site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छवि बदल्दै च्यासलः लेस्टरको जस्तै सनसनी मच्चाउने उद्देश्य
SkywellSkywell

काठमाडौं । प्रिमियर लिगमा उक्लिएको दोस्रो सिजन लेस्टर सिटीले उपाधि उचाल्छ भनेर कमैले सोचेका थिए । सट्टेबाजहरुको रोजाइमा त लेस्टर पटक्कै थिएन । लेस्टरको पक्षमा ५०००–१ को अड थियो । तर, प्रिमियर लिगमा उक्लिएको सिजन मुस्किलले शीर्ष डिभिजनको हैसियत जोगाएको लेस्टरले लगत्तैको सिजन विश्वलाई नै चकित बनाउँदै उपाधि उचाल्यो, दोस्रो स्थानको आर्सनललाई दश अंकले पछि छाड्दै । 

नेपाली फुटबललाई बेलायती अवस्थासँग दाँज्न पटक्कै मिल्दैन । तर आधारभूत कुरा फुटबलमा सबैतिर उही हो । रेलिगेशनको प्रावधान हटाएर लामो समयपछि सुरु गरिएको ‘ए’ डिभिजन लिगमा यसपाली न्युरोड टिम (एनआरटी) र च्यासल युथ क्लब नवप्रवेशी टोली हुन् । 

एनआरटी शीर्ष डिभिजनमा लामो समय बसिसकेपछि व्यवस्थापनको रोजाइमा ‘बी’ डिभिजनमा झरेको टिम हो । तर च्यासल भने लामो समय ‘बी’ डिभिजनमा ‘मिड टेबल’ को टोलीका रुपमा परिचय बनाएपछि यसै सिजन च्याम्पियन बन्दै ‘ए’ डिभिजनमा उक्लिएको थियो । नेपाली फुटबलमा पुरानो इतिहास बोके पनि च्यासलका लागि ‘ए’ डिभिजन लिग भने नौलो हो । 

KFC Island Ad
NIC Asia

\"\"

त्यसैले पनि च्यासललाई कसैले पनि आँखा लगाएका छैनन्, लेस्टरलाई जस्तै । उपाधि दाबेदारको नाम लिँदा फुटबल पण्डितहरुले लिने नाम हो, थ्री स्टार, मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी क्बल ।

Royal Enfield Island Ad

लिगका दुई खेल सकिँदासम्म च्यासलबाट लेस्टरको जस्तो सनसनी अपेक्षा गर्नु व्यवहारिक नलाग्न सक्छ । पहिलो खेलमा मछिन्द्र क्लबसँग गोलरहित बराबरी नतिजा निकालेको टोलीले दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० को नतिजा सुम्पिएको थियो । “पक्कै पनि यो स्तरमा पहिलो पटक खेल्दा हामीले सुरुआत उत्कृष्ट बनाउन सकेनौं । तर नतिजा बिर्सने हो भने हाम्रो प्रदर्शन सन्तोषजनक थियो । आर्मीसँगको खेलबाट हाम्रो मनोबल उच्च भएको छ । नियमित अभ्यासमा रहने स्टार खेलाडीले भरिपूर्ण टोलीलाई हामीले दोस्रो हाफको पूरा समय दबाबमा राख्यौं । राम्रो खेले पनि दूर्भाग्यका कारण नतिजा सुम्पनुपर्यो । यसबाट आगामी खेलमा थप सुधारको सम्भावना देखिएको छ,” च्यासलका व्यवस्थापक शंकर व्यन्जनकारले भने । 

‘ए’ डिभिजन लिगका लागि च्यासल युथ क्लब ठूलो नाम होइन । तर, प्रिमियर लिगमा लेस्टरले सबैलाई चकित बनाए जस्तै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासलले अपत्यारिलो नतिजा निकाल्न सक्ला त ? 

च्यासलले जुन हिसाबले खेलाडी अनुबन्ध गरेको छ, त्यस अर्थमा ललितपुरको रैथाने क्बलले लिगमा जुनसुकै टोलीलाई हराउन सक्ने क्षमता राख्छ । त्यही अनुसारको तयारी थालेको कारण आशावादी रहेको बताउँछन्, व्यवस्थापक व्यन्जनकार । “ए डिभिजन खेल्न धेरै पैसा चाहिने हुनाले हामी सधै ‘बी’ डिभिजनमा अडिएर बस्थ्यौं । तर गतवर्ष हामीले ‘ए’ डिभिजन उक्लने भनेर तयारी थाल्यौं । त्यसमा सफल पनि भयौं,” क्लबका व्यवस्थापक शंकर व्यञ्जनकारले भने, “हामीले ‘ए’ मा पनि च्याम्पियन बन्ने गरी तयारी थालेका छौं । पहिलो दुई खेलमा नतिजा सन्तोषजनक नरहे पनि हामी आगामी दिनमा सुधार गर्छौं । धेरैले हामीलाई नयाँ टिम भनेर कमजोर आँकेका होलान । तर हामी हामी उपाधि दाबेदार टोली हौं । मैदानमा प्रदर्शनबाट हामी आफूलाई प्रमाणित गर्नेछौं । उपाधि जित्नु हाम्रो पहिलो उद्देश्य हो । त्यसो नभए पनि उपाधिका लागि कडा चुनौती प्रस्तुत गर्नेछौं ।”

\"\"

रोमाञ्चक रुपमा ‘बी’ डिभिजन लिगको उपाधि जितेको च्यासलले ‘ए’ डिभिजनका लागि वरिष्ठ प्रशिक्षक राजुकाजी शाक्यलाई टोलीको जिम्मेबारी दिएको छ । जारी लिगमा सहभागी क्बलका प्रशिक्षकहरुमध्ये सबैभन्दा ठूलो नाम हो, राजुकाजी शाक्य । राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक शाक्यले नेपाललाई दक्षिण एसियली खेलकुद(साग) मा फुटबलको उपाधि जिताएका थिए । प्रशिक्षक शाक्यले लिगका लागि पनि सन्तुलित टोली बनाएका छन् । राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगर, देवेन्द्र तामाङ, हेमन्त थापामगरलगायत गौरव बुढाथोकी, अमिर श्रेष्ठ, संजोग राई जस्ता खेलाडी उनीसँग छन् । गोलकिपर दिनेश थापामगर पनि विगतमा मनाङबाट आफूलाई प्रमाणित गरिसकेका खेलाडी हुन् । राष्ट्रिय टोलीका पूर्व फरवार्ड सन्तोष साउखलको आगमनले टोलीमा उत्साह थपेको छ । भर्खरै मात्र च्यासलले रक्षक फ्लोरेन्ट कोएरा (विदेशी खलाडी)लाई अनुबन्ध गरेको छ । जारी लिगको ‘सरप्राइज प्याकेज’ का रुपमा स्थापित हुनका लागि च्यासल अझै अरु दुई जना विदेशी खेलाडी अनुबन्ध गर्ने योजनामा छ । 

“हाम्रो टिम राम्रो बनेको छ । तर अभ्यास गर्ने मैदानको अभाव हुँदा समस्या भइरहेको छ । हामी मात्र होइन विभागीय बाहेक अन्य सबै टोलीलाई अभ्यास मैदानको समस्या छ । अभ्यास महत्वपूर्ण हो । अभ्यासमा सिकेको कुरा नै मैदानमा कार्यान्वयन गर्ने हो । तर अभ्यास गर्ने मैदान नहुँदा समस्या भइरहेको छ,” सन्तोष साउखलको आगमनबाट अन्य खेलाडीको मनोबल पनि बढेको बताउँदै प्रशिक्षक शाक्यले भने, “सिनियर खेलाडी आएकाले अन्यको मनोबल बढेको छ । अहिले लिगमा नतिजा नआए पनि हामीले राम्रो खेलिरहेका छौं । तर अझै केही बिग्रेको छैन । भर्खर दुई खेलमात्र सकिएको छ । त्यसैले आत्तिनु पर्ने केही छैन ।”

\"\"

लिगमा दाबेदार मानिएका थ्री स्टार र मनाङले सतप्रतिशत नतिजा निकालेका छन् भने त्रिभुवन आर्मी सुखद नतिजाका लागि संघर्ष गरिरहेको छ । यूवा खेलाडीमा भर परेको पुलिस क्लबको प्रदर्शन सन्तोषजनक छैन । दशै तिहारमा लिग स्थगीत हुँदा च्यासलले रुपन्देहीमा राइनोज गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि उचालेको थियो । प्रशिक्षक शाक्य राइनोज गोल्डकपको उपाधिले पनि टोलीमा मनोबल बढाएको बताए । 

“लिगको बीचमा त्यो प्रतियोगिता खेल्न त नहुने हो । तर ग्राउन्ड अनुभव हुन्छ भनेर हामीले त्यो प्रतियोगितामा भाग लिएका हौं । उपाधि जित्दा हाम्रा खेलाडीको मनोबल बढेको छ,” बेल्जियममा ट्रायल दिन जाने भएपछि विमललाई फुकुवा गरेको बारे प्रशिक्षक शाक्यले भने, “उनलाई बेज्लियमबाट प्रस्ताव आएको छ भन्ने सुनेको छु । राम्रो खेलाडी नहुँदा विपक्षीलाई दबाब कम हुन्छ । तर हामीसँग अरु पनि राम्रा खेलाडी छन् ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०७५  ०९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro