site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विप्लवले हिंसात्मक गतिविधिलाई राजनीतिक रङ दिनु गलत : मुख्यमन्त्री पोखरेल

दाङ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले विगतमा कांग्रेस, एमाले र माओवादी हतियारकै सहारामा स्थापित भएको गलत नजिर देखाएर विप्लवले हिंसात्मक गतिविधिलाई राजनीतिक रङ दिन नहुने बताएका छन ।

नेकपाको तुलसीपुर उपमहानगर कमिटीले अयोजना गरेको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले कांग्रेसदेखि माओवादीसम्मको क्रान्तिले गर्दा नै मुलुकले नयाँ संविधान पाएको तथा मुलुक समृद्धिको मार्गमा अघि बढेको हुँदा विप्लवले गर्ने भनिएको क्रान्तिको कुनै तुक नरहेको टिप्पणि गरे । नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री पोख्रेलले भने, "हिंसात्मक गतिविधि गर्ने समूह राजनीतिक हुनै सक्दैन् । त्यो हिंसात्मक समूह हो ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मुख्य मन्त्रीले जनताको बलबाट लेखिएको नयाँ संविधानलाई कार्यान्वय गर्ने बेलामा हिंसात्मक गतिविधि गर्ने छुट कसैलाई पनि नभएको बताए । नयाँ संविधान बनिसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्न सरकारलाई सहयोग गर्नुको साटो विप्लवले संविधान विरोधी गतिविधि गर्न हिंसाको सहारा लिनु गलत भएको बताए । 

मुख्यमन्त्री पोखरेलले विप्लव समूहको आन्दोलन एजेण्डाहीन र औचित्यहीन रहेको जिकिर गरे । उनले विप्लवकै कारण संविधान कार्यान्वयनमा चुनौती थपिएको धारणा राखे । जनताको दुई तिहाइ बहुमतले संविधानमा रहेका हरेक प्रश्नहरु सुल्झाउन सकिने अवस्था रहेको हुँदा संविधान विपरीत गतिविधि गर्ने अधिकार कसैलाई नरहेको बताए । 

कानुन व्यवसायीले आफ्ना पक्राउ परेका कार्यकर्ताहरुलाई छुटाउनका लागि बहस गर्नुहुन्छ भन्ने हेतुले बारको चुनावलाई मध्यनजर गरी बन्द फिर्ता लिइएको मुख्यमन्त्रीको आरोप थियो । 
एसइई परीक्षा सञ्चालन भईरहेको अवस्थामा कलिला विद्यार्थीभन्दा पनि विप्लवले बारको चुनावका लागि बन्द फिर्ता लिएको उनले जिकिर गरे ।

 
 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०७५  १७:२२
प्रतिक्रिया दिनुहोस्