site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीसमक्ष नाट्य विश्वविद्यालयको माग 
SkywellSkywell

काठमाडौं । नाट्यकर्मीहरुले नेपालमा नाट्य विश्वविद्यालयको माग गरेका छन् । नाटक विधाको अध्ययनका लागि नेपालमा नाट्य विश्वविद्यालय खोल्न नाट्यकर्मीको सरकारसँग आग्रह छ । 

सोमबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’मा महोत्सवका निर्देशक तथा नाट्यकर्मी राजन खतिवडाले नेपालमा पनि अभिनय विधाको अध्यननका लागि नाट्य विश्वविद्यालयको खाँचो औंल्याएका हुन् । उनले निजी क्षेत्रबाट नाट्य विधाको विकास र विस्तारको प्रयास भइरहे पनि त्यो पर्याप्त नभएको बताए । सरकारले कला साहित्यको विकास र विस्तारका चासो देखाउनु पर्ने खतिवडाको भनाइ छ । 

नेपालमा नाट्यकर्मीहरुले नेपाली रंगमञ्चको कथा र शैली भन्न खोजीरहेको भन्दै उनले भने, “हामी समाजबाट टाढा रहेर नाटकको साधनामा रम्न सक्तैनौं ।”

KFC Island Ad
NIC Asia

\"\"

नेपालमा नाटकको अध्ययन संस्कृति र अवसर नरहेको भन्दै महोत्सव निर्देशक खतिवडाले अभ्यासकै भरमा आजको अवस्थासम्म आइपुगेको बताए । स्रोत साधनको अभावमा नेपाली नाट्य क्षेत्र अगाडि बढीरहेको भन्दै उनले यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए । 

Royal Enfield Island Ad

देशभर नाट्यकर्मीहरुले आफ्नै स्रोत र साधनमा नाटकघर बनाउने र नाट्य गतिबिधि गर्दै आएको भन्दै खतिवडाले यस्ता नाट्यघर नेपाली कला, साहित्य र संस्कृतिको उजागर गर्न प्रत्येक नगरनगरमा आवश्यकता औंल्याए । 

“हामीले सीमित स्रोतसाधनबाट गरेको प्रयासले मात्रै नेपाली रङ्गमञ्च समृद्ध हुँदैन । हरेक नगरमा नाट्यघर आवश्यक छ । आशा गरौं भविश्यमा यो देशमा नाट्य विद्यालय बनोस् । जहाँ मेरो हुर्कदैं गरेको वालकले आफ्नो स्कुलको पढाई सकिन वित्तिकै नाटक विद्यालय जोइन गर्न पाओस् । जुन मैले मेरो जीवनमा कहिले पनि पाइन । मैले मेरो बाको हात समातेर नाट्य विद्यालय जान पाइन । म त्यो सपना देख्छु जो मेरा अग्रजहरुले पनि देख्नु भएको हो । र अहिले मेरा धेरै समकक्षी साथीहरुले अहिले पनि देखिरहनु भएको छ ।”

\"\"

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नाट्य क्षेत्रका लागि सरकारले बजेट छुट्याउने र नाटकघर निर्माणका लागि जग्गा पनि उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । यसका लागि सरकारले छलफल थालिसकेको प्रधानमन्त्री ओलीले जानकारी दिए । 
नाटक मनोरञ्जन मात्रै नभएको भन्दै उनले भने, “नाटक व्यक्तिको प्रतिभाको साधना पनि हो । मानसिक रुपमा आफूलाई अब्बल बनाउँदै समाज रुपान्तरण गर्ने माध्यम मध्यमको एक विशिष्ट माध्यम पनि हो ।”

उनले नाट्यकर्मीहरुबीच पनि विशिष्ट एकताको खाँचो रहेको भन्दै एकताले नेपाली रङ्गमञ्चको अभ्यासलाई थप फराकिलो पार्ने उनको भनाइ छ । महोत्सव उद्घाटन गर्दै उनले भने, “नाट्य क्षेत्रका लागि स्थान र अनय सुविधामा सरकारले के कस्तो सहयोग गर्छ त्यस सम्बन्धमा सरकारी तवरमा हामीले विचार विमर्श प्रारम्भ गरेका छौं ।”

\"\"

काठमाडौंका सातवटा नाट्य समूहले संयुक्त रुपमा आयोजना गरेको महोत्सवमा विभिन्न नाटक प्रदर्शन गर्नुका साथै समूहगत छलफल पनि आयोजना गरिएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५  ०८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro