
काठमाडौं । उद्यमी तथा साहित्यकार बसन्त चौधरीद्वारा लिखित दुई काव्यकृति सार्वजनिक गरिएको छ । शनिबार (वैशाख १३) ललितपुरमा उर्दु एकेडेमी नेपालले आयोजना गरेको ‘साम–ए–बसन्त’मा उनका उर्दु र हिन्दी गजलकृति ‘ठहरे हुए लम्हे’ र ‘वक्त रुकता नहीं’ लोकार्पण गरियो । उर्दु र हिन्दी गजलसंग्रह ‘ठहरे हुए लम्हे’ बसन्त सागरका नामबाट प्रकाशित छ ।
कार्यक्रममा साहित्यकार धीरेन्द्र प्रेमर्षिले कवि बसन्तको सिर्जनशीलताको चर्चा गरे । उनले बसन्तको लेखनको अभिष्ट हृदयको गहिराइ भएको उल्लेख गरे ।
गजलकार तथा कवि बसन्तले सार्वजनिक कृतिबाट केही गजलवाचन गरे । आफू प्रेमका कविता र गजलका बीचमा जिउने प्रयास गरेको उनले सुनाए ।
उर्दु एकेडेमीका अध्यक्ष इम्तियाज वफाले गजलकार बसन्तको सोच उनका कवितामा प्रतिविम्बित भएको बताए ।
कार्यक्रममा प्रकाश सायमीले ‘ठहरे हुए लम्हे’माथि र डा. धनेश द्विवेदीले ‘वक्त रुकता नहीं’माथि समीक्षात्मक मन्तव्य राखे ।
डा. सनतकुमार वस्ती, सकिना खान, अन्जुम, डा. द्विवेदी, सायमी र डा. श्वेता दिप्तीले विमोचित कृतिबाट गजलहरू वाचन गरे ।