site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘पुरानो डुङ्गा’को निर्माण युनिट काठमाडौं फर्कियो
काठमाडौं । चलचित्रको प्रचारप्रसारका लागि देश दौडाहामा रहेको ‘पुरानो डुङ्गा’को निर्माण युनिट काठमाडौं फर्किएको छ । पूर्व र पश्चिमका केही जिल्लामा चलचित्रको प्रचारका लागि गएको टोली सोमबार काठमाडौं फर्किएको हो । 
झापाको विर्तामोड, दमक, सुनसरीको धरान, इटहरी, चितवन हेटौंडा तथा पोखरा पुगेको टोली सोमबार फर्किएको निर्देशक रामबाबु गुरुङले जानकारी दिए ।
चलचित्रको प्रचारका क्रममा टोलीले स्थानीय युवासँग अन्तरक्रिया तथा पत्रकार सम्मेलन गरेको थियो । “पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम राखेका थियौं,” निर्देशक गुरुङले भने, “निकै राम्रो प्रतिक्रिया तथा सुझाव प्राप्त गरेका छौं, यसअघिका चलचित्र ‘कबड्डी’ र त्यसको सिक्वेलका कारण पनि ‘पुरानो डुङ्गा’ प्रति धेरैले अपेक्षा गर्नु भएको पाइयो ।”
रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, मेनुका प्रधान, माओत्से गुरुङलगायतका कलाकार मुख्य रोलमा छन् । चलचित्र यही मंसिर १० गते रिलिज हुँदैछ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro