site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पुथा उत्तरगंगा–२ को अध्यक्षमा माओवादीका घर्ती निर्विरोध

काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उमेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस र नेकपा (एमाले)बाट संयुक्त उमेदवार बनेका एमालेका जीवन रोका र स्वतन्त्र उमेदवार शुक्रराज विकले उमेदवारी फिर्ता लिएपछि घर्ती निर्विरोध बनेका हुन् । निर्वाचन कार्यतालिकाअनुसार बुधबार उमेदवारी फिर्ता लिनका लागि समय दिइएको थियो । सोही समयमा रोका र विकले उमेदवारी फिर्ता लिएका हुन् ।

यही मंसिर १६ गते रित्त स्थानीय तहका विभिन्न पदमा उपनिर्वाचन हुँदै छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्