site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लिगले असाधारण खेलाडी दिएन: खड्का
SkywellSkywell

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्षको सहिद स्मारक ‘ए’ डिभिजन लिगलाई वार्मअप लिग भनेर घोषणा गरेको थियो । एन्फाले भनेजस्तै मंगलबार साबिक विजेता मनाङ मस्र्याङ्दी क्लबले उपाधि रक्षा गर्दै सकिएको लिगले ‘वार्मअप’भन्दा माथिल्लो स्तरमा फुटबल प्रेमीको ध्यान तान्न सकेन ।

९१ खेल भएको लिगमा २.५ को औसतमा २ सय २८ गोल भए । लिगमा तीन खेलाडीले सबैभन्दा धेरै ७ गोल गरे । तर, यो लिगको ९१ खेलमा एउटै पनि ह्याट्रिक भएन । समान सात गोल गर्ने थ्री स्टारका रक्षक रञ्जित धिमाल उत्कृष्ट रक्षक बन्दा त्रिभुवन आर्मी क्लबका भरत खवास उत्कृष्ट फरवार्ड बने । फरवार्ड र रक्षकको समान गोलले नै लिगमा फरवार्डहरुको अवस्था देखाउँछ । नेपाली राष्ट्रिय टोलीका पूर्व फरवार्ड हरी खड्का यो लिगले नेपाली फुटबललाई असाधारण खेलाडी दिन नसकेको बताउँछन् ।

KFC Island Ad
NIC Asia

“लिगमा फरवार्डले धेरै गोल गर्न नसक्नुलाई दुई पाटोबाट हेर्न सकिन्छ । फरवार्डको स्तर खस्किएको भन्दा पनि हुन्छ । रक्षकहरुले राम्रो प्रदर्शन गरेको भन्न पनि सकिन्छ । तर, यो लिगले नेपाली फुटबललाई ‘एक्स्ट्रा अर्डिनरी’ खेलाडी दिनै सकेन,” लिगमा धेरै गोल गर्न नभएको बारे महिला राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका खड्काले थपे, “नेपाली खेलाडीभन्दा विदेशी खेलाडीको प्रदर्शन राम्रो रह्यो । विपक्षीको पेनाल्टी बक्समा नेपाली फरवार्डको मनोबल एकदम कमजोर देखियो ।”

एन्फाले वार्मअप भन्दै लिगको मर्म रेलिगेशनको प्रावधान हटाएर लिग गराउने निर्णय गर्यो । त्यसको असर प्रत्यक्ष रुपमा क्लबहरुको प्रदर्शनमा देखियो । शीर्ष क्लबरुले खेलाडी राम्रा खेलाडी तान्न कसरत गरे पनि अन्य क्लबहरुले त्यसमा जोश देखाएनन् । साना क्लबका प्रशिक्षकहरुले सार्वजनिक रुपमै त्यसको संकेत दिए । रेलिगेशनको प्रावधान हटाउँदा लिगको नतिजामा असर परेको हो त ? “रेलिगेशन नहुँदा लिगका अन्य पाटोमा केही असर त गर्यो होला, त्यो अर्को पाटो भयो । तर गोल धेरै नहुनुको मुख्य कारण विपक्षी पेनाल्टी बक्समा फरवार्डको मनोबल कमजोर हुनु हो,” नेपाली राष्ट्रिय टोलीका लागि कीर्तिमानी १३ गोलमा निराजन रायामाझीसँग साझेदारी गरेका खड्काले भने ।

Royal Enfield Island Ad

पछिल्लो पटक २०७० मा ‘ए’ डिभिजन लिग हुँदा सबैभन्दा धेरै कर्ण लिम्बुले ११ गोल गरेका थिए । त्यतिबेला भएका ८७ खेलमा २.५७ को औसतमा २ सय २४ गोल भएका थिए । १३ क्लब सहभागी २०७० को लिगमा सन्तोष साउखल र योना इलियोसले समान ९ गोल गरेका थिए भने भोला सिलवाल, अनिल गुरुङ र दीपक राईले समान ७ गोल गरे । अफिज ओलावाले, भरत शाह, पिउस हेनरी र सेगुन एकिनाडे ६ गोल गरेका थिए ।

२०७० पछि आन्तरिक खिचातानीका कारण एन्फाले ‘ए’ डिभिजन लिग गर्न सकेन । बीचमा नेशनल लिगका नाममा प्रतियोगिता नभएको होइन तर त्यो पनि एक सिजनभन्दा बढि टिकेन । लामो समय लिग नहुँदा खेलाडीको स्तर खस्किएको थ्री स्टारका प्रशिक्षक मेघराज केसी बताउँछन् ।

“४÷५ वर्षपछि लिग भएको छ । यो बीचमा ५०, ६० जना खेलाडीले मात्र फुटबल खेले । नयाँ खेलाडी आउन नै पाएनन् । नियमित खेल नहुँदा खेलाडीको स्तर खस्किएको देखियो,” तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थ्री स्टारका प्रशिक्षक केसीले भने, “पहिले नियमित खेल हुन्थ्यो । त्यसैले त्यो बेला खेलाडीहरु लयमा थिए । हुन त अहिले विश्व फुटबलमा खेल्ने शैली बदलिएको छ । पहिले आक्रमक फुटबल हुन्थ्यो । अहिले पहिला आफूले गोल नखानेमा केन्द्रित हुन्छ । त्यसैले क्लबहरुले रक्षापंक्तिमा ध्यान दिएर पनि होला, गोल धेरै भएनन् । तर नियमित खेल नहुँदा खेलाडीको स्तर खस्किएको चाँही पक्का हो ।” 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  ०८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro