site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केपी ओलीको आक्रोशः प्रधानमन्त्री खल्तीमा कैंची र रिबन बोकेर हिँडेका छन्
SkywellSkywell

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल तानाशाही बन्न थालेको आरोप लगाएका छन् ।
संविधान संशोधन विधेयक र पाँच नम्बर प्रदेश टुक्र्याएको विरोधमा आन्दोलित जनतालाई ‘वितन्डाकारी’को संज्ञा दिँदै सरकार उत्तेजना फैलाउन दत्तचित्त भएर  लागेको उनको कथन थियो ।
आइतबार एमाले संसदीय दलको कार्यालयमा नौ दलको पत्रकार सम्मेलनमा उनले दुर्गा तिवारी हत्याकान्ड त्यसैको पटाक्षेप भएको औँल्याए ।
“केही समय अघि उद्योगीलाई गोली हानियो । भर्खरै पाँच नम्बर प्रदेश टुक्र्याउनुहुँदैन भनेर आन्दोलनमा होमिएका एक युवाको हत्या भएको छ, यसमा सरकारको नियत प्रष्टै देखिन्छ,” उनले भने ।
उनले तिवारी हत्याकान्डबारे सत्यतथ्य नआउँदै सरकारसमर्थित सञ्चारमाध्यमले कहानी रच्न थालेको भन्दै हत्या रहस्यमय भएको जिकिर गरेका हुन् । त्यस्तै, उनले सरकारले एमालेलाई छिर्नै दिन्नौँ भन्दै हिँडेको बताउँदै प्रतिपक्षलाई निषेध गरेर कस्तो लोकतन्त्रको पक्षपोषण गर्न खोजेको भन्दै प्रश्न गरे ।
विधेयक छलफलै गर्न हुँदैन
अध्यक्ष ओलीले सदनमा पेश भएको संविधान संशोधन विधेयक पास पनि नहुने र छलफल पनि नहुने ठोकुवा गरे । उनले संशोधनका अधिकांश बुँदा संविधान नियम कानुन मिचेर आएको भन्दै छलफलै गर्न नमिल्ने प्रष्ट्याए । “मध्यरात अदालतको आदेशको अवज्ञा गर्दै विधेयक दर्ता गरियो । अँध्यारोमा दर्ता गरिएकाले यसको नियत उज्यालो छैन,” उनले प्रष्ट्याए ।
सरकारले संविधान उल्लङ्घन गरेकाले सम्झाउने दायित्व प्रतिपक्षको भएको उनको जिकिर थियो ।
“संसद्मा राष्ट्रियताको विषय, भौगोलिक अखण्डताको विषय छलफल गर्न मिल्छ ?,” उनले प्रश्न पनि गरे । यस्तै उनले संविधान संशोधनको बहानामा सरकारले मुलुकलाई द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाए ।  “संविधान जारी भएपछि मारकाट गरियो । वितन्डा मच्चाइयो । अहिले पनि संशोधनको नाममा पुनः अराजकता मच्चाउन खोजिँदैछ ,” उनको भनाइ थियो ।

ढोकामा रिबन काटेर गुरिल्ला ट्रेल बन्दैन 
पूर्व प्रधानमन्त्रीसमेत रहेको ओलीले ढोकामा रिबन काटेर गुरिल्ला ट्रेल नबन्ने ठोकुवा गरे । प्रधानमन्त्री एक हेलिकप्टर मान्छे, कोटको खल्तीमा कैंची र रिबन बोकेर हिँड्ेका छन् । हिजोअस्ति त रिबन काट्न जान्न भन्दैथे, अहिले मख्ख परेर हिँडेका छन् । उनलाई लोकतन्त्र, विधिको शासन, संविधान केहीको वास्ता छैन, मतलबै छैन उनलाई,” उनको आरोप थियो ।
उनले गुरिल्ला ट्रेललाई वितन्डा ट्रेल भन्दै आलोचना गरे । “राष्ट्रियताको वास्ता छैन, उहिले मच्चाएको वितन्डालाई के–के नाम दिएर हुन्छ ?”

KFC Island Ad
NIC Asia

पाँच विकास क्षेत्रबारे मैले मुख खोलेको छैन
उनले आफूले पाँच विकास क्षेत्रबारे मैले मुख नखोलेको जिकिर गरे । “कसले उठाउनु भएको हो, उहाँको सिर्जनशीलतालाई पनि मान्नैपर्छ । त्यता म गइसकेको छैन, यसबारे मैले केही बोलेकै छैन ।”
उनले आफूलाई महेन्द्रीय राष्ट्रवादी भनेको भन्दै तानाशाहसँग तुलना नगर्न चेतावनी दिए । “इतिहासमा कुन तानाशाहले के भने भनेर मलाई नजोडौँ, अहिलेको सवाल अर्कै हो,” उनले भने ।

आवेग र उत्तेजनाले देश बन्दैन
आवेग र उत्तेजनाले देश नबन्ने बताउँदै उनले सरकारलाई सचेत रहन खबरदारी गरे ।
“दुनियाँमा कुनै प्रधानमन्त्रीले यसरी बोलेको सुन्नुभएको छ ? सरकारले आफैँ वितन्डा मच्चाउन उद्दत छ । हामी पनि उत्तेजनामा छैनौँ, आवेगमा आउन चाहँदैनौँ, सरकार संयमित र सचेत बनोस्,” उनले जोड दिए ।

Royal Enfield Island Ad

निर्वाचन विधेयक अल्मल्याउने बाटो
“निर्वाचन आयोगको प्रतिवेदन सरकारले बुझ्न मानिरहेको छैन, निर्वाचन क्षेत्र निर्धारण आयोग बनेको छैन । विधेयकबारे समितिमा छलफल पनि गरेको छैन । कुन निर्वाचन कसरी गर्ने भन्ने कुनै योजना छैन,” ओलीले भने, “संसद्मा निर्वाचन विधेयक पेश गरेको छ भनेर अल्मल्याएर हुन्छ ?,” उनले प्रश्न गरे ।
उनले  आगामी माघभित्रमा तीनै तहको निर्वाचन गराउन सरकारलाई खबरदारीसमेत गरे ।
प्याकेजमा सहमति र राष्ट्रिय सरकार गठनबारे पत्रकारको जिज्ञासामा मौन रहेका ओलीले संविधान संशोधन विधेयक फिर्ता नलिउञ्जेल सदन सुचारु हुन नसक्ने स्पष्ट पारे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १०, २०७३  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro