site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गढ भत्काउँदै, विजयको झन्डा फहराउँदै दलहरू

दाङ । दाङको बबई गाउँपालिकामा २०७४ सालको स्थानीय निर्वाचनमा एमालेका भुवनेश्वर पौडेल अत्यधिक मतका साथ अध्यक्षमा निर्वाचित भए । काँग्रेसका उमेदवारभन्दा धेरै मतान्तरले बबईमा एमालेले आफ्नो गढ सावित गर्दै विजयको झन्डा फहरायो । 

त्यसपछिका संसदीय निर्वाचनमा पनि बबई एमालेकै गढ बनेर उभियो । प्रदेश सभा सदस्य, प्रतिनिधिसभा सदस्यमा एमाले उमेदवारका लागि बबई नै निर्णायक शक्तिका रूपमा देखियो । बबईकै कारण विजय प्राप्त पनि ग¥यो । प्रदेश सभाको ७६ मा भएको उप–निर्वाचनमा पनि बबईको मत नै नेकपाका उमेदवारका लागि सति सावित भयो ।

यस पटकको स्थानीय निर्वाचनमा पनि एमालेले जित्ने पालिकामा बबई एक नम्बरमै थियो । उमेदवारी दर्तादेखि मत गणनासम्मको अवस्थासम्म एमालेले बबई गुमाउनेमा कुनै आशासमेत गरेको थिएन । तर, अहिलेको स्थानीय निर्वाचनमा बबईमा एमालेले लज्जास्पद हार बेहोरेको छ । एमालेको गढमा नेपाली कांग्रेसले विजयको झण्डा फहरायो । 

कांग्रेसका कुलबहादुर खत्री ठूलो मतान्तरसहित बबईमा उदाएका छन् । उपाध्यक्ष, बहुमत वडाअध्यक्षसहित बबईमा कांग्रेसले धेरैपछि विजयको झन्डा गाडेको छ ।

दाङको राप्ती गाउँपालिका कांग्रेसको गढ हो । गाविस हुँदादेखि नै कांग्रेसको एकक्षत्र राज रहेको राप्ती गाउँपालिका यो स्थानीय निर्वाचनले कांग्रेसको गढ भत्किएको छ । यस पटकको निर्वाचनमा कांग्रेस राप्तीमा तेस्रो शक्तिको रूपमा देखिनु नै गढ भत्किएको प्रमाण हो । राप्तीमा काँग्रेसको गढलाई माओवादी केन्द्रले भत्काएर आफ्नो विजयको झन्डा गाडेको छ ।

७० पछिका सबै निर्वाचनमा राप्ती गाउँपालिका कांग्रेसका लागि महत्त्वपूर्ण क्षेत्र र निर्णायक मत भएको क्षेत्रका रूपमा रहँदै आएको थियो । तर, यस पटक २ हजारभन्दा बढी मतान्तर राखेर माओवादी केन्द्रले पालिकामा विजयको झन्डा फहराएको छ । दाङको दंगीशरण गाउँपालिका एमालेको गढ भएको पालिका हो । २०७४ सालको स्थानीय निर्वाचनमा पालिका जितेको एमालेले त्यसपछिका दुईवटा निर्वाचनमा पनि एमालेमय नै भयो । तर, यस पटकको निर्वाचनले कांग्रेसलाई दंगीशरणमा फर्काइदिएको छ ।

दंगीशरणमा अहिले अध्यक्ष उपाध्यक्षसहित बहुमत वडाध्यक्षमा कांग्रेसका उमेदवारहरूले सानदार मतान्तरमा विजय प्राप्त गरेका छन् । यस पटकको निर्वाचनले एमाले गढ भत्काएर कांग्रेसको उदय गराइदिएको छ । शम्भु गिरी अध्यक्षसहित उपाध्यक्ष र बहुमत वडाध्यक्ष दंगीशरणमा कांग्रेसले जितेको छ ।

गढवा गाउँपालिका पनि २०७४ मा एमालेकै गढ सावित भयो । २०७४ पछिका निर्वाचनमा पनि एमाले राम्रो पकेट भएको क्षेत्रका रूपमा गढवालाई चित्रण गरियो । निर्वाचनमा निणार्यक मत गढवाले प्रस्तुत ग¥यो । तर, यस पटकको निर्वाचनमा गढवा गाउँपालिकामा कांग्रेस विजयोन्मुख देखिएको छ । यहाँ एमाले तेस्रो स्थानमा झरेको छ । माओवादी केन्द्र र कांग्रेस प्रतिस्पर्धामा छन् । पालिकामा कांग्रेसका सर्वजित डिसीको प्यानल विजयोन्मुख छ ।

शान्तिनगर गाउँपालिका र राजपुर गाउँपालिकामा नेपाली कांग्रेसले आफ्नो गढ प्रमाणित गरेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा जितेका यी दुई पालिका अहिले निर्वाचनमा पनि नेपाली कांग्रेसले जोगाएर राख्न सफल भएको हो । राजपुरमा शरद बुढाथोकी अध्यक्षमा र धनपति यादव उपाध्यक्षमा निर्वाचित भइसकेका छन् । शान्तिनगरमा पनि अध्यक्षमा प्रमोद बस्नेतसहितको टिम निर्वाचित भइसकेको छ । बहुमत वडाअध्यक्ष उपाध्यक्षसहितले जित हात पारेका छन् ।

दाङमा यसरी हेर्दा फरक दलको गढलाई भत्काउँदै आफ्नो विजयको यात्रामा दलहरू लागेका छन् भने कति दलहरूले आफ्नो विरासत जोगाउन सकेका छैनन् । 

सल्यानमा पनि यसपटक माओवादीका गढ भत्काएर कांग्रेसले विजयको झन्डा फहराउन थालेको छ । ५१ सालपछि लोप भएको कांग्रेस ७४ सालमा देखिएको छ । माओवादीको गढ भएको कुमाख गाउँपालिकामा कांग्रेसका उमेदवारहरू विजयी भएका छन् । एमालेको गढ भएको सिद्धकुमाखमा पनि कांग्रेसले विजय प्राप्त गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro