site stats
बाह्रखरी :: Baahrakhari
देश
अब तुलसीपुरमा हरेक दिन विमान आउने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दाङ । काठमाडौं विमानस्थल २१ घण्टा सञ्चालन भएसँगै अब तुलसीपुरमा हरेक बिहान विमान बस्ने भएको छ । नेपाल वायुसेवा निगमका अनुसार तुलसीपुरमा बिहान सवा ९ वजे विमान बस्ने भएको हो । 

"दिउँसो हावाका कारणले गर्दा जहाज नियमित भएको थिएन अब नियमित हुन्छ", वायु सेवा निगमकी विजनेस डेपुटी डाइरेक्टर रिना राइले जानकारी भनिन् । राईका अनुसार तुलसीपुरमा यात्रुको चापका कारण विमान सेवा नियमित बनाउनका लागि उडान तालिकामा हेरफेर गरिएको हो । ‘अब जहाज नियमित नै हुन्छ’, राइले भनिन् ।

तुलसीपुर विमानस्थल सञ्चालनसँगै हवाई मार्गको प्रयोग गर्ने यस क्षेत्रका यात्रुहरुले तुलसीपुर विमानस्थलको प्रयोग गर्दै आएका छन् । उपमहानगरपालिकाको संयोजनमा हरेक दिन विमान सेवा सञ्चालन भइरहेको विमानस्थल सञ्चालन समितिका संयोजक सुर्यवहादुर डाँगीले बताए । संयोजक डाँगीले यात्रु प्रतिक्षालय भवनको निर्माण अन्तिम चरणमा पुगेको बताउँदै धावनमार्ग विस्तारका लागि संघले बजेटको समेत व्यवस्था गरेको छ ।

प्रकाशित मिति: सोमबार, असार १६, २०७६  १६:१८
प्रतिक्रिया दिनुहोस्