site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौंमा उत्तर कोरियाको बढ्दो गैरकानुनी कारोबारप्रति संयुक्त राज्य अमेरिकाले नेपाल सरकारको ध्यान आकर्षण गरेको समाचारप्रति नेपालका मूलधारका सञ्चार माध्यमले खासै चासो राखेको देखिएन । नेपाल चीनसँग अस्वाभाविक मात्रामा नजिकिँदै गएको सन्देश पश्चिमी र भारतीय सञ्चार माध्यमले प्रवाहित गरिरहेकै बेला नेपाल भ्रमणमा आएका उत्तरकोरियाका लागि अमेरिकी विशेषदूतले उत्तर कोरियाको गैरकानुनी कारोबार बन्द गर्न दिएको सल्लाह भने त्यति सजिलै उपेक्षा गर्न हुने विषय हैन । संयुक्त राष्ट्रसंघको सदस्य भएकाले नेपालले उत्तरकोरियामाथि लगाइएको आर्थिक प्रतिबन्धको सम्मान गर्न अमेरिकी दूतले नेपाल सरकारका अधिकारीहरूको ध्यानाकर्षण पनि गरेका छन् । उत्तरकोरियाले नेपाललाई आधार बनाएर साइबर अपराध, सुन तस्करी तथा जाली नोटको धन्दा चलाएको हुनसक्ने सन्देह पनि अमेरिकी दूतले प्रकट गरेका छन् ।

आणविक हतियारको परीक्षणमा राष्ट्रसंघको नियम उल्लंघन गरेपछि सुरक्षा परिषद्ले  उत्तरकोरियामाथि आर्थिक प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ । तर, नेपालमा भने उत्तरकोरियाली दूतावास विभिन्न व्यापारिक कारोबारमा समेत सक्रिय रहेको सन्देह गरिएको छ । नेपालमा विभिन्न समयमा उत्तरकोरियालीहरू तस्करी र अन्य गैरकानुनी आर्थिक क्रियाकलापमा संलग्न भएको पाइएको छ । तिनीहरूको उत्तरकोरियाली दूतावाससँग प्रत्यक्ष वा परोक्ष संलग्नतासमेत देखिएको थियो । अमेरिकी दूतले नेपालका केही साँसदसँग समेत भेटी उत्तरकोरियाका गैरकानुनी र अवाञ्छित क्रियाकलाप रोक्न आग्रह गरेको हुनुपर्छ । नेपाल सरकारले उत्तरकोरियालीहरूको गैरकानुनी आर्थिक गतिविधिलाई प्रायः देखेको नदेख्यै गर्ने गरेको छ । बेलाबखत फाट्टफुट्ट कारबाही गर्दा पनि अरू मुलुकका कूटनयिक बिरलै संलग्न हुने तस्करीको धन्दामा उत्तरकोरियाली भने बढी नैै पक्राउन परेका थिए । यसैले अमेरिकी आरोपलाई पूरै अस्वीकार गर्न मिल्ने देखिँदैन ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उत्तरकोरियाप्रति बढी सहानुभूति हुनसक्छ । पञ्चायत कालदेखि नै कम्युनिस्ट नेताहरू उत्तरकोरियाली मेजमानीमा रमाउँदै आएका हुन् । सैद्धान्तिक आधारमा उत्तरकोरियाली र नेपाली कम्युनिस्ट सरकारहरूबीच भावनात्मक निकटता हुनु अस्वाभाविक नहोला । तर, नेकपा (नेकपा) नै नेपाल राज्य त हैन । यसैले  नेपाल सरकार कम्युनिस्ट पार्टीप्रति हैन नेपाल राष्ट्रप्रति बफादार हुनुपर्छ । सरकारले राज्यलाई हानि हुनेगरी सैद्धान्तिक वा वैयक्तिक आफन्तलाई रिझाउन हुँदैन । सम्भवतः सत्तारुढ कम्युनिस्टहरूले पनि संयुक्त राष्ट्रसंघको प्रतिबन्ध उल्लंघन गरेर पश्चिमी लोकतान्त्रिक मुलुकको मित्रताको मूल्यमा उत्तरकोरियासँगको सम्बन्ध पक्कै रोज्नेछैनन् । यसैले नेपालप्रति अन्तर्राष्ट्रिय जगतमा सन्देह बढ्न नदिन सरकारले उत्तरकोरियाली गैरकानुनी गतिविधि रोक्न अग्रसरता देखाउनुपर्छ । उत्तरकोरियाली सरकारले नेपालका कम्युनिस्ट नेतालाई लगाएको गुन तिर्न संयुक्त राष्ट्रसंघलगायत लोकतान्त्रिक विश्वलाई चिढ्याउनु आत्मघाती मूर्खता हुनेछ ।   
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २, २०७६  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro