site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वाधार निर्माणमा ढिलाइ, १३ औं साग सर्ने पक्का
SkywellSkywell

काठमाडौं । नेपालमा हुन लागेको दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको मिति सर्ने पक्का भएको छ । नियमित समयभन्दा एकवर्ष ढिला गरी फागुन २५ गतेबाट गर्ने भनिए पनि दक्षिण एसियाकै सबैभन्दा ठुलो खेलमेला कम्तिमा ६ महिनाका लागि पछाडि धकल्ने तयारी भइरहेको जनाइएको छ     ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विकको अध्यक्षमा नुवाकोटको ककनीमा सम्पन्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १ सय १० औं बोर्ड बैठकले प्रतियोगिताका लागि निर्माणाधिन भौतिक पूर्वाधार समयमै बन्ने आधार नभएको भन्दै सागलाई निर्धारित मितिभन्दा कम्तिमा ६ महिना पछाडि सार्ने निष्कर्ष निकालेको बैठकमा सहभागी एक सदस्यले जनाए । 

KFC Island Ad
NIC Asia

“प्रतियोगिताको मिति सार्ने अधिकार दक्षिण एसियाली ओलम्पिक कमिटीसँग मात्र छ । तर उक्त प्रतियोगिता गर्ने नेपाल सरकारले हो । यही अवस्थामा साग फागनुमा गर्न सकिने आधार छैन । अहिले निर्माण भइरहेका भौतिक पूर्वाधारको प्रगति विवरण अध्ययन गरेर मिति सार्नेबारे निर्णय गर्ने भनिएको छ,” बोर्ड बैठकमा सहभागी एक सदस्यले नाम नखुलाउने सर्तमा भने, “कम्तिमा ६ महिना सर्ने पक्का हो । आठौं राष्ट्रिय खेलकुद नै फागुनमा हुन्छ । त्यसपछि अर्को सम्भव भयो भने चाँडोमा अर्को असोजमा साग हुन्छ । राष्ट्रिय खेलकुदबाट नै खेलाडी छनोट गरेर सागका लागि बन्द प्रशिक्षणमा राख्ने विषयमा छलफल भएको छ ।”

२०१६ मा भारतको गुहाहिटी र सिलोङमा सम्पन्न १२ औं सागमा नेपालले १३ औं संकरण आफुले गर्ने भनी झन्डा बोकेर आएको थियो । भूकम्पले भौतिक पूर्वाधार क्षतविक्षत बनाएको अवस्थामा नेपालले प्रतियोगिता समयमै गर्ने दाबीसहित आयोजनाको जिम्मेवारी लिएर फर्किएको थियो । 

Royal Enfield Island Ad

प्रतियोगिता नियमित २–२ वर्षको अन्तरालमा हुने प्रावधान छ । तर २०१६ डिसेम्बरको अन्त्यमा काठमाडौंमै सम्पन्न दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठकले निर्धारित समयभन्दा एक वर्ष ढिला हुने गरी फागुन २५ देखि चैत ४ गतेका लागि प्रतियोगिताको मिति तोकेको थियो । तर तयारी नुपेकाका कारण आठौं राष्ट्रिय खेलकुद नै फागुनमा हुने भएपछि साग निर्धारित मितिमा गर्न सम्भव छैन । यसका बाबजुद पनि सरकारले अझै सागको मितिबारे ठोस निर्णय गर्न सकेको छैन ।

“सरकारले विशेष गरी काठमाडौं र पोखरामा साग गर्ने तयारी गरेको हो । टेन्डर प्रकृयाका कारण पोखरा रंगशाला पुनःसंरचनामा ढिलाई भइरहेको छ । दशरथ रंगशालाको काम पनि फेब्रुअरी अन्तिम सम्ममा सक्ने सम्झैता भएको हो । त्यसपछिको समयमा सबै तयारी गर्न गाह्रो हुन्छ,” अधिकारीले भने, “आयोजना गर्न चाहने अरु देशलाई जिम्मेवारी दिउँ भन्ने कुरा पनि नउठेका होइनन् । तर यस्तो प्रतियोगिता आयोजनाले गर्दा धेरै अर्थमा फाइदा हुने भएकाले ढिला गरेर भए पनि आफैँ गर्ने निष्कर्षमा निस्किएको छ । तर, मिति सर्छ भनेर सार्वजनिक गर्दा निर्माण कार्यलगायतका कुरामा असर पर्ने हुनाले यसलाई बाहिर नल्याई आन्तरिक पत्राचारका कामहरु गर्ने निचोडमा बोर्ड बैठक सकिएको छ ।” 

दशरथ रंगशाला, सातदोबाटोको पौडी पोखरी, पोखरा रंगशाला लगायतका मुख्य पाँच खेलस्थलको पुनर्निर्माणको काम भइरहेको छ । त्यसको प्रगति विवरण हेरेर सागबारे निर्णय लिने खेलकुद मन्त्रालयका उच्च अधिकारीले जनाए ।  प्रदेश नम्बर ३ र ४ का मुख्यमन्त्रीलाई समावेस गरेर केही साताअघि मात्र प्रधानमन्त्रीको संयोजकत्वमा बन्ने मुल आयोजक समितिले पूर्णता पाएको छ । 

यसले पनि १३ औं सागको तयारी कुन अवस्थमा छ भन्ने प्रष्ट हुछ । त्यतिमात्र होइन अहिलेसम्म सरकारले कुन खेल कहाँ खेलाउने भन्ने टुंगो पनि लगाउन सकेको छैन । दक्षिण एसियाली ओलम्पिक कमिटीको पछिल्लो बंठकले सागमा २५ खेल समावेश गर्ने निर्णय गरेको थियो । नेपालको तयारीलाई मध्यनजर गर्दै श्रीलंकाले दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठकमा पटक पटक आयोजनाको जिम्मेवारी आफुलाई दिन आग्रह गर्दै आएको छ । 
  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०७५  ०७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro