site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिड्नीमा आनन्द कार्कीको गजल

सिड्नी । गजल गायक आनन्द कार्कीले सिड्नीमा अर्को साता गजल पस्कने भएका छन् । ग्रानभिल नेपाली समाजले यूकेबी इभेन्ट्सको सहयोगमा १२ अप्रिलमा ग्रानभिलको रातोघरमा 'आनन्द कार्की समधुर साँझ'को आयोजना गर्न लागेको हो ।

नेपाली गजल गायन क्षेत्रमा चर्चा कमाएका कार्की केही हप्तादेखि अस्ट्रेलिया भ्रमणमा छन् । "कार्कीको भ्रमणको फाइदा उठाउँदै हामीले उहाँको सम्मानमा सुमधुर साँझको आयोजना गर्न लागेका हौँ," ग्रानभिल नेपाली समाजका अध्यक्ष भीम बस्नेतले भने ।

उनले नेपालीहरूको बाक्लो बस्ती रहेको ग्रानभिल क्षेत्रका संगीत पारखीका लागि गतिलो खुराक बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रम संयोजक उषाकिरण बारिया पोखरेलले नेपाली गजल गायनको आनन्द लिन सबैलाई आग्रह गरिन् ।

कार्कीका 'यी हल्लाहरू हुन्', 'बादल वर्षा बिजुली', 'जनम जनम जिउला सँगै', 'फेरि तिम्रो याद आयो'सहित दर्जनौँ हिट गित छन् ।

उनी मेलबर्नको कार्यक्रम सकेर सिड्नी आउने कार्यक्रम छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro