site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनपीएलका आठ टिम : कस्ता–कस्ता छन् ?

काठमाडौं । नेपालमा सायदै यस्ता कोही क्रिकेट समर्थक छन्, जसलाई नेपाल प्रिमियर लिग (एनपीएल)को चर्चा थाहा छैन ।  नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको यो फ्रेन्चाइज क्रिकेट नेपाल मात्र नभइ विश्वभर नै चर्चाको विषय बनिरहेको छ । 

चर्चित भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्ट्ससँग प्रत्यक्ष प्रसारणका निम्ति सम्झौता हुनुले पनि यो चर्चा झनै चुलिएको हो । प्रतियोगिताका निम्ति क्यानले आठ फ्रेन्चाइज टिमको फ्रेन्चाइजी बिक्री गरिसकेको छ ।  जसअनुसार पहिलो संस्करणमा विराटनगर किंग्स्, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताका आठवटै टिमले आफ्नो मार्की खेलाडी घोषणा गरिसकेका छन् भने विदेशी खेलाडी समेत सार्वजनिक गरिरहेका छन् । 

Dabur Nepal
NIC Asia

क्यानले प्रतियोगिताको सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने जनाइसकेको छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुने तालिका छ ।

एनपीएलको पहिलो संस्करण आयोजना हुँदै गर्दा बाह्रखरीले तयार पारेको आठ टिमको संक्षिप्त विवरण यस्तो छ– 

टिम – विराटनगर किंग्स्
स्वामित्व – एमएडी ड्रिम स्पोर्ट्स
मुख्य प्रशिक्षक – केभिन ओ‘ब्रियन
मार्की खेलाडी – सन्दीप लामिछाने 
ब्रान्ड एम्बासडर – दयाहाङ राई (अभिनेता)

एमएडी ड्रिम स्पोर्ट्सले विराटनगर किंग्स्को स्वामित्व क्यानबाट एक करोड ५१ लाख रुपैयाँमा किनेको थियो । टिमको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान समेत रहेका सन्दीप लामिछाने छन् । 

विराटनगरले लोकेश बम र प्रतिश जिसीलाई प्रतियोगिताकै उच्च मूल्य तिर्दैै अनुबन्ध गरेको छ । लोकेश र प्रतिश प्रतियोगिताका निम्ति १५ लाख रुपैयाँमा बिक्री भएका १२ खेलाडीमध्येका हुन् । न्युजिल्यान्डका पूर्वओपनर मार्टिन गप्टिल यो टिमको सबैभन्दा चर्चित अनुहार हुन् । 

विराटनगर टिम : सन्दीप लामिछाने (मार्की), बसिर अहमेद, लोकेश बम, दीपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, प्रतिश जिसी, मृगंल गुरुङ, अनिल खरेल, जितेन्द्र मुखिया, राजेश पुलामी

विदेशी खेलाडी : अकिब इल्यास (ओमान), मार्टिन गप्टिल (न्युजिल्यान्ड), क्रिस सोल (स्कटल्यान्ड), इस्मत आलम (अफगानिस्तान)

टिम – चितवन राइनोज 
स्वामित्व – चितवन मेडिकल कलेज
मुख्य प्रशिक्षक – उमेश पटवाल
मार्की खेलाडी – कुशल मल्ल 

चितवन राइनोजको फ्रेन्चाइज चितवन मेडिकल कलेजले एक करोड ७६ लाख रुपैयाँमा क्यानबाट किनेको थियो । टिमको मार्की खेलाडीको रूपमा नेपाली क्रिकेट टिमका युवा ब्याटर कुशल मल्ल छन् । टिमले अनुभवी अलराउन्डर शरद भेषावकरको समेत साथ पाउने छ । चितवन प्रतियोगिताका निम्ति ‘ए’ श्रेणीका खेलाडीमा अन्तिम बोली मूल्य १५ लाख रुपैयाँ लगाउने एक मात्र टिम समेत हो । इंग्ल्यान्डका रवि बोपारा यो टिमका सबैभन्दा चर्चित खेलाडी हुन् ।

चितवनको टिम : कुशल मल्ल (मार्की), शरद भेषवाकर, कमलसिंह ऐरी, दीपक बोहरा, रिजन ढकाल, सन्तोष कार्की, गौतम केसी, रञ्जित कुमार, विपीन रावल, अमरसिंह रौटेला, दीपेश खतिवडा 

विदेशी खेलाडी : रवि बोपारा (इंग्ल्यान्ड), मर्चन्ट डे लिंगे (दक्षिण अमेरिका), लुक बेन्किन्सटन (इंग्ल्यान्ड), हसन एसाखिल (अफगानिस्तान), जान निकोल लफ्टी इटोन (नामिबिया)

टिम – जनकपुर बोल्ट्स
स्वामित्व – ड्रिम स्पोर्ट्स 
मुख्य प्रशिक्षक – पुबुदु दासानायके
मार्की खेलाडी – आसिफ सेख
ब्रान्ड एम्बासडर – पूजा महतो

ड्रिम स्पोर्ट्सले मधेस प्रदेशको राजधानीको नाममा रहेको जनकपुर बोल्ट्सको स्वामित्व दुई करोड पाँच लाखमा किनेको थियो । प्रतियोगिताको पहिलो संस्करणका निम्ति टिमलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक समेत रहेका पुबुदु दासानायकेले प्रशिक्षण दिनेछन् । टिमको मार्की खेलाडीमा नेपाली टिमका ओपनर आसिफ सेख छन् । 

प्रतियोगिताका निम्ति जनकपुरले नेपाली टिमकै ललितनारायण राजवंशी र अनिल साहलाई १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । न्युजिल्यान्डका जिम्मी निसम जनकपुरका चर्चित विदेशी खेलाडी हुन् । यस्तै, टिमले पाकिस्तानका आक्रामक ब्याटर सोहैब मक्सुदको समेत साथ पाउने छ ।

जनकपुरको टिम : आसिफ सेख (मार्की), हेमन्त धामी, सुवास कंसाकार, किशोर महतो, शेर मल्ल, ललितनारायण राजवंशी, रुपेश सिंह, अनिल साह, तुल थापा, आकाश त्रिपाठी, अर्निको यादव

विदेशी खेलाडी : जिम्मी निसम (न्युजिल्यान्ड), जोसुवा ट्रोम्प (अमेरिका), सोहैब मक्सुद (पाकिस्तान), मोहम्मद माहसिन (पाकिस्तान), लहिरी मिलान्था (अमेरिका)

टिम – कर्णाली याक्स
स्वामित्व – हिमालयन बिल्डर्स (मालिक – झनकदत्त खनाल, निर्देशक – गृहेन्द्र घिमिरे)
मुख्य प्रशिक्षक – ज्ञानेन्द्र मल्ल
मार्की खेलाडी – सोमपाल कामी 
ब्रान्ड एम्बासडर – स्वस्तिमा खड्का

एनपीएल पहिलो संस्करणमा सबैभन्दा धेरै प्रचार–प्रसार गर्ने टिममा पर्छ, कर्णाली याक्स । यसको स्वामित्व हिमालयन बिल्डर्सले क्यानबाट एक करोड ११ लाख रुपैयाँमा खरिद गरेको थियो । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा टिम छ । 

कर्णाली नेपाली टिमका नियमित सदस्य सोमपाल कामीको कप्तानीमा मैदान उत्रिने छ । भारतीय टिमका पूर्वओपनर शिखर धवन यस टिमका सबैभन्दा चर्चित विदेशी खेलाडी हुन् । कर्णालीले नेपाली टिमका युवा अलराउन्डर गुल्सन झालाई १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।  

कर्णालीको टिम : सोमपाल कामी (मार्की), मौसम ढकाल, दीपेन्द्र रावत, दीपक डुम्रे, देव खनाल, रित गौतम, अर्जुन घर्ती, गुल्सन झा, भुवन कार्की, युनिस सिंह, नन्दन यादव

विदेशी खेलाडी : शिखर धवन (भारत), हुसैन तलात (पाकिस्तान), बाबर हायात (हङकङ), चान्डविक वाल्टन (वेस्ट इन्डिज)

टिम – काठमाडौं गुर्खाज
स्वामित्व – काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर (कान्तिपुर मिडिया ग्रुप)
मुख्य प्रशिक्षक – वसन्त शाही
मार्की खेलाडी – करण केसी
ब्रान्ड एम्बासडर – इन्दु बर्मा (क्रिकेटर)

काठमाडौं गुर्खाजको फ्रेन्चाइजी कान्तिपुर मिडिया ग्रुपले तीन करोड ३३ लाखमा किनेको हो । काठमाडौं पहिलो संस्करणको दोस्रो सबैभन्दा महंगो फ्रेन्चाइज टिम समेत हो । टिम वसन्त शाहीको प्रशिक्षणमा छ । 

राष्ट्रिय टिमका बलर करण केसीलाई काठमाडौंले मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको छ । काठमाडौंले अक्सनबाट भीम सार्की र साहब आलमलाई सबैभन्दा धेरै १५ लाख रुपैयाँ खर्चिदै टिममा भित्र्याएको छ । स्टेफन एस्किन्जी र डान डथवेथ टिमका चर्चित विदेशी अनुहार हुन् । टिमले नेपाली राष्ट्रिय महिला टिमकी कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडर बनाएको छ ।

काठमाडौंको टिम : करण केसी (मार्की), साहब आलम, दीपेश कँडेल, कृष्ण कार्की, राशिद खान, विवेक केसी, सुमित महर्जन, शंकर राना, प्रतिक श्रेष्ठ, कृष कार्की (आइकोनी प्लेयर)

विदेशी खेलाडी : गेर्हार्ड इरास्मस (नामिबिया), माइकल लेभिट (नेदरल्यान्ड्स), स्टेफन एस्किन्जी, डान डथवेट

टिम – लुम्बिनी लायन्स
स्वामित्व – फच्र्युन हेल्थ केयर (ईश्वर जिसी)
मुख्य प्रशिक्षक – नन्दन फाडनिस
मेन्टर – शक्ति गौचन 
मार्की खेलाडी – रोहित पौडेल
ब्रान्ड एम्बासडर – राजेश हमाल (अभिनेता)

एनपीएलको पहिलो संस्करणका निम्ति फच्र्युन हेल्थ केयरले क्यानबाट एक करोड ८६ लाखमा लुम्बिनीको स्वामित्व किनेको हो । टिमको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कन्सलट्यान्ट प्रशिक्षक समेत रहेका फाडनिस छन् । नेपाली राष्ट्रिय टिमका पूर्वखेलाडी शक्ति गौचन टिमको मेन्टरमा छन् । लुम्बिनी नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलकै कप्तानीमा मैदान उत्रिने छ । टिमले अभिनेता राजेश हमाललाई ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । लुम्बिनीले अक्सनबाट तीन खेलाडीलाई सर्वाधिक १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । जसमा सूर्य तामाङ, सन्दीप जोरा र विवेक यादव छन् । बेन कटिंग टिमका चर्चित विदेशी खेलाडी हुन् ।

लुम्बिनीको टिम : रोहित पौडेल (मार्की), सूर्य तामाङ, विकाश आग्री, दिनेश अधिकारी, अभिषेस गौतम, आयुतोष घिरैया, सन्दीप जोरा, दूर्गेश गुप्ता, तिलकराज भण्डारी, अर्जुन साउद, विवेक यादव

विदेशी खेलाडी : बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मोरेस (इंग्ल्यान्ड), रोमन सिमोन्ड्स (वेस्ट इन्डिज)

टिम – पोखरा एभेन्जर्स
स्वामित्व – नेपाल टी–ट्वान्टी प्रा.लि (सुवोध त्रिपाठी)
मुख्य प्रशिक्षक – राजीव कुमार 
मेन्टर – जोन्टी रोड्स
मार्की खेलाडी – कुशल भुर्तेल 

एनपीएलको सबैभन्दा महंगो फ्रेन्चाइजी टिम हो, पोखरा एभेन्र्जस । पोखराले क्यानबाट तीन करोड ५७ लाखमा टिमको फ्रेन्चाइजी खरिद गरेको छ । टिम भारतीय प्रशिक्षक राजीव कुमारको प्रशिक्षणमा छ । राजीव इन्डियन प्रिमियर लिग (आईपीएल)को टोली चेन्नाई सुपर किंग्सका फिल्डिङ प्रशिक्षक समेत हुन् । 

यस्तै, पोखराले उत्कृष्ट फिल्डिङका कारण चर्चित दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर जोन्टी रोड्सलाई मेन्टरको रूपमा भित्र्याएको छ । टिमको मार्की खेलाडीमा नेपाली टिमका शीर्षक्रम ब्याटर कुशल भुर्तेल छन् । वेस्ट इन्डिजका रेमोन रेफर पोखराका चर्चित विदेशी खेलाडी हुन् ।

पोखराको टिम : कुशल भुर्तेल (मार्की), आकाश चन्द, तीर्थराज दास, सागर ढकाल, सुनम गौतम, अमृत गुरुङ, नारायण जोशी, दिनेश खरेल, विपीन खत्री, दिलीप नाथ, किरण ठगुन्ना, सुदीप अर्याल (आइकोनिक प्लेयर)

विदेशी खेलाडी : आन्द्रियास गौस (अमेरिका), बास डे लिडे (नेदरल्यान्ड्स), म्याट क्रिट्चली (इंग्ल्यान्ड), रेमोन रेफर (वेस्ट इन्जिड), माइकल लियस्क (स्कटल्यान्ड)

टिम – सुदूरपश्चिम रोयल्स 
स्वामित्व – इम्पायर स्पोर्ट्स (स्वतन्त्र प्रताप शाह)
मुख्य प्रशिक्षक – जगत टमाटा
कन्सलट्यान्ट – ब्राड हग
मार्की खेलाडी – दीपेन्द्रसिंह ऐरी

क्यानबाट सुदूरपश्चिम रोयल्सको स्वामित्व इम्पायर स्पार्ट्सले एक करोड ६८ लाख रुपैयाँमा किनेको थियो । टिमको मुख्य प्रशिक्षकमा नेपाली युवा टिमको प्रशिक्षण जिम्मेवारी सम्हालिरहेका जगत टमाटा छन् । सुदूरपश्चिमले अस्ट्रेलियाका पूर्वमध्यक्रम ब्याटर ब्राड हगलाई मेन्टरमा ल्याएको छ । 

टिमले नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको छ । सुदूरपश्चिमले नेपाली टिमकै मध्यमक्रम ब्याटर आरिफ सेखलाई अक्सनबाट १५ लाख रुपैयाँमा भित्र्याएको छ । न्युजिल्यान्डका स्कट कुगेलेन सुदूरपश्चिमको चर्चित विदेशी खेलाडी हुन् ।

सुदूरपश्चिम टिम : दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, भोजराज भट्ट, अभिनाश बोहरा, खडक बोहरा, नरेश बुढाएर, अर्जुन कुमाल, इशान पाण्डे, नरेन साउद, आरिफ सेख, अमित श्रेष्ठ

विदेशी खेलाडी : ब्रान्डन म्याकमुलम, सैफ जैब, स्टक कगेलेन, रोहन मुस्तफा 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro