site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली क्रिकेट टोलीमा युवा खेलाडीले देखाएको आशा
SkywellSkywell

काठमाडौं । यूनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले खेलेको यो दोस्रो शृंखला हो । त्यसैले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोली र खेलाडीको प्रदर्शनमा कीर्तिमान बन्नु स्वभाविक हो । त्यसका बाबजुद यूएईमा यूवा खेलाडीले गरेको प्रदर्शनले नेपाली क्रिकेट टोलीको भविष्य पनि राम्रो रहेको संकेत गरेको छ । 

ट्वान्टी–२० र एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपालको १६ सदस्सीय टोली यूएई गएको थियो । १६ मध्ये चार खेलाडीले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मीबाहेक टोलीमा प्राय सबै यूवा खेलाडी थिए । यसले नेपाली क्रिकेट अब विस्तारै नयाँ पूस्ताको हातमा जादैछ भनेर पनि देखाएको छ । 

पूस्ता हस्तान्तरणतर्फ उन्मुख रहेको यस्तो महत्वपूर्ण अवस्थामा यूवा पूस्ताले यूएईमा आफुलाई प्रमाणित गर्नु नेपाली क्रिकेटको सबैभन्दा सुखद पक्ष हो । दुबई यात्राको पहिलो खेल बिर्सनलायक बन्यो । फितलो ब्याटिङका कारण नेपाल पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ३ विकेटले पराजित भयो । तर, त्यसपछि खेलका नेपालले उत्कृष्ट पूनरागमन गर्दै ऐतिहासिक सफलता हात पा¥यो । प्राय सबै खेलमा यूवा खेलाडीको भुमिका महत्वपूर्ण रह्यो । 

KFC Island Ad
NIC Asia

दोस्रो एकदिवसीयमा रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले यूएईलाई सम्मानजनक लक्ष्य दिन सफल भएको थियो । ५५ रनको योगदान गरेका रोहितकुमार पौडेलले सचिन तेन्डुलकर र साहिद अफ्रिदीको नाममा रहेको कीर्तिमान तोड्न सफल भए । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक पूरा गर्ने सबैभन्दा कान्छा खेलाडी बने । त्यस्तै पारस खड्कापछि नेपाली टोलीको कप्तानी सम्हाल्ने सम्भावित खेलाडीको सूचीमा रहेका सोमपाल कामी एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा एकै इनिङमा पाँच विकेट लिने पहिलो नेपाली खेलाडी बने । कप्तान पारस शतक बनाउने पहिलो नेपाली खेलाडी बन्दा सन्दीप जोरा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खोलडी बने । 

पहिलो पटक टोलीमा पर्न सफल चार नयाँ अनुहारमध्ये तीन खेलाडीले डेब्यू गरे । अभिनास बोहरा, सन्दीप जोरा र पवन सर्राफले राष्ट्रिय टोलीमा डेब्यू गर्दा यूएईविरुद्ध भिम सार्की भने बेन्चमै सिमित रहे । खेलेका मध्ये पवनको प्रदर्शन अपेक्षाकृत हुन नसके पनि अभिनास र सन्दीपले आफुलाई प्रमाणित गरेका छन् ।  अभिनासले तीन ट्वान्टी–२० खेलमा महत्वपूर्ण ५ विकेट लिए । पहिलो खेलमा १, दोस्रो खेलमा ३ तथा तेस्रो खेलमा २ विकेट लिएका अभिनास ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा ‘प्लेयर अफ दी सिरिज’ घोषित भए । सन्दीप जोराले पहिलो ट्वान्टी–२० खेलमा अविजित ५३ रन बनाए । उनी ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी पनि बने । सान्दीपले एकदिवसीय र ट्वान्टी–२० गरी चार खेलमा १ सय १ रन बनाए । पवन सर्राफ भने यस शृंखलामा फ्लपजस्तै रहे । 

Royal Enfield Island Ad

यूवा खेलाडीको प्रदर्शनका कारण सधै कमजोर देखिने नेपालको ब्याटिङ यूएईमा सुधारिएको हो की भन्ने देखिएको छ । यसअघि नेपाली ब्याटिङ प्रायजसो कप्तान पारस खड्का, शरद भेषावकर र ज्ञानेन्द्र मल्लको वरिवरि अडिएको हुन्थ्यो । तर, यस भ्रमणमा नेपाली टोली त्यो मानसिकताबाट बाहिर आएको देखिन्छ ।

गत मार्चमा जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट २०१८ मा स्कटल्यान्ड, नेपाल र युएईले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले नेदरल्यान्ड्ससँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । जुन १–१ को बराबरीमा टुंगिएको थियो । त्यसपछि नेपालले युएईविरुद्ध खेलेको हो । 

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको लगभग एक वर्ष सकिन लागेको छ । अब नेपालसँग ३ वर्षमात्र बाँकी हुन्छ । यस्तो अवस्थामा नेपालले सक्दो धेरै खेल खेल्नु आवश्यक छ । जति धेरै खेल खेल्यो त्यति नै नयाँ खेलाडीले मौका पाउने र टोली भित्र पर्नका लागि प्रतिस्पर्धा बढ्दै जाने संकेत यूएई भ्रमणले दिएको छ । 

सरकारी निकाय यही एउटा सफलता दंग परेर बस्नुभन्दा जतिसक्दो चाडो नेपाल क्रिकेट संघ (क्यान) विवाद सल्टाएर नेपाली क्रिकेटलाई दिर्घकालिन निकास दिनतर्फ केन्द्रित हुनुपर्छ । क्यान विवाद लम्बियो र नेपाली क्रिकेटले दिर्घकालिन निकास पाएन भने नेपालको यो सफलता पानीको फोकाजस्तै हुने निश्चत छ । 

यूएईमा ऐतिहासिक सफलता हासिल गर्नुका बाबजुद नेपाली क्रिकेट टोलीको ओपनिङ समस्या भने अझै सुल्झिन सकेको छैन । नेपाली टोलीले लामो समयदेखी ब्याटिङतर्फ ओपनिङ जोडीमा धेरै प्रयोग गरिसकेको छ । तर अहिलेसम्म सफलता हात परेको छैन । मध्यक्रमका ज्ञानेन्द्र मल्लले ओपनिङमा आफ्नो स्थान सुरक्षित गरे पनि उनले भरपर्दो जोडी भेट्टाउन सकेका छैनन् । यूएई भ्रमणमा एकदिवसीयमा ज्ञानेन्द्रलाई साथ दिएका विनोद भन्डारी पूर्ण असफल जस्तै बने । उनले तीन खेलमा ३५ रन मात्र जोड्न सके । 

ट्वान्टी–२०मा कप्तान पारस खड्का आफै प्रदीप ऐरीसँग नयाँ बल खेल्न आए । तर प्रदीप ऐरी पनि सफल भएनन् । दूई खेलमा मौका पाएका प्रदीपले ८ रन मात्र जोड्न सके । अन्तिम खेलमा पवन सर्राफले मौका पाए । उनी पनि रनको खाताको नखोली पवेलियन फर्किए । त्यसैले नेपाली टोलीलाई अझै ओपनिङ जोडीको समस्या टाउको दुखाई बनेको छ ।

यूएई भ्रमणमा मध्यक्रममा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीको प्रदर्शन पनि अपेक्षाकृत हुन सकेन । उनले दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा अवितिज ४७ रन बनाए पनि बाँकी खेलमा दोहोरो अंकमा रन बनाउनका लागि संघर्ष गर्नु प¥यो । दीपेन्द्रसिंह पनि पारसपछि कप्तानी पाउने खेलाडीको सूचीमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०७५  ०७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro