site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
झापालाई हराउँदै पटना सेमिफाइनलमा

काठमाडौं । चौथो संस्करणको मिल्स कप इन्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगितामा भारतको हाइपर फॉर्मेन्स क्रिकेट एकेडेमी पटनाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

विराटनगरको जुट मिल खेलमैदानमा सोमबार भएको खेलमा पटनाले झापा क्रिकेट क्लबलाई सात विकेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको झापा १८.५ ओभरमा अलआउट हुँदै १३७ रन बनाउन सफल भयो । झापाका लागि अंकित सुवेदीले २३ बलमा २७ रन, भुपाल दङगालले २४ बलमा २६ रन र समीर कार्कीले १४ बलमा १९ रनको योगदान दिए । आशिष रानामगरले १६ रन र भुपेश गौतमले ११ रन बनाए । अन्य ब्याट्समेनहरू दोहोरो अंकमा पुग्न असफल रहे । पटनाका रिहान दास गुप्ताले ३.५ ओभरमा १९ रन खर्चेर ३ विकेट र मन मोहनले चार ओभरमा २४ रन खर्चेर तीन विकेट लिए ।

जवाफी ब्याटिङमा पटनाले १३८ रनको लक्ष्य १७.२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो । पटनाका सुर्दशन सिंहले आक्रमक ब्याटिङ प्रदर्शन गर्दै ५२ बलमा अविजित ८३ रन बनाए । उनले ६ छक्का र ७ चौका प्रहार गरे । उनी खेलको प्यलेर अफ द म्याच घोषित भएर नगद तीन हजार पाए ।  अनुज रञ्जनले ४२ बलमा ३७ रन र कुमार श्रेयले १३ रनको योगदान दिए ।

झापाका बलरहरूमध्ये ज्ञानु श्रेष्ठले ३.२ ओभरमा २९ रन खर्चेर दुई विकेट र सिद्धार्थ कुमारले चार ओभरमा २४ रन खर्चेर एक विकेट लिए ।

 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  २२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro