site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दोस्रो खेलको लयलाई निरन्तरता दिन्छौं : कप्तान पारस
SkywellSkywell

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा १ सय ४५ रनको सहज जित निकालेको थियो । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले निर्णायक तेस्रो खेलमा पनि सोही लयलाई निरन्तरता दिन प्रयास गर्ने बताएका छन् । 

पहिलो खेलमा कमजोर ब्याटिङका कारण यूएईलाई ३ विकेटको नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा १ सय ४५ रनको सहज विजय हासिल गरेको थियो । नेपालले यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल सोमबार दुबईस्थित आईसीसी एकेडेमी ओभलमा खेल्नेछ । 

“शनिबार हामी राम्रो नतिजा निकाल्न सफल भयौं । तर सोमबार नयाँ दिन हो । नयाँ खेल हो । त्यसैले यूएईले पनि पूनरागमनका लागि सक्दो प्रयास गर्नेछ । त्यसैले हामी सकरात्मक क्रिकेट खेल्नेछौं । जुन लयमा खेलिरहेका छौं त्यसलाई निरन्तरता दिने प्रयास गर्नेछौं,” क्रिकेटिङ नेपालसँगको कुराकानीमा नेपालका कप्तान पारस खड्काले भने, “हिजो हामीले राम्रो नतिजा निकाल्यौं भनेर त्यसमा रमाएर बस्ने अवस्था छैन । राम्रो क्रिकेट खेल्नुपर्छ । शृंखला जित्नका लागि भोली एकपटक फाइनल पन्च दिनुपर्छ ।”

KFC Island Ad
NIC Asia

लामो समयदेखी नेपालले ब्याटिङमा समस्या झेल्दै आएको थियो । त्यसैले पहिलो खेलमा नेपालले ब्याटिङ लाइनअफमा केही परिवर्तन गरेको थियो । मध्यक्रममा खेल्ने विनोद भण्डारीलाई ओपनिङ गराएको थियो भने बलिङ अलराउन्डर सोमपाल कामीलाई ‘टु डाउन’मा ब्याटिङ गराएको थियो ।तर नेपालको त्यो रणनीति प्रभावकारी भएन । नेपाल ३ विकेटले पराजित भयो । दोस्रो खेलमा विनोदलाई ओपनरमै खेलाए पनि सोमपाललाई तल्लो क्रममा खेलाएको थियो भने थप एक ब्याट्म्यान थपेको थियो । बसन्त रेग्मीको स्थानमा रोहितकुमार पौडेललाई टोलीमा स्थान दिएको थियो । 

उनै रोहितकुमारले ५५ रन बनाउँदै आरिफ शेखसँग छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक स्कोर बनाउन सफल भएको थियो । ओपनर ज्ञानेन्द्र मल्ल र विनोद भन्डारीले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै त्यसको जग हालेका थिए । ब्याट्सम्यानको प्रदर्शनमा सोमपाल (५ विकेट) र सन्दीप लामिछाने (४ विकेट)ले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि नेपाल सहज जित निकाल्न सफल भएको थियो । 

Royal Enfield Island Ad

सोमबार हुने तेस्रो खेलमा पनि दोस्रो खेलकै टोलीलाई निरन्तरता दिने हो भन्ने प्रश्नमा पारसले भने, “त्यो अहिल्यै केही भन्न सकिँदैन । भोलि बिहानको पिचको अवस्था कस्तो हुन्छ, त्यसले टोलीको निर्धारण गर्छ । राम्रो नतिजाका लागि एकरुपको प्रदर्शनलाई निरन्तरता दिन आवश्यक छ । हामी राम्रो क्रिकेट खेलेर जसरी हुन्छ जित्ने प्रयास गर्नेछौं ।”

आइतबार रोहितकुमार सबैभन्दा कम उमेरमा अर्धशतक पूरा गर्ने कीर्तिमान बनाएका छन् । भने सोमपाल कामी एकदिवसीय अन्तर्राष्ट्रियमा पाँच विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । कप्तान पारसले नेपालमा प्रतिभावान खेलाडी भए पनि मौका नपाएको बताए । 

“नेपालमा धेरै प्रतिभावान खेलाडी छन् । तर उनीहरुसँग आफ्नो क्षमता देखाउने माध्यम पाएका थिएनन्,” दी नेशनलसँगको कुराकानीमा पारसले भने, “तर नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएकाले अब त्यो मौका पनि जुरेको छ । आशा छ, खेलाडीसँगै टिमले पनि राम्रो गर्दै जानेछ ।”

यूएईका प्रशिक्षक डोउगी ब्राउनले तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय जित्नका लागि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्नुपर्ने बताएका छन् । पहिलो खेल तीन विकेटले जिते पनि १ सय १४ रनको लक्ष्य पूरा गर्नेक्रममा यूएईले ७३ रन जोड्दा ७ विकेट गुमाइसकेको थियो । दोस्रो खेलमा २ सय ४३ रनको लक्ष्य पछ्याएको घरेलु टोली यूएईले ९७ रन जोड्दा सबै विकेट गुमाएको थियो ।

“हामीले अभ्यास गर्दा जस्तौ खेलिरहेका छौं, खेलमा त्यस्तो प्रदर्शन गर्न सकेका छैनौं । अभ्यासमा केटाहरुले राम्रो ब्याटिङ गरिरहेका छन् । तर त्यसलाई खेलमा लागु गर्न सकेका छैनन् ।  सम्वेदनशिल भएर ब्याटिङ नगरेपछि यस्तो अवस्था आउछ,” नेपालले आइतबार गरेको प्रदर्शनबारे दी नेशनलसँग यूएईका प्रशिक्षक ब्राउनले भने, “हामी अभ्यासमा खेलेजस्तो उनीहरुले त्यस्तै खेलेका छन् । धैर्यता देखाएका छन् । दबाब चिरेर खेलेका छन् । त्यसैले उनीहरु सफल भए । मलाई थाहा छ, हामी पनि त्यस्तो खेल्न सक्षम छौं । तर हामीले धैर्य भएर खेल्नु पर्छ । अभ्यसमा जसरी खेलेका छौं त्यसलाई खेलमा उतार्न सक्नुपर्छ ।”

यूएईका मुख्य ब्याट्सम्यान मध्येका कप्तान रोहन मुस्तफा र रामीज शाहजद निलम्बनमा छन् । पाकिस्तानमा सम्पन्न इमर्जिङ टिम्स एसिया कपमा व्यवस्थापन राम्रो नभएको प्रतिकृया दिएका कारण यूएई क्रिकेट बोर्डले कप्तान मुस्तफासहित दुई सिनियर खेलाडी अहमद राजा र रामीज शाहजदलाई ८ हप्ताका लागि निलम्बन गरेको थियो ।
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०७५  ०८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro