site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
pmKUvyjJutw
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
सिन्धुपाल्चोक । वरिपरि बादलले छोपेको बीचमा केही समथरजस्तो गिरानचौर । थोरै तल गत वर्ष वैशाख १२ को भूकम्पले भत्किएका घरहरू र भत्कन बाँकी खण्डहर घर देख्दा महसुस हुन्छ– यी घरले भूकम्पको पीडा दूर हुन दिएका छैनन् ।
 
 
केही तल रोपाइँ चलिरहेको छ । तल लाठेहरू बाउसे र रोपाहारहरू धान रोप्न व्यस्त भइरहँदा माथि तामाङ बस्तीमा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ साबेल उज्याउँदै माटो फ्याँक्न व्यस्त देखिन्थे । 
शनिबार गिरानचौरस्थित निर्माणाधीन धुर्मस–सुन्तली एकीकृत बस्ती पुग्दा करिब ४० जना स्कुले बालबालिका बोरामा माटो ओसार्न तल्लीन थिए । घरमा ढलेको लोहोटासमेत उठाउनु नपर्ने बालबालिका त्यहाँ असिन–पसिन भएर श्रमदानमा खटिरहेको दृश्य अचम्मलाग्दो थियो ।
 
 
“स्काउटमा आबद्ध यिनीहरूलाई ‘श्रम’ सिकाउन ल्याइएको हो ।  यीमध्ये धेरै त यहाँ आउन मरिहत्ते नै गरिरहेका थिए,” उनीहरूलाई समन्वय गरिरहेका एक शिक्षकले ल्याउनुको तात्पर्य हाँस्दै खुलाए । 
“हामी त धुर्मुस दाइलाई हेर्न आएको,” मेलम्चिस्थित प्रगति बोर्डिङ स्कुलमा पढ्ने एक बालिका सुनाउँदै थिइन्, “धुर्मुस दाइ त कस्तो कालो हुनुभएछ, झन्डै नचिनेको !”
टेलिभिजनका पर्दामा ‘मेरी बास्सै’मार्फत पेट मिचिमिची हसाउने धुर्मुस आँखै अघिल्तिर देख्दा बालिका पुलकित देखिन्थिन् र सकिनसकी माटो ओसारिरहेकी थिइन् ।
साढे दुई महिनादेखिको अनवरत खटाइले धुर्मुस हुनुसम्म कालो भएछन् । कम्मरमा पटुका कसेर मैदानमा खटिएका धुर्मुस थकित पनि देखिन्थे । तिनै बालिकाको चिउँडोमा हात राखे र आफ्नो फुलेको कञ्चटतर्फ इसारा गर्दै धुर्मुसले भने, “कालोमात्र होइन, म त कामले बूढो पनि भइसकेँ !”
 
 
बालिका केहीबेर अधैर्य देखिइन् र भावकु हुँदै सोधिन्, ‘तपाईं पनि नेता भइदिएको भए भूकम्पले भत्काएको हाम्रो घर बनाइदिनुहुन्थ्यो होला हई ?’ भूकम्पबाट भत्किएको उनको घर बन्न सकेको रहेनछ । बालिकाको प्रश्नले धुर्मुसको अनुहारमा सन्नाटा छायो । त्यस्तै दृष्य थियो वारिपारि पनि, जहाँ भूकम्पबाट भत्किएका घरहरू ज्यूँ का त्यूँ थिए । 
० ० ०
भक्तपुर खरिपाटीकी अञ्जिता काफ्ले कोदालो उज्याउँदै थिइन् । उनका श्रीमान् कृष्णहरि काफ्ले उनले खनेर थुपारेको माटो अलि पर हुत्याउँदै थिए । “हामी त दुई पटक आइसक्यौँ, फुर्सद भए त महिनौँ दिन यहीँ खटिन्थ्यौँ,” दुखेको कम्मर हातले अडेस लगाइन् र खुइय ! काढ्दै हामीलाई सुनाइन् । 
 
 
उनका श्रीमान् सडक विभागका कम्प्युटर अपरेटर हुन् । उनीहरूलाई श्रमदानसँगै सहयोगको हात बढाउन मन थियो । तर, आर्थिक सहयोगका लागि भनेर ल्याएको १० हजार रुपैयाँ सीतारामले ‘अहिलेलाई पैसा पुग्यो, हामीले रकम उठाउन बन्द गरिसक्यौँ’ भनेपछि मन अमिलो पार्दै गोजीमै राखेर श्रमदान गर्न खटिए ।
 
० ० ०
“हि इज भेरी नाइस गाइज, वि रियल्ली इन्सपायर्ड,” धुर्मुसको बखान गाउँदै  बेलायतका जर्ज र एङ्गेज साबेलको सहायताले मसला घोल्दै थिए । उनीहरू चार दिनदेखि एकीकृत बस्ती निर्माणका लागि कस्सिएका छन् । धुर्मुसले सुनाए, “एङ्गेजकी आमा केही समयअघि नेपाल आएकी थिइन् र स्वयंसेवामा जुटेकी थिइन् । खै कसरी कोमल वलीमार्फत सम्पर्क भएपछि उनीहरू यहाँ आइपुगेका हुन् । हामीसँगको कुराकानीमा उनीहरू अचम्मित भए, “यत्रो भूकम्प गएर मानिसहरू मर्दा र घरबारविहीन हुँदा पनि नेपालीहरू कसरी हाँस्न सकेका ? हामीले वास्तवमै उहाँहरूसँग सिक्नुपर्छ ।”
 
“यी मेरा दुई भान्जा हुन्,” धुर्मुसले ठट्यौली पारामा भने, “मलाई मामाभन्दा बढ्ता माया गर्छन् । यिनीहरू बेलायतको प्रतिष्ठित विद्यालयमा पढ्छन् ।” अरुसँग सहयोगका हात बढाएर गाउँ नै बनाउँछु भन्नु चानचुने कुरा नभएको बताए ती दुई बेलायती विद्यार्थीले पनि  । सात दिनसम्म त्यहाँ काम गर्ने र १० दिन नेपालका रमणीय ठाउँहरू घुम्ने उनीहरूको योजना रहेछ । कुराकानीको अन्तिममा भने, “नेपालले मोहित तुल्यायो, फुर्सद हुनेबित्तिकै हामी त नेपाल आइहाल्छौँ ।”
 
० ० ०
“ऊचाहिँ मेरो भाई,  मेरो ज्यान ठूलो, उसको ज्यान खिरिलो भएर नपत्याएको हो कि क्या हो ?” नजिकै खाल्डो खनिरहेका कुमार कट्टेल ‘जिग्री’लाई देखाउँदै सीतारामले ठट्टा गरे । कुमार पनि दाजुको राष्ट्र निर्माणको लक्ष्य पूरा गर्न सहायक बनेर कस्सिएका रहेछन् । काभ्रेको पहरी बस्ती निर्माणका लागि ७० दिन पसिना बगाएका भाई कट्टेल गिरानचौर नपुग्ने कुरै भएन । 
 
बाढीले अहिले तराईका धेरै जिल्ला आक्रान्त तुल्याएको छ । पश्चिम र मध्यपश्चिममा थुप्रै प्रभावित छन्, कैयौं घरबारविहीन भएका छन् । त्यसैले बाढीपीडितलाई सघाउन ‘भद्रगोल’ सिरियलका कलाकार अर्जुन घिमिरे ‘पाँडे’लगायतसँग मिलेर कुमारले ‘न्युट्रल जनता अभियान’ सुरु गर्न लागेका रहेछन् । “सहयोग संकलन गर्न आइतबार काठमाडौँ जान्छु, अनि राहत अभियान सुरु गर्छु,” उनले सुनाए । 
‘मेरी बास्सै’कै बेगम नेपाली ‘भटभटे माइलो’ पनि गिरानचौरमै छन् । कलाकारितालाई केही समय थाँती राखेर बस्ती निर्माणमा जुटेका नेपाली निरन्तर साबेल मच्चाइरहेका छन् । “धुर्मुस दाईको राष्ट्र निर्माणको भावनालाई सघाउ पुगोस् भनेर उहाँलाई हौसला प्रदान गर्न आएको हुँ,” उनले थपे । त्यसो त भद्रगोलका ‘पाँडे’ पनि केही दिन श्रमदान गरेर शुक्रबारमात्रै काठमाडौँ फर्किएका छन् । 
 
 
बस्ती बनाउन धुर्मुसकी अर्धाङ्गिनी कुञ्जना घिमिरे (सुन्तली)को पनि कम योगदान छैन । तर, काखे छोरी स्याहार्नुपर्ने भएकाले फिल्डमा भने खटिन पाएकी छैनन् । हामी पुग्दा सुन्तली त्यहाँ थिइनन् । “जाने आउने गरिरहेकी छन् । उनलाई पनि सधैँ यही बसेर काम गर्ने रहर नभएको होइन । तर, छोरीको पनि हेरविचार गर्नुपर्यो । निर्माणकै केही बाह्य काम पनि हुेर्नुपर्ने भएकाले यहाँ नभएकी हुन्,” धुर्मुसले प्रस्ट्याए । 
 
 
० ० ०
नेपाल प्रहरीका सई रामेश्वर महतो सुरक्षा व्यवस्थाका साथै श्रमदानमा पनि उत्तिकै दत्तचित्त छन् । “हुन त यहाँ सुरक्षाका लागि आएका हौँ । तर, धुर्मुसको काम देखेर हात बाँधेर बस्न मन लागेन,” महतोले सुनाए । इलाका प्रहरी कार्यालय मेलम्चीबाट सुरक्षाका लागि महतोको नेतृत्वमा तीन जना प्रहरी बस्तीमा खटिएका छन् । प्रहरीले सुरक्षामा ध्यान त दिएका छन् नै, उनीहरू निर्माणको काममा पनि उत्तिकै चनाखो छन् । 
 
० ० ०
पाँच करोड लागतमा गिरानचौरमा तीन वटा ब्लकमा काम भइरहेको छ । पहिलो ब्लकमा २३ वटा, दोस्रोमा २६ वटा र तेस्रोमा १६ वटा घर निर्माण भइरहेको सीताराम बताउँछन् । निर्माण सम्पन्न गरेर दसैँको घटस्थापनाको दिनसम्ममा हस्तान्तरण गरिसक्ने लक्ष्य छ । तर, पानीले बिथोलिरहेको छ । धुर्मुस् ठट्टा गर्छन्, “इन्द्रलाई हामीदेखि के कुरामा रिस उठेछ कुन्नी, काम सुरु गरेको दिनदेखि पानी पर्न रोकिएको छैन त !”
 
 
बस्ती निर्माणका लागि प्रत्येक घरबाट एक/एक जना गरी ६५ जना र ३० जना मिस्त्री अहोरात्र खटिएका छन् । त्यस्तै, विभिन्न संघ–संस्थाबाट स्वयंसेवीहरू पनि श्रमदानका लागि पुग्ने गरेका छन् । स्रोत सीमित भएकाले श्रमदानमा आउनेहरूलाई खाने–बस्ने व्यवस्था मिलाउन नसकिएको सीताराम बताउँछन् । लागत अनुमान गरिएको रकम संकलन भए पनि मानव संशाधन नपुगेको उनको भनाइ छ । “रकम त संकलन भयो । १५ दिनअगाडि नै उठाउन बन्द गरिसक्यौँ । अहिले हामीलाई श्रमदान गर्नेको खाँचो छ,” सीतारामले भने । 
श्रमदान गर्न एक–दुई जना गएर पुग्दैन । गाउँमा खेती–किसानीको समय भएकाले कामदारको अभाव छ । “कोही इच्छुक भएर खाने–बस्ने प्रबन्धसहित २०÷२५ जनाको टोली आएर काम गरिदिए हामीलाई आपत्ति हुने छैन,” उनी हाँसे । 
 
 
गिरानचौरमा पानीको असाध्यै दुःख छ । धेरै वर्षअघि झुलेबाट पानी लगेर गिरानचौरवासीको आँत भिजाइदिने सपना धेरैले नदेखाएका होइनन् । तर, ती सबै चुनावका ‘मसला’मात्रै बने । 
धुर्मुस नै गिरानचौरका ‘भगवान’ भएका छन् अहिले । आठ सय मिटर तल सिन्धु खोलाबाट पानी तानेर सिँगै गिरानचौरका चार सय परिवारको दैलामा पानी पुर्याइदिएका छन् उनले । 
 
० ० ०
निर्माणाधीन घर डेढ तलाको हुनेछ । बाहिर पिँढीसमेत निकालिएको घर पूर्णतया अपांगमैत्री, बालमैत्री, र वातावरणमैत्री पनि हुनेछ । त्यस्तै बालउद्यान, खेल्ने ठाउँ, भ्यु टावर र सामुदायिक भवनसमेत निर्माण गर्ने योजना छ । बस्तीलाई पर्यटकीय गन्तव्यको रूपमा पनि विकास गरिने धुर्मुस–सुन्तली फाउन्डेसनको लक्ष्य रहेको सीताराम बताउँछन् । काठमाडौँ–जहरसिंह पौवा, फट्केश्वर–गिरानचौर हुँदै पुगिने सो बस्ती काठमाडौँबाट करिब ४० किमीमात्रै टाढा छ । 
 
 
वातावरणीय स्वास्थ्यलाई दृष्टिगत गरी वस्तीभित्र पशुपालन निषेध गरनेछ । बस्तीभन्दा तल कटेरा बनाएर पशुपालनको व्यवस्था मिलाइएको बस्ती निर्माण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर तामाङले जानकारी दिए । दसैँसम्ममा निर्माण सक्ने लक्ष्य राखिएकाले काम युद्धस्तरमा भइरहेको उनले बताए । हालसम्म ३४ वटा पिलर ठडिइसकेका छन् । 
बस्ती निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट एकजना इन्जिनियर खटिएका छन् । एकजना ओभरसियरले स्वयंसेवीको रूपमा काम गरिरहेका छन् । संरचना र भवन निर्माणका हिसाबले ४० प्रतिशत काम सम्पन्न भइसकेको र दुई महिनाभित्रमा बाँकी काम सम्मन्न हुने विश्वास उनीहरूको छ । 
 
 
काममा रोकावट नआए निर्धारित मितिमै काम सम्पन्न गरिसक्ने योजना आफूहरूको रहेको ठेकेदार लक्ष्मी शाहले बताए । “पानी परिरहेको छ । दिनको तीन जनाको दरले बिरामी परिरहेका छन्,” उनले भने, “औषधी खाएर भए पनि काममा खटिराख्नु भएको छ । धुर्मुस बाबुको उत्साह देखेर हामीलाई थकाइ मार्न मन लागेको छैन ।”
 
 
० ० ०
गत वैशाख २८ गतेदेखि गिरानचौरमा केन्द्रित भएकाले समाचार सुन्न र हेर्न त्यत्ति पाएका छैनन् रे सीतारामले ! तैपनि उनले सुनेका छन्, राष्ट्रिय राजनीतिमा राजनीतिक ‘असारे–पन्ध्र’ चलेको छ । सत्ता परिवर्तनको ‘म्युजिकल चेयर’प्रति उनलाई चासो र चिन्ता दुवै छैन । अन्तिममा उनले भने, “भूकम्पबाट बासस्थान गुमाएकाले घर खोजिरहेका छन्, तिमीहरू सरकार देऊ !”
 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १६, २०७३  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro