site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एउटै गीतमा किन यति धेरै स्टारडम ?

काठमाडौं । गत वर्ष ५१ औं दिन मनाएको चलचित्र ‘जात्रा’को सिक्वेल निर्माण भइरहेको छ। चलचित्रका मुख्य कलाकार विपिन कार्की मोटरसाइकल दुर्घटनामा परेपछि छायांकनसँगै रिलिज डेट पर सारिएको चलचित्रले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गीत रिलिज गर्‍यो। ‘माया पिरिम’ बोलको गीतमा भव्‍य सेट देखिन्छ। चलचित्रका मुख्य कलाकार देखिन्छन्। त्यो सँगै अन्य कलाकार पनि देखिन्छन्।

भिडियोमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, रविन्द्र सिंह वानियाँ, रविन्द्र झा, वर्षा राउत, दयाहाङ राईलगायत कलाकारका अलावा अन्य कलाकार पनि छन्। सदाबहार नायिका करिष्मा मानन्धर र निर्देशक कथा कलाकार निश्चल बस्नेत उक्त भिडियोमा फिचर्ड छन्। नायिका सारालाई पनि भिडियोमा देख्न सकिन्छ। 

चलचित्रको टिजर अनुसार विपिन कार्की, रविन्द्रसिंह वानियाँ, रविन्द्र, झा, दयाहाङ राई चलचित्र भित्रैका कलाकार हुन्। वर्षा राउत सिक्वेल भएकाले स्वतः चलचित्रमा छिन्। तर भिडियोमा देखिएका करिष्मा मानन्धर, निश्चल बस्नेत र सारा कसरी ‘जात्रै जात्रा’मा आइपुगे?
 
‘जात्रै जात्रा’का कार्यकारी निर्मातासमेत रहेका रविन्द्रसिंह वानियाँ करिष्मा र निश्चल चलचित्रको कथाभित्रको कथा भएको बताउँछन्। ‘जात्रै जात्रा’लाई ‘जात्रा’को सिक्वेल मान्दा करिष्मा, निश्चल र सारा गीतमा किन देखिए भन्ने प्रश्न उठे पनि चलचित्रको कथाले उनीहरुलाई समेटेको वानियाँ बताउँछन्।
 
किन निश्चल, करिष्मा र सारा नै गीतमा आइपुगे? कार्यकारी निर्माता वानियाँ बाह्रखरीसँग भन्छन्, “चलचित्र पब्लिसिटीको टुलका रुपमा पनि उहाँहरुलाई राखिएको हो। कसलाई गीतमा राख्दा चलचित्रको हाइप बढ्छ त्यो हेरेर पनि हामीले करिष्मा, निश्चल र सारालाई लिएका हौं।”

चलचित्र ‘जात्रै जात्रा’लाई आम दर्शकसम्म पुर्‍याउन र यो चलचित्र पनि आउँदैछ भनेर सकेसम्म धेरै दर्शकलाई थाहा होस् भनेर निश्चल, करिष्मा र सारालाई समेटिएको निर्देशक प्रदीप भट्टराई बताउँछन्।
 
“जसको हाइप बजारमा राम्रो छ, उहाँहरुलाई समेटेका हौं। ‘जात्रा’ एक खालका दर्शकप्रति लक्षित थियो। त्योभन्दा पनि आम दर्शकप्रति लक्षित गर्दै हामीले यो गीत तयार पारेका हौं,” निर्देशक भट्टराई भन्छन्, “गीत हेरेर चलचित्र हेर्न जाऊँ भन्ने वातावरण बनाउने उदेश्यले यो गीत तयार भएको हो।”

चार दिन लगाएर खिचिएको भिडियो निर्माणमा ९० जना समेटिएको कार्यकारी निर्माता समेत रहेका वानियाँले बाताए। भिडियो तयार पार्न १६ लाख रुपैयाँ लगात लागेको उनको भनाइ छ। गीतमा मात्रै देखिएका कलाकारलाई प्रतिव्यक्ति डेढ लाखसम्म पारिश्रमिक दिएको उनले बताए। “पारिश्रमिक भन्दापनि कतिपय अवस्थामा आग्रह गरेपछि चिनजानको सम्बन्धका आधारमा पनि काम हुन्छ। यसमा पनि हामीले पारिश्रमिक भन्दापनि चिनजानको सम्बन्ध र साथीभाइका आधारमा काम गरेका छौं। प्रतिव्यक्ति डेढलाखसम्म पे गरेका छौं,” वानियाँले भने।  

मार्केटिङको माध्यमका रुपमा गीतमा समेटिएका कलाकारहरु चलचित्रमा हुने विवाह समारोहको पार्टीमा सेलिब्रिटी गेष्टको रुपमा आएका हुन्। “विवाह पार्टीमा गेष्ट बोलाउनै पर्थ्यो। त्यसैले केही खर्च गरेर हाइप बनाउने व्यक्ति नै किन नराख्ने भनेर हामीले निश्चल र करिष्मालाई पार्टीमा सेलिब्रिटी गेष्टका रुपमा बोलाएका हौँ,” निर्देशक भट्टराई भन्छन्। 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro