site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खुमबहादुर खड्का भलिबलमा घोराही, बंगलाचुली र शान्तिनगरको जित 

दाङ । घोराहीमा जारी प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिबल प्रतियोगिताअन्तर्गत बिहीबार भएका खेलहरूमा घोराही उपमहानगरपालिका, बंगलाचुली बंगाउँपालिका र शान्तिनगर गाउँपालिका विजयी भएका छन् । 

घोराही उपमहानगरपालिका–१५ स्थीत जिल्ला समन्वय समितिको मैदानमा भएको समूह ‘बी’ अन्तर्गतको दिउँसोको पहिलो खेलमा शान्तिनगर गाउँपालिकालाई हराउँदै घोराही उपमहानगरपालिका विजयी भएको हो । घोराहीले शान्तिनगर गाउँपालिकालाई २५–२३, २३–२५ र २५–१८ को सेटमा हराउँदै जित निकालेको हो । 

यसैगरी दिउँसोको दोश्रो खेलमा राजपुर गाउँपालिकालाई हराउँदै बंगलाचुली विजयी भएको छ । बंगलाचुलीले राजपुर गाउँपालिकालाई २५–१५ र २५–१५को सोझो सेटमा हराउन सफल भएको थियो । जारी प्रतियोगितामा तीन खेल खेलेको राजपुरले जित निकाल्न सकेको छैन । 

त्यसैगरी बिहीवार विहान भएको खेलमा शान्तिनगर गाउँपालिका र दोस्रो खेलमा बंगलाचुली गाउँपलिका विजयी भएका छन् । बिहान भएको पहिलो सेटमा २५–१९ र दोस्रो सेटमा २५–१३ ले राजपुर गाउँपालिकालाई हराउँदै शान्तिनगर विजयी भएको थियो भने दोस्रो खेलमा बबई गाउँपालिका २५–२२ र २५–२० को सोझो सेटमा हराउँदै बंगलाचुली गाउँपालिका विजयी भएको हो । बंगलाचुली गाउँपालिकाले समूह चरणका बिहीबार भएका दुई खेलमा जित निकालेको थियो । 

नेपाली कांग्रेस दाङको आयोजनामा जिल्लामै पहिलोपटक भएको सर्वाधिक धनराशीको भलिबल प्रतियोगिताको समूह चरणका अन्तीम खेलहरू शुक्रबार बिहान पहिलो खेल घोराही र राजपुर गाउँपालिकाबिच र दोस्रो खेल बबई गाउँपालिका र शान्तिनगर गाउँपालिकाबीच हुने भएको छ ।

त्यसैगरी दिउँसोको पहिलो खेल बबई गाउँपालिका र घोराही उपमहानगरपालिका र दोस्रो खेल बंगलाचुली गाउँपालिका र शान्तिनगर गाउँपालिकाबीच हुने भएको आयोजक नेपाली कांग्रेस दाङले जनाएको छ । 

फागुन १६ देखि सुरु प्रतियोगिता फागुन २३ गतेसम्म चल्ने छ । प्रतियोगितामा जिल्लाका १० वटा पालिकाका भलिबल टिमहरूको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद दुई लाख र दोस्रो हुने टिमले नगद एक लाख रुपैयासहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई नगद पाँच हजार एक सय रुपैयाँसहित ट्रफी प्रमाणपत्र प्रदान गरिने भएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  १८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro