site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

आतंक र ‘गैरकानुनी हत्या’का घटना फेरि बढ्न थालेका छन् । एउटा घटनाको त छानबिनका लागि संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संवैधानिक आयोगका अध्यक्षले सरकारमा ‘शक्तिको उन्माद’ देखिएको भनेर औंल्याएका छन् । अर्कातिर संक्रमणकालीन न्याय सम्पादनमा अस्वाभाविक ढिलासुस्ती गरिएको छ । द्वन्द्वकालीन घटनामा सरकारले माफी दिनसक्ने कानुनी व्यवस्था बदर गर्ने सर्वोच्च अदालतको निर्णयविरुद्ध परेको पुनरावेदनमा भने फैसला गर्न आलटाल गरिएको छ । पछिल्लोपटक पेसीमा चडेको संक्रमणकालीन न्यायसम्बन्धी एउटा मुद्दा अर्को तारिक नतोकीकन सारिएको छ । अर्कातिर, त्यही मुद्दाको फैसला पर्खे झैँ सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन प्रक्रिया अलमल्याइरहेको छ । यी सबै घटना सरकारले जानीबुझी गरेको हो भने त्यो आसन्न संकटको संकेत हो । कामकारबाहीका क्रममा हुनपुगेका हुन् भने संवेदनशीलताको अभाव हो । दुवै अवस्था देश र जनताका लागि शुभ हैन ।   

हालैका घटना र संक्रमणकालीन न्यायका बीचमा गहिरो सम्बन्ध छ । माओवादी हिंसात्मक द्वन्द्वकालका मानवताविरुद्धका अपराधका घटनामा दण्डहीनताको अवस्था रहेसम्म आतंक मच्चाएर सम्पत्ति र राजनीतिक शक्ति हात पार्ने प्रवृत्ति नियन्त्रित हुनेछैन । आतंक नियन्त्रित गर्न कुनै पनि आवरणमा हुने अपराधमा अपराधीले उन्मुक्ति पाउनु हुँदैन । आतंक मच्चाएर जघन्य अपराध गरे पनि सम्झौताका नाममा उन्मुक्ति पाइने हो भने राजनीतिको अर्को नाम आतंक बन्न पुग्ने निश्चित छ । यस्तै, दण्डहीनताको अन्त्य नहुने हो भने सरकारले आफ्नो विरोध हुन नदिन राजनीतिक क्रियाकलापमा समेत दमन गर्न सक्छ । सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि पनि हत्या गर्ने प्रवृत्ति यसैको उदाहरण हो । मृत्युदण्ड वैध भएका मुलुकमा समेत अदालतको आदेश र राष्ट्राध्यक्षको स्वीकृतिविना कसैको पनि जीवन हरण गर्न पाइँदैन । यसैले सुरक्षाकर्मीको कारबाहीकै क्रममा पनि निहत्था व्यक्तिको मृत्यु भयो भने त्यसलाई ‘गैरकानुनी हत्या’ भन्ने गरिन्छ र कानुनबमोजिम दुवै अपराध दण्डनीय हुन्छ ।

नेपालमा भने सार्वजनिक स्थलमा बम पड्काएर जनताको हत्या गर्नेहरूले राजनीतिका नाममा र नियन्त्रणमा लिइएको निहत्था व्यक्तिलाई क्रूरतापूर्वक मार्नेहरूले सुरक्षा कारबाहीका नाममा उन्मुक्ति पाइरहेका छन् । राजनीतिका नाममा आतंक र हत्याको क्रम नरोकिनुको मूल कारण यही नै हो । सरकार दिगो शान्ति होस् भन्ने पक्षमा छ भने विधिको शासन कायम गर्न दृढतापूर्वक उभिनुपर्छ । राजनीतिक आवरणमा हुने अपराध क्षम्य हुनसक्तैन भन्ने सन्देश स्पष्टसँग दिनुपर्छ । तत्कालीन विद्रोही माओवादी र सरकारका बीचमा भएको विस्तृत शान्ति सम्झौताको मर्मअनुसार द्वन्द्वकालका मानवताविरुद्धका जघन्य अपराधमा छानबिन गरी मेलमिलाप र कारबाहीको सिफारिस गर्ने सत्य निरुपण आयोगको कार्यभारलाई निष्कर्षमा पुग्न दिनुपर्छ । यसका लागि विद्यमान ऐनको अपराधीलाई सरकारले माफी दिनसक्ने प्रावधान खारेज गरी अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिइसकेको छ । विडम्बना, त्यही आदेशविरुद्ध सरकारले गरेको पुनरावेदनमा फैसला गर्नसमेत अस्वाभाविक ढिलाइ भइरहेको छ । नेपालको सर्वोच्च अदालत न्याय सम्पादनको मात्र हैन मानव अधिकार रक्षाको पनि अन्तिम निकाय हो । अतः संक्रमणकालीन न्याय सम्पादनका यावत् पक्षमा भएको ढिलासुस्ती र बेइमानीमा सर्वोच्च अदालत पनि संवेदनशील हुनु आवश्यक छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro