site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसकारण दसैं रोज्छन् चलचित्र निर्माता

काठमाडौं । चलचित्र निर्माता तथा निर्देशकका लागि चलचित्र रिलिजको पहिलो रोजाइ हुने गर्छ– बिदाको दिन । त्यसमा पनि अक्सर दसैं, तिहार सधैँ सबैको आँखामा पर्छ । तर यो वर्ष नेपाली चलचित्रले दसैं रोजेनन् । रोजेर रिलिज डेट लिएका पनि पछि हटे । कारण बन्यो– हिन्दी चलचित्र ‘वार’को आगमन । ‘वार’ अक्टोबर–२ (असोज १५) मा रिलिज हुने भएपछि दीपकराज गिरी पनि पछि हटे । उनको ‘छ माया छपक्कै’ दसैंपछि असोज २४ गते रिलिज हुने भयो । 

अन्य समयको तुलनामा बिदामा चलचित्र हेर्ने दर्शकको संख्या बढी हुने गरेकाले यो समय छिनाझप्टी बढी हुने गरेको छ । सार्वजनिक बिदा तथा दसैं तिहारमा रिलिज डेट लिन खोज्नु स्वाभाविक रहेको निर्देशक विनोद पौडेल बताउँछन् । “बिदाको समय सपरिवार बसेर रमाइलो गर्ने चलन हुन्छ । त्यसैले के गर्ने त भन्दा सबै चलचित्र हेर्न जाउँ भन्ने भएकाले तुलनात्मक हिसाबमा यो समय बक्स अफिसमा पनि राम्रो व्यापार हुने गरेकाले निर्माता तथा निर्देशकको रोजाइमा पर्व पर्छन्,” विनोद भन्छन्, “नेपालमा मात्रै होइन, संसारभर नै यो प्रचलन छ । बलिउडदेखि हलिउडसम्म पनि यही नै हो ।”

विनोद उत्तिकै प्रस्तुति र उस्तै विषय तथा गुणस्तर भएको चलचित्रले अरु समयभन्दा दसैंमा बढी कमाइ गर्ने गरेको बताउँछन् । 

चलचित्र निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँ बिदामा अन्य समसयको भन्दा करिब दोब्बर व्यापार हुने गरेको बताउँछन् । “हाम्रो चलचित्र जात्रै जात्रा रिलिजको समय दुई दिन बिदा परेको थियो । बिदाको दिन अन्य समयको तुलनामा दोब्बर व्यापार भएको थियो,” रवीन्द्र भन्छन्, “कलेक्सनको लोभले नै हो पर्व रोज्ने । अर्को वर्षको दसैंलाई टार्गेट गरेर हामी अहिलेदेखि नै प्लान गरिरहेका छौं ।”

सुरुसुरुका वर्षमा दसैंमा चलचित्र लाग्दैन थिए । तर पछिल्लो समय काठमाडौं बाहिर पनि सुविधासम्पन्न हल बन्न थालेपछि दसैं तिहार सबैको रोजाइमा पर्न थालेको हो । दसैं मान्न काठमाडौं आउने चलन पनि बढ्दै गएको रवीन्द्र बताउँछन् । 

“नेपालमा मात्रै होइन, भारतमा पनि ठूला चलचित्रले बिदालाई नै लक्षित गरेर रिलिज हुने गरेका छन्,” उनी भन्छन् । रवीन्द्रको भनाइ पुष्टि हुन्छ– दीपकराज गिरीको यो भनाइले– “ इन्डियामा सलमान खानले ईद कहिल्यै छोड्नु पर्दैन । तर मैले दसैं छोड्नु पर्यो ।” व्यापार नै मुख्य कारण भएको दीपकराज बताउँछन् । नेपालीभन्दा हिन्दी चलचित्र प्रदर्शनबाट राम्रो कमाइ हुने गरेका कारण बलिउडका चलचित्रलाई वितरक तथा हलवालाको पहिलो रोजाइमा पर्ने गरेको उनको गुनासो छ । 

निर्देशक ऋषि लामिछाने पनि लामो बिदा नै दसैंमा रिलिजको छिनाझप्टीको मुख्य कारण भएको बताउँछन् । “दसैं तिहारमा लामो समय बिदा हुने भएकाले के गर्ने भन्ने हुन्छ । विकल्पमा चलचित्र हेर्न जाने चलन छ,” ऋषि भन्छन्, “पब्लिसिटीका लागि पनि केही सहज हुन्छ ।”

पैसा र समय दसैं तिहारमा रिलिज हुने चलचित्रका लागि लागे पनि दर्शकलाई प्रदर्शन हुने मिति सम्झाउन सजिलो हुने उनी बताउँछन् । दसैंतिहारमा रिलिज हुने चलचित्रलाई पब्लिसिटी स्किम ल्याउन पनि सजिलो हुने ऋषिको अनुभव छ । 

 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro