site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा : सर्वोच्चले माग्यो लिखित जवाफ
फाइल तस्बिर ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग लिखित जवाफ माग्ने आदेश गरेको छ । मंगलबार न्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेको इजलासले अदालतले ५२ पदाधिकारीको मुद्दामा ‘हान्दिउँ भन्दै रोकेर राखेको’ भन्ने थापाकाे अभिव्यक्तिमा लिखित जवाफ पेस गर्न आदेश जारी गरेको हो ।

गत आइतबार सर्वोच्चमा दर्ता भएको थापाविरुद्ध अदालतको अवहेलना निवेदन एकैपटक संयुक्त इजलासमा परेको थियो । अधिवक्ता अनन्तराज लुइँटेलसहितले दर्ता गरेको अवहेलना निवेदनमा सर्वोच्च प्रशासनले मंगलबार (वैशाख १६)को पेसी दिइएको थियो । 

प्रारम्भिक सुनुवाइपछि थापालाई लिखित जवाफ पेस गर्न आदेश भएको हो । आफैँ उपस्थित हुने वा आफ्नो कानुन व्यवसायीमार्फत जवाफ पेस गर्ने भन्ने आदेशको पाठपछि मात्र सार्वजनिक हुनेछ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro