site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ह्विलचियरमै बसेर दिनमा १५,०० सम्म कमाइ

दाङ । घोराही उपमहानगरपालिका–१७ सिस्नेखोलाका जुठ‍े घर्ती शारीरिक रूपले अशक्त छन् । तर, उनको आत्मविश्वास र मेहनत उदाहरणीय छ । उनका दुवै खुट्टा कमजोर भएकाले ह्विलचियरको सहाराविना हिँडडुल गर्न असम्भवजस्तै छ ।

तर, उनी आत्मसम्मानका साथ जीवन बिताइरहेका छन् ।

उमेरले ४३ पुगिसकेका घर्ती बिहान ४ बजे उठ्छन् । ह्विलचियरकै सहायताले करिब एक घण्टाको बाटो हिँडेर घोराही बजारसम्म आउँछन् । घोराहीबाट लमही जाने सडकको बायाँतर्फ ह्विलचियर एक छेउमा राख्छन् र दिनभर पुराना फाटेका जुत्ता/चप्पल सिलाएर उनको दैनिकी बित्छ ।

आठ वर्षदेखि फाटेका जुत्ता, चप्पल सिलाउने कार्य उनको आयस्रोत बनेको छ । उनी पाँच जनाको परिवार पाल्नका लागि दिनभर सडकमै बिताउँछन् । "परिवारको आर्थिक अवस्था कमजोर छ," उनले भने, "केही न केही त गर्नैपर्‍यो भनेर काम थालेको हुँ ।"

पुराना फाटेका जुत्ता, सेन्डिल, चप्पल सिलाउने, जुत्ता पालिस गर्ने, जुत्ताका सोल राख्नेलगायतका मर्मतका काम उनी सडकमै बसेर गर्छन् । "सडकको धुलोधुँवा, हावापानी सहेर पनि यो काम गर्नुपरेको छ । अरू विकल्प छैन," उनले भने, "बाँच्दासम्म खान लाउनपर्‍यो । यसरी नै जिन्दगीको गुजारा चलेको छ ।"

तिज, दसैँ, तिहारजस्ता चाडपर्वको समयमा उनको व्यापार राम्रै हुन्छ । अरू समयमा पनि दैनिक एक हजारदेखि पन्ध्रसयसम्म कमाइ हुने उनले बताए । उनीकहाँ प्राय जुत्ता पालिस गर्न आउने ग्राहकको संख्या धरै हुन्छ । "कसैले भनेको जति पैसा दिन्छन्, कसैले फेरि कम दिन्छन् । लगभग दिनमा एक हजार पाँचसयसम्म कमाएको छु," उनले भने ।

मानिसहरू जुत्ता, चप्पल सिलाउन आउँदा उनी अलि व्यस्त देखिन्छन् । फुर्सद हुनासाथ उनी साथमा भएको मोबाइलमा रेडियो बजाएर गीत र समाचार सुन्छन् ।

घरपरिवारबाट राम्रो सहयोग भएको बताउने घर्ती भन्छन्, "अपाङ्गता भएका व्यक्तिहरूले पनि समाजमा केही उदाहरणीय काम गर्न सक्छन् भनेर यो व्यवसायमा लागेको हुँ ।" 

उनी पहिले कपडा सिलाउने काम पनि गर्थे । तर त्यहाँबाट राम्रो आम्दानी गर्न नसकेपछि अहिले जुत्ता सिलाउने काम गर्न थालेका हुन् ।

घर्तीले ०७०/०७१ तिर घोराहीमा रहेको सृष्टि छालाजुत्ता पसलमा ५/६ महिना काम सिकेका थिए । त्यो सिकेको सिप अहिले जीवन जिउने आधार बनेको उनले बताए ।

सरकारले हरेक क्षेत्र अपाङ्गमैत्री बनाउन पहल थालेपनि दाङका अधिकांश कार्यालय, सार्वजनिक स्थल र सडक पूर्वाधार अपाङ्गमैत्री नहुँदा सेवा लिन तथा सडकमा हिँडडुल गर्न निकै सकस हुने गरेको उनले दुखेसो सुनाए ।

"असजिलो संरचनाले साह्रै समस्या पर्छ । घरमा होस्, सरकारी कार्यालयमा सेवा लिन जाँदा होस् वा अन्य सार्वजनिक स्थलमा जान निकै समस्या पर्छ । धेरैजसो ठाउँ अप्ठ्यारा र असजिलो लाग्ने किसिमका छन्," उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro