site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाले उपनिर्वाचन हुने ठाउँमा कार्यक्रम गर्ने, ओली जोडिएको विषयमा छानबिन गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा हुने दोस्रो चरणको आन्दोनलाई उपनिर्वाचनको अभियानसँग जोड्ने भएको छ । 

बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले दोस्रो चरणको आन्दोलनलाई उपनिर्वाचनको कार्यक्रमसँग जोड्ने निर्णय गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

त्यसका लागि मंसिर ८ र ९ गते उपनिर्वाचन हुने ठाउँमा कार्यक्रम गरिने अर्का एक नेताले जानकारी दिए । त्यस क्रममा पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको विषय उठाउने निर्णय भएको छ ।

रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिएको ‘विवादास्पद विषय’लाई लिएर केही व्यक्तिसमेत पक्राउ गरेको सन्दर्भमा सत्यतथ्य छानबिन गर्न पनि माग गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro