site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

 चोरीको अभियोगमा गत चैत २९ गते झापाको मेचीनगर–६ का १५ वर्षीय बालकलाई प्रहरीले पक्रेर हिरासतमा राखेको थियो । हिरासतमै ती बालक मृत अवस्थामा भेटिए । बालकले आत्महत्या गरेको दाबी इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी अधिकृतले गरेका छन् । तर, मृत बालकका अभिभावक र अधिकारकर्मीहरू भने बालकको मृत्यु प्रहरी यातनाबाट भएको ठान्छन् । मृत बालक दलित समुदायका भएकाले स्थानीय प्रहरी र राजनीतिक दलहरूले घटना सामसुम बनाउन खोजेको आरोप पनि अधिकारकर्मीले लगाएका छन् । यसैले घटनाको छानबिन राष्ट्रिय मानवअधिकार आयोगले पनि गर्न थालेको हुनुपर्छ । बालक दलित भएकाले बेवास्ता गरिएको आरोप सत्य हो भने यो अर्को आपत्तिको विषय हो ।

राज्यमा कानुन पालना गराउने पहिलो पंक्तिको संस्था प्रहरी नै हो । विडम्बना, संसारकै प्रहरी बेलाबखत गैरकानुनी क्रियाकलापमा संलग्न भएको समाचार प्रकाशमा आइरहेको हुन्छ । नेपाल प्रहरी पनि अपवाद बन्न सकेको छैन । कानुन पालना गराउन प्रहरीले धेरै काम गरेको हुन्छ । जटिल घटनाहरूको रहस्य सुल्झाएर अपराधीलाई कानुनको कठघरामा उभ्याएको हुन्छ । नेपाल प्रहरीले यसमा पनि अपवादमा पर्दैन । असम्भव प्रायः लाग्ने थुप्रै रहस्य सुल्झाएर नेपाल प्रहरीले अपराधीलाई सजाय दिलाउने सराहनीय काम गरेको छ । यसैले नेपाल प्रहरीप्रति जनताको अपेक्षा पनि बढी नै छ । तर, बेलाबखतमा सीमित प्रहरी कर्मचारीमा देखिने संवेदनहीनता, हेलचेक्य्राइँ र बदनियतसमेतले सिंगो संगठन नै बदनाम हुनपुग्छ । झापाका ती बालकको हिरासतमा मृत्यु भएको घटनालाई ढाकछोप गर्न खोज्दा नेपाल प्रहरी पुनः विवादमा तानिन सक्छ । बालकलाई वयस्क बन्दीसँगै हिरासतमा राख्नु नै गैरकानुनी हुन्छ । यसैले ती बालकले आत्महत्या नै गरेको भए पनि उनी गैरकानुनी हिरासतमा राखिएकाले सम्बन्धित प्रहरी कारबाहीको भागी हुन्छन् । 

ती बालकले हिरासतमा आत्महत्या गरेको प्रहरी दाबीलाई स्वीकार गर्दा पनि परिवारलाई थाहै नदिई शव परीक्षण गर्न पठाउनुमा बदनियत लुकेको सन्देह हुन्छ । घटनापश्चात प्रहरीले बालकलाई १९ वर्षको भारतीय नागरिक भनेर सञ्चार माध्यमलाई सूचना दिएको थियो । यसरी प्रहरीले मृत बालकको परिचय लुकाउनसमेत खोजेकाले हिरासतमा यातनाकै कारण मृत्यु भएको सन्देह बढेको हो । जेहोस्, यस विषयमा प्रहरी प्रधान कार्यालयले नै अग्रसरता देखाएर घटनाको यथार्थ सार्वजनिक गर्नु उचित हुनेछ । बालकको मृत्यु यातनाका कारण भएको हो भने पनि लुकाउन खोज्नुभन्दा दोषी प्रहरीलाई कानुनबमोजिम कारबाही गर्दा नै नेपाल प्रहरीको छवि विश्वसनीय हुनेछ । चर्को दबाब नपरी नजाग्ने प्रवृत्तिबाट हुने क्षति त नेपाल प्रहरीले निर्मला पन्तकै घटनामा अनुभव गरिसकेको हुनुपर्छ । यसैले झापाका बालकको सन्देहास्पद मृत्युलाई सामसुम पार्न भन्दा यथार्थ सार्वजनिक गरेर दोषीमाथि कानुनअनुसार कारबाही गर्नु नै नेपाल प्रहरीका लागि उत्तम विकल्प हुने देखिन्छ । प्रहरीले ढिलो नगरोस् !
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro