुलाई तोकिएको होटेलमा राखेर सेवा दिइने नगरपालिकाले जनाएको छ । राखिएको होटेल र बस्ने व्यक्तिको नाम भने सार्वजनिक गरिने छैन । स्थानीय पालिकाले व्यवस्थापन गरेका क्‍वारेन्टाइनहरुमा धेरै व्यक्तिहरुसँगै एउटै कोठामा बस्नुपर्दा संक्रमण नभएको व्यक्तिलाई पनि सँगै बसेकाहरु संक्रमित व्यक्तिबाट कोरोनाको संक्रमण फैलनसक्ने भएकाले पैसा तिर्न सक्नेलाई पेइङ क्‍वारेन्टाइनमा राखिने बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नागरिकको चाहनालाई सम्बोधन गर्दै यस्तो व्यवस्थापन सुरु भएको हो । ‘‘कुन होटेलमा कसलाई राखिएको छ भन्‍ने विवरण गोप्य राखिनेछ, सम्बन्धित व्यक्तिका परिवारले मात्र जानकारी पाउन सक्नेछन,’’ घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भने । क्‍वारेन्टाइनका रुपमा प्रयोग हुने होटेलहरुले अत्यधिक सुरक्षा व्यवस्था अपनाउने गरी यो अभ्यास सुरु भएको पनि नगरप्रमुख चौधरीको भनाइ छ । भारतका विभिन्‍न सहरहरुमा दैनिक ज्यालादारीमा काम गरेर फर्केका मजदुरहरुलाई भने उपमहानगरपालिकाले निःशुल्क खानाको व्यवस्थापन गर्नेसमेत तयारी छ । स्थानीय पालिकाहरुले अनुमान गरेभन्दा धेरै नागरिक भारतबाट आउन थालेपछि सामुदायिक क्‍वारेन्टाइन व्यवस्थापनमै समस्या हुन थालेको छ ।

दाङ जिल्लाका विभिन्‍न १० स्थानीय पालिकामा व्यवस्थापन गरिएका क्‍वारेन्टाइनहरुमा सोमबारसम्म कम्तीमा पाँच हजार नागरिक बसिसकेका छन् । अझै त्यत्तिकै संख्यामा भारतीय सीमाबाट नागरिक जिल्लामा आउनेछन् । सीमा नाका बाँकेको रुपैडिया, कपिलवस्तुको कृष्णनगर र कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिक करिब एक सयभन्दा बढीको संख्यामा भारतबाट यहाँका नागरिक आइरहेका छन् । ती नागरिकलाई कुनै पालिकाहरुले निःशुल्क खाना तथा लत्ताकपडाको व्यवस्था मिलाउँदै आएका छन् भने केही पालिकाले भने खानासमेत सम्बन्धित व्यक्तिका घरबाट क्‍वारेन्टाइनमा उपलब्ध गराउनेगरी व्यवस्था गरेका छन् ।

Global Ime bank

यसअघि भारतबाट फर्केका नागरिकलाई क्‍वारेन्टाइनमा राख्‍ने क्रममा सम्बन्धित पालिकाको सामुदायिक विद्यालयमा राखिँदै आएको छ । क्‍वारेन्टाइनमा बस्‍ने व्यक्तिका परिवारले उनीहरुलाई राखिएको क्‍वारेन्टाइनमा दैनिक खाना-खाजा उपलब्ध गराउँदै आएका छन् । यो अवस्थाले यदि कुनै व्यक्ति संक्रमित रहेछ भने उसलाई खाना पुर्‍याउने परिवारका सदस्यमा पनि संक्रमण फैलन सक्ने सम्भावना देखिएको छ । पछिल्ला दिनहरुमा स्वास्थ्य उपचार तथा अन्य काम विशेषले भारत गएका नेपालीहरु गाडी रिजर्भ गरी नेपाल फर्कन थालेपछि उनीहरुको आर्थिक अवस्थाअनुसार शुल्क लिएर होटेलमै क्‍वारेन्टाइनका रुपमा राख्‍न थालिएको हो । सम्भवतः केही दिनपछि तेस्रो मुलुकहरु कुवेत, साउदी, कतार, दुबईलगायतका मुलुकबाट समेत नेपालीहरु फर्कनेछन् ।

तुलसीपुर उपमहानगरपालिकाले पनि ‘पेइङ क्‍वारेन्टाइन’को तयारी गरेको छ । उपमहानगरपालिकाले बेलझुन्‍डीस्थित कोरोना विशेष अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि यसअघि नै ‘पेइङ क्‍वारेन्टाइन’का रुपमा तुलसीपुरका विभिन्‍न होटेलहरुलाई उपयोग गरिसकेको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए ।

‘‘अहिले बेलझुन्‍डी कोरोना विशेष अस्पतालमा कार्यरत करिब एक दर्जन स्वास्थ्यकर्मीहरुका लागि केही होटेललाई क्‍वारेन्टाइनका रुपमा प्रयोग गरिएको छ,’’ नगरप्रमुख पाण्डेले भने, ‘‘आवश्यक पर्‍यो र उपलब्ध हुने सम्भावना भएसम्म अन्य नागरिकलाई पनि पेइङ क्‍वारेन्टाइनका रुपमा होटेलहरु उपलब्ध गराउन सकिनेछ ।’’ कोरोना विशेष अस्पतालमा संक्रमण पुष्टि भएका बिरामीहरु आएसँगै उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मीहरुलाई एक साता ड्युटी गरेपछि १४ दिन क्‍वारेन्टाइनमा राखिने र फेरि काममा फर्काउने गरिएको छ । क्‍वारेन्टाइनमा रहने स्वास्थ्यकर्मीहरुको नियमित कोरोना परीक्षणसमेत हुने गरेको छ ।

कोरोनाको संक्रमण फैलिएर महामारीकै रुप लिएको अवस्थामा क्‍वारेन्टाइनमात्र नभएर आइसोलेसन वार्डका रुपमा समेत तुलसीपुरका केही संघसंस्थाका कोठा तथा सभाहल र होटेलहरुलाई समेत उपयोग गर्न सकिने तयारी उपमहानगरपालिकाको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement