site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हास्य कलाकारको गन्तव्य कथानक चलचित्र 

काठमाडौं । केही समयअघि टेलिभिजनमा हास्य टेलिश्रृंखला लिएर आउने अधिकांश हास्य कलाकार अहिले ठूलो पर्दामा केन्द्रित भएका छन् । अघिल्लो पुस्तादेखि पछिल्लो पुस्तासम्म कथानक चलचित्रतर्फ आकर्षित भएका हुन् । 

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यदेखि पछिल्लो समय हास्यव्यङ्ग्य क्षेत्रमा आएका ‘सक्किगोनि’का कलाकारसम्म यो चलचित्रतर्फ ढल्किएका छन् । 

केही दिन अगाडि मात्रै हास्य कलाकार सन्तोष पन्तले दशकौं टेलिभिजनमा प्रशारण भएको ‘हिजो आजका कुरा’ नामकै कथानक चलचित्र निर्माणको घोषणा गरे ।

‘तीतो सत्य’ मार्फत् अफूलाई आम दर्शकमाझ परिचित गराएका दीपकराज गिरी र दीपाश्री निरौलाको समूह कथानक चलचित्रमा सक्रिय भएको लामै समय भइसक्यो । दीपक–दीपाको चलचित्र नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा धेरै व्यापार गर्ने चलचित्रका रुपमा दरिँदै आएका छन् । 

महसञ्चारको ब्यानरबाट निर्माण हुने कथानक चलचित्रमा लगानी गर्दै आएका किरण केसी आफूलाई अपग्रेड गर्ने क्रममा हास्य कलाकारहरु ठूलो पर्दामा आएको बताउँछन् । “समयसँगै परिमार्जित हुँदै जाने क्रममा सानो पर्दाबाट ठूलो पर्दामा आइपुगेका हौं,” किरणले बाह्रखरीसँग भने, “अर्को मुख्य कारण आर्थिक उपार्जन नै हो ।” 

पछिल्लो समय टेलिभिजनभन्दा युट्युबबाट धेरैले हेर्ने गरेकाले पनि टेलिभिजनकै लागि भनेर बनाउने हास्य टेलिश्रृंखलाको संख्या कम हुँदै गएको उनी बताउँछन् । समय र श्रम काँचको पर्दामा धेरै खर्च हुने गरेको उनको अनुभव छ । 

मह सञ्चारबाट ‘तँ त साह्रै बिग्रिस नि बद्री’, ‘शत्रु गते’, ‘दाल भात तरकारी’ चलचित्र निर्माण भए । 

मह जोडीपछि कथानक चलचित्रमा आएको र सर्वाधिक सफल भएका हास्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको समूह हो । यसले ‘छ एकान छ’, ‘वडा नम्बर ६, ‘छक्का पञ्जा’ सिरिज हुँदै ‘छ माया छपक्कै’ सम्म आइपुगेको छ । 

ग्ल्यामरस क्षेत्रमा रहेका व्यक्तिको अन्तिम गन्तव्य चलचित्र नै भएको कलाकार दीपकराज गिरी बताउँछन् । “अभिनयमा रहेका व्यक्तिको अन्तिम गन्तव्य चलचित्र नै हुन्छ,” दीपकराज भन्छन्, “चलचित्रमा जति ग्ल्यामर अन्त कमै हुन्छ । ग्ल्यामरमा सबैभन्दा ठूलो आकर्षण चलचित्र हो, त्यसैले फिचर फिल्ममा सबैको आकर्षण हुनु स्वाभाविक हो ।” 

बक्स अफिसको कलेक्सन पनि अर्को मुख्य कारण भएको उनी बताउँछन् । हास्य कलाकारद्वय केदार घिमिरे र जितु नेपाल पनि दीपक–दीपाकै समूहमा छन् । उनीहरु बाक्लै रुपमा चलचित्रमा अभिनय गर्दै आएका छन् ।

हास्य व्यङ्ग्य मार्फत समाजसेवामा आइपुगेका धुर्मुस सुन्तली (सिताराम कट्टेल र कुञ्जना घिमिरे) पनि ठूलो पर्दाको चलचित्रमा आइसकेका छन् । सुरुमा दीपक–दीपाको कथानक चलचित्रमै रहेका सिताराम अहिले आफैं चलचित्र निर्माणमा कस्सिएका छन् । ‘सेन्टी भाइरस’ नामक उनको चलचित्रको छायांकन सकिएको छ । सितारामले रामबाबु गुरुङलाई निर्देशक लिएका छन् । उनले चलचित्रमार्फत् नै समाजको कथा भन्न खोजेको बताउँदै आएका छन् । 

तत्कालीन ‘भद्रगोल’ र अहिले ‘सक्किगोनि’ हास्य टेलिश्रृंखला निर्माण तथा प्रर्दशन गरिरहेको अर्जुन घिमिरे र कुमार कट्टेलको समूह पनि कथानक चलचित्र निर्माणको तयारीमा छ । 

युट्युबमा राम्रो भ्युअर्स पाइरहेको ‘सक्किगोनि’का निर्देशक अर्जुन हरेक अभिनेता तथा अभिनेत्रीको लक्ष्य नै चलचित्र भएको बताउँछन् । “हरेक अभिनेता तथा अभिनेत्रीको रहर अन्ततः ठूलो पर्दामा पुगौं भन्ने हुन्छ,” अर्जुन भन्छन्, “साइड क्यारेक्टर गर्नेलाई मेन रोल गर्ने रहर हुन्छ । मेन रोल गर्ने रहर हुन्छ । सानो पर्दामा काम गर्नेलाई ठूलो पर्दामा अभिनय गर्ने रहर हुन्छ ।” 

अभिनय गर्ने कलाकारका लागि अपग्रेड गर्दैै जाँदा अन्तिम गन्तव्य चलचित्र भएको अर्जुनको भनाइ छ । आर्थिक पक्ष सवल बनाउने उद्देश्य पनि ठूलो पर्दामा काम गर्नुको कारण भएको उनको भनाइ छ । 

स्ट्यान्डअप कमेडियन मनोज गजुरेल पनि चलचित्र ‘सय कडा १०’मार्फत् कथानक चलचित्रमा प्रवेश गरे । कलाकारिताको लामो अनुभव भएका उनले कथानक चलचित्र एउटा मात्रै हो । 

 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro