site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलालाई फर्केर हेर्दा...
SkywellSkywell

काठमाडौं । यूएई भ्रमणमा रहेको नेपालले ऐतिहासिक विजय हासिल गरेका छ । तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम तथा निर्णायक खेलमा नेपालले ४ विकेटको नतिजा निकाल्दै ऐतिहासिक विजय हासिल गरेको हो ।

गत मार्चमा जिम्बाब्वेमा सम्पन्न आईसीसी विश्वकप छनोट प्रतियोगितामापछि स्कटल्यान्ड, नेपाल र युएईले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले नेदरल्यान्ड्ससँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । जुन १–१ को बराबरीमा टुंगिएको थियो ।

दुबईमा नेपालको पहिलो खेल बिर्सनलायक रह्यो । फितलो ब्याटिङले निरन्तरता पाउँदा नेपालले घरेलु टोलीलाई ३ विकेटको नतिजा सुम्पियो । तर बाँकी खेलमा नेपालले उत्कृष्ट पूनरागमन गर्दै शृंखलामा कब्जा जमायो । दोस्रो खेलमा १ सय ४५ रनको नतिजा निकालेको नेपालले निर्णायक अन्तिम खेलमा ४ विकेटको नतिजा निकाल्यो ।

KFC Island Ad
NIC Asia

यूएईविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलालाई फर्केर हेर्दा,
रोहितकुमार पौडेलको विश्व कीर्तिमान

पहिलो खेलमा टोलीमा नपरेका रोहितकुमार पौडेललाई दोस्रो खेलमा मौका दिइएको थियो । त्यही खेलमा रोहितकुमारले आफुलाई प्रमाणित गरे । ५१ बलमा अर्धशतक पूरा गरेका उनले ५८ बलमा ५५ रन बनाए । यससँगै उनी एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडी बने । उनले सचिन तेन्डुलकर र साहिद अफ्रिदीलाई पछि पारेका थिए । रोहितकुमारले १६ वर्ष १४६ दिनमा अर्शशतक पूरा गर्दै कीर्तिमान बनाएका हुन् । यसअघि टेस्ट क्रिकेटमा सचिन तेन्डुलकरले पाकिस्तानविरुद्ध १६ वर्ष २१३ दिनमा ५९ रन बनाएका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा भने अफ्रिदीले श्रीलंकाविरुद्ध १६ वर्ष २१७ दिनको उमेरमा शतक पूरा गरेका थिए । 

Royal Enfield Island Ad

पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा पारसको  शतक

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका पारसले १ सय ९ बलमा १५ चौका र १ छक्का हान्दै १ सय १५ रन बनाए । पारसले ३४.३ ओभरमा इमरान हैदरको बलमा चौका हान्दै शतक पूरा गरेका हुन् । उनले शतक पूरा गर्ने क्रममा ९६ बलमा १३ चौका र १ छक्का हाने । पारसले यसअघि नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक पूरा गरेका थिए । पारसले लिस्ट ‘ए’ क्रिकेटमा पनि दुई शतक पूरा गरिसकेका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सोमपालको पाँच विकेट

यूएईविरुद्धको दोस्रो खेलमा नेपालका बलिङ अलराउन्डर सोमपाल कामीले ५ विकेट लिए । यससँगै उनी एकदिवसीइ अन्तर्राष्ट्रियमा क्रिकेटको एकै इनिङमा पाँच विकेट लिने पहिलो खेलाडी बनेका छन् । ६.३ ओभर बलिङ गरेका सोमपालले १ मेडन राख्दै ३३ रन दिएर ५ विकेट लिएका थिए । उनले यस शृंखलामा ७ विकेट लिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू 

राष्ट्रिय टोलीमा पहिलो पटक टोलीमा परेका पवन सर्राफ र सन्दीप जोराले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन् । नेपालले यूएई भ्रमणमा अविनास बोहरा, भिम सार्की पवन सर्राफ र सन्दीप जोरालाई पहिलो पटक टोलीमा समावेश गरेको थियो । पवन र सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरे पनि भिम र अविनासले डेब्यूका लागि अझै कुर्नु पर्ने भएको छ । त्यस्ते विनोद भन्डारी र ललितनारायण राजवंशीले पनि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन् । 
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने

पारस खड्का ११५ रन, यूएईविरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउनेहरु

ज्ञानेन्द्र मल्ल ५१, नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय 

पारस खड्का ५१, नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय

सोमपाल कामी ६१, नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय

रोहितकुमार पौडेल ५५, यूएईविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एकै इनिङमा ३ वा ३ भन्दा धेरै विकेट लिनेहरु

सोमपाल कामी, ५ विकेट, यूएईविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय

सन्दीप लामिछाने, ४ विकेट, यूएईविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय

पारस खड्का, ४ विकेट, नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय

सोमपाल कामी, ३ विकेट, नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय

सन्दीप लामिछाने, ३ विकेट, नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय

तस्बिर–कप्तान पारस खड्काको ट्विटरबाट

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १५, २०७५  ०७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro