site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भलादमीको खेलमात्र रहेन क्रिकेट
SkywellSkywell

काठमाडौं । नेपालमा सञ्चालित फ्रेन्चाइज ट्वान्टी–२० लिगहरुमा बाउन्ड्रीभित्रको रोमाञ्चकता जति बढ्दो छ, बाउन्ड्री बाहिर रस्साकस्सी पनि त्यति नै चुलिँदो छ । पछिल्लो पटक सम्पन्न एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा बाउन्ड्रीबाहिरका विवादले ‘भलादमीको खेल’को छवि धरापमा पारेको छ ।

ईपीएल च्याम्पियन ललितपुर प्याट्रियोट्सका कप्तान ज्ञानेन्द्र मल्लले पहिलो क्वालिफायर खेलपछि दिएको अभिव्यक्तिदेखि राष्ट्रिय टोलीका कप्तान पारस खड्काको आक्रोश, सुरक्षाकर्मीको ज्यादतिदेखि फ्रेन्चाइज टिम मालिकका असन्तुष्टि, विदेशी खेलाडी अनुबन्धनको अपारदर्शितादेखि स्वार्थ बाझिने थुप्रै क्रियाकलापले कीर्तिपुरमा दुई सातासम्म चलेको क्रिकेट भदालमीको मात्र खेल रहेन । 

व्यापारिक प्रयोजनमा गरिएको प्रतियोगिताबाट पक्कै नेपाली क्रिकेटलाई फाइदा पुग्यो, त्यसमा दुई मत छैन । नेपालीका स्थानीय खेलाडीले स्तरीय विदेशीसँग प्रतिस्पर्धाको अनुभव बटुल्न पाए । दर्शकको घुइँचोले नेपाल क्रिकेट संघ (क्यान) नै प्रतिबन्धमा रहेका बेला पनि देशभित्र क्रिकेटको संस्कार जोगाइराख्यो । तर क्रिकेटका आधारभूत मान्यता, देशको कानुन पालना तथा व्यवस्थापनको ‘रुखोपना’ लगायतका विषयले निजी क्षेत्रबाट हुने प्रतियोगिताको नियतमै प्रश्न उठ्न थालेको छ । 

KFC Island Ad
NIC Asia

फ्रेन्चाइज टिमका लागि १ करोड रुपैयाँभन्दा बढी खर्च गरेका एक क्लबका ‘मालिक’ले आयोजकका तर्फबाट पारदर्शिता नअपनाइएको गुनासो गरे । फ्रेन्चाइज टिम र प्रतियोतिगाको प्रायोजक एकै हुँदा स्वार्थ बाझिएको (कन्फ्लिक्ट अफ इन्ट्रेष्ट) भएको बताउँदै उनले थपे, ‘यहाँ आयोजकले मनपरी गरेको छ । फ्रेन्चाइजी आफैं प्रतियोगिताको प्रायोजक बनेको छ । प्रायोजक हेरेर ब्रान्डिङ गर्न दिइएको छ । टिभी राइटबाट कति पैसा आयो, दर्शकबाट कति हो, कुनै पनि कुरा खुलाइएको छैन । गतवर्षको तुलनामा प्रायोजक दोब्बर भन्दा बढी देखिन्छ । तर पुरस्कार र टिमले पाउने सुविधा झनै घटाइएको छ । नयाँ दिल्लीबाट व्यावसायिकका नाममा एउटा समूह ल्याएर तिनीहरुलाई पूरा प्रतियोगिता जिम्मा लगाएको छ । खेलाडी, टिम, पत्रकार, मालिक सबैलाई अपमानजनक व्यवहार भएको छ ।’

\"\"ललितपुरका मालिक किशोर महर्जन हुन् भने काठमाडौं किंग्स–११ को स्वामित्व रोहित गुप्ताको नाममा छ । विराटनगर वारियर्समा विशाल ग्रुपका विशाल अग्रवाल मालिक हुन् भने भैरहवा ग्लाडिएटर्समा आदित्य सांघाई मालिक हुन् । पोखरा राइनोजका मालिक शंकर ग्रुपका शाहिल अग्रवाल हुन् । त्यस्तै चितवन टाइगर्सका मालिक किशोर भट्टराई हुन् । शंकर ग्रुपअन्तर्गत जगदम्बा मोटर्सको टिभिएस बाइक नै प्रतियोगिताको मुख्य प्रायोजक पनि हो । प्रतियोगिताको नाम नै टिभिएस ईपिएल थियो । विराटनगर वारियर्सको नेतृत्व गरेका राष्ट्रिय टोलीका कप्तान पारस तथा उपकप्तान ज्ञानेन्द्रको भनाइले पनि ती मालिकको भावना बोक्छ । 

Royal Enfield Island Ad

“प्रतियोगिताबारे नकारात्मक धेरै कुरा सुन्नमा आएको छ, यो भएन त्यो भएन भनेर । मैदानभित्र भएको खेलका हिसाबले यो नेपालकै सबैभन्दा ठूलो प्रतियोगिता हो । यसमा शंका छैन । खेलाडीको सहभागिता र प्रतिस्पर्धा पनि यो पटक राम्रो भयो । यति ठूलो प्रतियोगितामा पुरस्कार राशी अझै धरै बनाउन सकिन्थ्यो । त्यसबाहेक पनि अन्य पुरस्कारबाट खेलाडीलाई पुरस्कृत गर्ने ठाउँहरु थिए । गत वर्षको अक्सनबाट खेलाडीको म्याच फि तोकिएको थियो र अर्को वर्ष अक्सनको मूल्यमा १० प्रतिशत बढाएर खेलाडीलाई दिने भनिएको थियो । नेपालमा अहिलेको अवस्थामा खेलाडी पहिलो प्राथमिकता हो । फ्रेन्चाइज टोलीहरूले खेलाडीलाई त्यसअनुसार रकम दिनुभयो कि भएन, थाहा भएन,” राष्ट्रिय टोलीका कप्तान पारसले प्रतियोगिताको फाइनललगत्तै त्रिवि त्रिकेट मैदानमा गुनासो पोखे, “मेरो परिवार र हाम्रो प्रशिक्षकसँग व्यवस्थापनको असमझदारीबारे यति धेरै अफवाह फैलाइयो । त्यो सुन्दा निकै नरमाइलो लाग्यो । मेरो हकमा कीर्तिपुर मैदान १५ वर्षदेखिको कर्मभूमि हो । मेरा लागि कोही नआउँदा मेरो परिवार खेल हेर्न आउनुहुन्थ्यो । जे भयो त्यो राम्रो भएन । व्यक्ति भन्दा माथि उठेर सोच्नुपर्छ । यो हामी सबै खेलाडी, टिम मालिक, प्रशिक्षकको साझा समस्या हो । उहाँहरूले पनि महसुस गर्नुभएको छ । कसले के गर्यो, कसले के गरेन भन्दा पनि मैदानभित्र यस प्रतियोगिता नेपाली क्रिकेटको कोसेढुंगा बनेको छ । मैदानबाहिर पनि अझै सुधार गर्न सकिन्थ्यो ।”

ललितपुरका कप्तान ज्ञानेन्द्रले पनि प्रतियोगिताका व्यवस्थापनप्रति गुनासो गर्दै भनेका थिए, “आफूलाई त रोबोटजस्तो महसुस गरेको छु । यहाँ जान हुन्छ, त्यता जान हुँदैन । हुन त प्रतियोगिताको स्तर बढाउने कोसिस गरिएको होला । तर जो ग्राउन्डमा सहभागी हुन गएको छ, उहाँहरु अलि भद्र रुपमा प्रस्तुत भैदिनु भयो भने राम्रो हुन्थ्यो ।”

\"\"त्यसो त अम्पायरको निर्णयमाथि सार्वजनिक रुपमा क्रिकेटमा बोल्न पाइन्न । ज्ञानेन्द्रले पहिलो क्वालिफायरपछि अम्पायरको निर्णयप्रति आक्रोश पोखिरहँदा पनि उनलाई कुनै कारवाही नभएकोमा अम्पायरहरु निराश छन् । एक अम्पायर भन्छन्, “रोहन मुस्तफासहित तीन खेलाडीलाई पाकिस्तानमा सम्पन्न इमर्जिङ टिम्स एसिया कपमा व्यवस्थापन अझै राम्रो हुन सक्थ्यो भनेर गरेको सामान्य ट्विटका भरमा युएई बोर्डले ८ हप्ताका लागि प्रतिबन्ध लगाएको छ । क्रिकेटलाई त्यसै भलादमीको खेल भनिएको होइन । यहाँ सबैबाट भलादमी व्यवहार हुनुपर्छ । तर नेपालमा चाहिँ जिम्मेवार खेलाडीबाट यस्तो हुँदा पनि आयोजकले कुनै कदम चालेन ।”

यसबारे कप्तान पारसले पनि नेपालमा क्रिकेट बोर्ड नहुँदा समस्या रहेको बताए । उनले थपे, “खेलका क्रममा धेरै खेलाडीले आफ्नो संयम गुमाउन पुग्छन् । त्यो खेलको एउटा पाटो हो । निर्णय सधैं तपाईको पक्षमा आउँछ भन्ने छैन । महत्वपूर्ण क्षणमा जब टोली हार्ने अवस्थामा हुन्छ, पक्कै पनि उसलाई बढी महसुस हुन्छ । आचारसंहिता भनेको प्राविधिक पक्ष हो । मेरो विचारमा हाम्रो टेक्निकल कमिटी, अम्पायर बसेर आगामी दिनमा के गर्ने भन्नेबारे छलफल गर्नुपर्छ । यूएईका केही खेलाडीलाई ट्वीटरमा आफूखुसी कमेन्ट गर्दा त्यहाँको क्रिकेट संघले निलम्बन गरेको छ । यो निजी स्तरबाट भएको लिग हो । उसले प्रतिबन्ध लगाउन सक्दैन । क्रिकेट बोर्ड आएपछि खेलाडी, अम्पायर र आयोजकको नियमनमा कडा रुपमा प्रस्तुत हुनु जरुरी छ ।”

नेपालमा अहिले काठमाडौंमा एभरेष्ट प्रिमियर लिग, धनगढीमा धनगढी प्रिमियर लिग र पोखरामा पोखरा प्रिमियर लिग गरी तीन ट्वान्टी–२० फ्रेन्चाइज लिग भइरहेको छ । त्यसमध्ये शनिबार एभरेष्ट प्रिमिर लिगको फाइनलमा ललितपुरले अन्तिम ओभरसम्मको रामोञ्चक खेलमा भैरहवा ग्लाडियटर्सलाई १४ रनले हराउँदै उपाधि जितेको थियो । गत वर्ष पनि अन्तिम ओभरमा १ रनले पराजित भएको भैरहवाले यस वर्ष पनि उपविजेतामै चित्त बुझाउनु पर्यो । यद्यपि विदेशी खेलाडीको उपस्थितिले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक बनायो । 

\"\"गत वर्ष प्रतियोगितामा सबैभन्दा ठूलो नाम श्रीलंकाका फरभेज माहारुफ थिए । श्रीलंकाबाट २२ टेस्ट र १ सयभन्दा धेरै एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका माहारुफ यस पटक पनि त्रिवि क्रिकेट मैदानमा देखिएका थिए । उनी खेलाडीको भूमिकामा थिएनन् । उनी कमेन्टेटरका रुपमा मात्र थिए । खेलाडीका रुपमा उनी अहिलेसम्म प्रतियोगितामा खेल्ने सबैभन्दा ठूलो नाम हो । 

यसपटक फ्रेन्चाइज क्लबहरु विदेशी खेलाडी भित्र्याउन आक्रामक देखिए । उनीहरुले दक्षिण अफ्रिकाका रिचार्ड लेभीदेखि इङ्ल्यान्डका पाउल कोघलिन, जोन सिमसोन, जर्ज स्कट, आयरल्यान्डका पाउल स्टर्लिङ, स्टकटल्यान्डका काइल कोइट्जर, नेदरल्यान्डका रायन टेन टेसचट, पाउल भान मिकेरेन, रोइलोफ भान डेर मार्वीजस्ता खेलाडीलाई त्रिवि मैदानमा उतारेर नेपाली दर्शकलाई मनोरञ्जन दिए । गत वर्ष खेलेका हङकङका बाबर हायत, युनाइटेड अरब इमिरेट्स (युएई)का कप्तान रोहन मुस्तफा तथा भारतका खेलाडी यस वर्ष पनि प्रतियोगितामा सहभागी भए ।

८ खेलमा ३ सय ३७ रन बनाएका भैरहवाका भारतीय खेलाडी रवि इन्दर सिंह प्लेअफ अफ दी सिरिज बने । 

ईपीएलमा धेरै रन बनाउने पाँच खेलाडी 
१. रवि इन्दर सिंह (भैरहवा ग्लाडियटर्स)                       ३३७ रन 
२. दीपेन्द्रसिंह ऐरी (चितवन टाइगर्स)                           २३१ रन
३. गौरव तोमर (ललितपुर प्याट्रियोट्स)                        २२९ रन
४. रिचार्ड लेभी (पोखरा राइनोज)                                २०४ रन
५. जयकिशन कोल्शावाला (ललितपुर प्याट्रियोट्स)         १८८ रन

धेरै विकेट लिने पाँच खेलाडी
१. मोहम्मद नाभीद (भैरहवा ग्लाडियटर्स)            १२ विकेट
२. पावन सर्राफ (ललितपुर प्याट्रियोट्स)            ११ विकेट
३. प्रदीप साहु (काठमाडौं किंग्स ११ )                १० विकेट
४. सन्नी पटेल (ललितपुर प्याट्रियोट्स)                १० विकेट
५. ललितसिंह भण्डारी (चितवन टाइगर्स)            १० विकेट

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १०, २०७५  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro