site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नैतिकताको मूल्य 
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

नहुनु पर्ने तर हुँदा पनि खासै आश्चर्य नलाग्ने एउटा समाचार प्रकाशित भएको छ – राष्ट्रिय सभा अध्यक्षले स्वकीय सचिवालयका चार जना कर्मचारीको तलबै आफ्नै नाममा निकासा लिएको सम्बन्धमा । यस्तो समाचारअनुसार उनले दुई जना सवारी चालक र दुई जना सहयोगी कर्मचारीका रूपमा आफ्नै नाम लेखेका छन् । संसद् सचिवालयबाट उनले सवारी चालकको सेवा अलग्गै लिएको पनि समाचारमा उल्लेख गरिएको छ । सांसद र मन्त्रीहरूले स्वकीय सचिवालयका कर्मचारीको तलब पनि खाएको समाचार प्रकाशित भएपछि नियमै बनाएर स्वकीय सचिवालयका कर्मचारीको तलब सम्बन्धित व्यक्तिकै नाममा बैंकको खातामा जम्मा गरिदिनु पर्ने व्यवस्था गरिएको थियो । तर, संसद् सचिवालयका सम्बन्धित कर्मचारीले भने राष्ट्रिय सभाका अध्यक्षलाई रिझाउन होला उनको स्वकीय सचिवालयका चार जना कर्मचारीको नामै नभए पनि तलब निकासा दिने गरेतका रहेछन् ।

यसरी प्रचलित अभ्यास र नियमविपरीत राज्यलाई हानि र व्यक्तिलाई फाइदा हुने काम गर्नु गराउनु भ्रष्टाचारकै परिभाषाभित्र पर्छ नेपालकै कानुनमा पनि । सांसदहरू विशेषगरी राष्ट्रिय सभाका सदस्यहरूले यसको चर्को विरोध गर्नुपर्ने हो । तर, तिनले विरोध गर्ने वा विरोध गरिहाले पनि राष्ट्रिय सभाका अध्यक्षमाथि कारबाही हुने अपेक्षा गर्नु भने मूर्खता हुने देखिन्छ । स्वकीय सचिवालयको सुविधा पाउने लगभग सबैले त्यसको दुरुपयोग गरेर भ्रष्टाचारको कसुर गरेकै छन् । यसैले तिनमा प्रश्न उठाउने आँट वा जाँगर नहुनु अस्वाभाविक हैन । यस्तो भ्रष्टाचार देखिने कसुर हुन नदिन संसद् सचिवलायकै कर्मचारी अग्रसर हुनुपथ्र्यो । अध्यक्षलाई गलतरूपमा पैसा लिन सघाउन सके आफूलाई पनि बाटो खुल्ने ठानेर कर्मचारीहरू त्यसलाई रोक्न प्रायः तत्पर हुँदैनन् । अलिकति अध्यक्षको कोपभाजन हुनुपर्ने डरले पनि काम गर्छ होला । यसैले संसद्मा यस विषयमा चर्चा नै नहुनसक्छ । आखिर किन आफ्नै खुट्टामा बन्चरो हान्नु ? 

भ्रष्टाचारको सिङ जुरो हुँदैन । यस्तै दैनिक अभ्यासमा हुने व्यवहारले व्यक्तिलाई भ्रष्ट बनाउने हो । भ्रष्टाचार दण्डनीय अपराध हो । तर, कानुनी अपराधभन्दा पनि बढी व्यक्तिको नैतिकतासँग जोडिएको विषय हो । आर्थिक भ्रष्टाचार नियन्त्रण व्यक्तिको नैतिक आचारणमा निर्भर हुन्छ । राष्ट्रिय सभाका अध्यक्षले स्वकीय सचिवालयका कर्मचारीको नाममा निकासा हुनुपर्ने रकम आफ्ना नाममा निकासा गराएको विषय हेर्दा सामान्य आर्थिक अपचलनमात्र देखिए पनि गम्भीर नैतिक प्रश्न पनि हो । संवैधानिक परिषद्मा पदेन सदस्य रहने पदाधिकारीले चालक र पियनको तलबसमेत आफ्नै नाममा निकासा गराउँछन् भने परिषद्बाट नियुक्त हुनेहरूबाट कस्तो नैतिकता र शुद्ध आचरणको अपेक्षा गर्ने ? मुहानै धमिलो भएपछि चुहान कसरी सफा हुन्छ ? राष्ट्रिय सभाका अध्यक्षले नियतवश कर्मचारीको तलब आफ्ना नाममा निकासा लिएका हैनन् भने त्यसरी लिएको पैसा फिर्ता गरेर गल्ती सुधार गर्न अगाडि सरुन् । साथै, नियमविपरीत निकासा दिन सघाउने कर्मचारीलाई पनि संसद् सचिवालयले कारबाही गरोस् ! भ्रष्टाचारमा त के कारबाही होला र ? तर, नैतिकताको कसी जनताले लगाउने हुन् ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro