site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मलाई फसाउन खोजियो, ती महिलालाई छोएको समेत छैन : ऐन महर

काठमाडौं । नेकपा (एमाले)का नेता ऐन महरले आफूमाथि झुटो आरोप लगाएको बताएका छन् । बुधबार साँझ फेसबुक लाइभमा आएका ऐन महरले आफूलाई फसाउन खोजिएको दाबी गरेका हुन् ।

महरले आफू अदालती प्रक्रियामा रहेको पनि बताएका छन् । अहिले आफू अदालतको निर्णय गरिरहेको उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

"जसले गैरकानुनी काम गर्छ, जसले कानुनविपरीत काम गर्छ, जसले गल्ती गर्छ, त्यसलाई सजाय दिनु अदालतको धर्म हो । र, पीडितलाई न्याय दिनु पनि अदालतको धर्म हो," उनले भनेका छन् ।

आफूलाई ‘हनी ट्र्यापिङ’मा पार्न खोजिएको दाबी गरेका महरले आफूले ती महिलालाई ‘टच’समेत नगरेको दाबी गरेका छन् ।

“पीडित भनेको के महिलामात्रै हुन्छ ? कोही महिलाले आएर संगीन आरोप लगायो, तँ यस्तो होस् भन्यो, सबैले त्यो कुरा पत्याइदिनुपर्ने ? कुनै प्रमाण, कुनै घटनाक्रम, कुनै तथ्य, त्यसको वास्तविकता बुझ्नुपर्दैन ? सरासर झुट, कपोकल्पित, भ्रामक, षड्यन्त्रपूर्वक र योजनाबद्ध तरिकाले को पराकाष्ठा हो,” उनको दाबी छ ।

महरमाथि एक महिलाले आफूमाथि जबजरजस्ती करणी गरेको आरोप लगाएकी छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  २०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro