site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शासकहरूको कमजोरीका कारण लोकतन्त्रको मूल्य, मान्यतालाई धूमिल बनाउन दिनु हुँदैन : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्ता र शक्तिमा बस्नेको कमजोरीले लोकतन्त्रको शास्वत मूल्य, मान्यता र पवित्रतालाई धूमिल बनाउन दिनु नहुने बताएका छन् । 

बुधबार शितलनिवासमा आयोजित 'नेपालका निधि' पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा गर्न शासन व्यवस्थालाई पारदर्शी, जवाफदेही, न्यायपूर्ण बनाउनुपर्ने उल्लेख गरे । 

Dabur Nepal
NIC Asia

समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । पछाडि परेका नागरिक, क्षेत्र र वर्गको हित तथा नागरिकको जीवनस्तरमा सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भनेर जनतालाई भरोसा जागृत गराउनु नै सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रको वास्तविक लक्ष्य भएको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न र जनताको स्वतन्त्रताका लागि नेताहरूले गरेको त्याग, संघर्ष र समर्पण अतुलनीय रहेको उल्लेख गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro