site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

नेताका लठैत कार्यकर्ताको छवि लिएर प्राज्ञिक संस्थाको नेतृत्व गर्न तम्सनु स्वयंमा पाखण्ड हो । पाखण्डी पदाधिकारीले विश्वविद्यालयको स्वायत्तता जोगाउने र प्राज्ञिक गरिमा बढाउने अपेक्षा गर्नु महाभारतको अन्त्यमा प्राज्ञिक योग्यताका सट्टा राजनीतिक दलका नेताको कृपामा विश्वविद्यालयको उपकुलपति नियुक्त हुने भएपछि शैक्षिक गुणस्तर त खस्कने भयो प्राज्ञिक संस्थाहरू भ्रष्टाचार र दलगत राजनीतिको केन्द्र पनि भइरहने भए । विभिन्न विश्वविद्यालयका उपकुलपतिलगायत रिक्त पदाधिकारीमा विपक्षी दलसहित सत्तारुढ दलका नेताहरूका कृपापात्रलाई नियुक्त गरिएको वा गर्ने तयारी भएको समाचार सार्वजनिक भएको छ । हुनत, विश्वविद्यालय ऐनअनुसार पदाधिकारी छनोट गर्ने अलग्गै प्रावधान छ तर नियुक्तिका लागि सिफारिस गर्ने समितिले नै नेताहरूको आदेशअनुसार नाम छान्ने गर्छ । पञ्चायतको पछिल्लो चरणमा विशेषगरी २०३७ सालको जनमत संग्रहपछि देशमा ‘मिलिजुली बसौँ र बाँडिचुँडी खाऊँ’ को संस्कार शासनमा मात्र हैन राज्यका सबै क्षेत्रमा प्रभावकारी भयो । यसले प्राज्ञिक क्षेत्रलाई पनि अपवादमा रहन दिएन ।

पहिलो जनआन्दोलनपछि पनि विश्वविद्यालयमा भागबन्डा गरिएको थियो । तर, पात्रहरूको व्यक्तित्वको ओजले प्राज्ञिक गरिमामा सम्झौता भएको देखिएन । निर्वाचनपछि गठित सरकारले राजनीतिक आन्दोलनबाहिरका प्रबुद्ध प्राज्ञिक व्यक्तित्वलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गरेको थियो । त्रिभुवन विश्वविद्यालयको शैक्षिक स्तरलगायत भौतिक संरचनाको सुधारमा पनि त्यति बेला काम सुरु भएको थियो । तर, २०५१ सालको निर्वाचनपछि सरकार बदलिएसँगै विश्वविद्यालयको नेतृत्व पनि परिवर्तन गरियो । तत्कालीन नेकपा (एमाले) को सरकारले ललितपुर नगरपालिकामा पार्टीका तर्फबाट उमेदवार बनाइएका व्यक्तिलाई त्रिभुवन विशवविद्यालयको उपकुलपति बनायो । त्यही मितिबाट थालिएको प्राज्ञिक स्खलनको यात्रा त्रिभुवन विश्वविद्यालयको पछिपछि सबैतिर पुग्यो । विश्वविद्यालयहरू खुल्दै गए र तिनको दलगत भागबन्डा पनि हुँदैगयो । दलगत भागन्डाबाट जोगिएको काठमाडौं विश्वविद्यालयमा पनि तत्कालीन नेकपा (माओवादी) का नेता डा. बाबुराम भट्टराईले हस्तक्षेप गरेर संस्थापक उपकुलपतिलाई हट्न बाध्य बनाए । त्यसपछि काठमाडौं विश्वविद्यालयको शैक्षिक स्तर ओरालो लाग्यो भने प्राज्ञिक स्वतन्त्रता पनि समाप्त भयो ।

संविधान सभाले नेपालको संविधान, २०७२ जारी गरेपछि भएको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीका दुई घटकहरू मिलेर संयुक्त घोषणापत्रसहित चुनावमा गए । राजनीतिक स्थिरताले देशका संस्था र निकायमा भएको दलगत भागबन्डा रोकिने विश्वासमा जनताले पछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा एकीकृत भएका एमाले र माओवादीलाई स्पष्ट बहुमत दिए । मधेसी दलहरूले समेत विश्वासको मत दिएपछि संसद्को दुई तिहाइ बहुमतको बलियो सरकार बन्यो । दुर्भाग्य, बहुमतको दम्भ सत्ता सञ्चालनमा सबैतिर देखियो तर भागबन्डाको संस्कार छाडिएन । प्रमुख विपक्षलाई मात्र हैन पार्टीकै पनि नेतापिच्छेको गुटलाई प्राज्ञिक संस्था बिर्ता दिने चलन रोकिएन । यसरी निय्ुक्त भएका पदाधिकारी योग्य नै भए पनि तिनको छवि प्राज्ञिक हुँदैन । नेताका लठैत कार्यकर्ताको छवि लिएर प्राज्ञिक संस्थाको नेतृत्व गर्न तम्सनु स्वयंमा पाखण्ड हो । पाखण्डी पदाधिकारीले विश्वविद्यालयको स्वायत्तता जोगाउने र प्राज्ञिक गरिमा बढाउने अपेक्षा गर्नु महाभारतको अन्त्यमा दुर्योधनले शल्यलाई सेनापति बनाएर युद्ध जित्ने आशा गरेजस्तै हो । अर्को एउटा पुस्ताको भविष्य दलगत भागबन्डाले बर्बाद गर्नेे देखियो । यही भागबन्डाको संस्कार र पाखण्डी नेतृत्वबाट देशको भविष्य उन्नत हुनसक्तैन भन्नेमा दुबिधा छैन ।         
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro