site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
डोनाल्ड ट्रम्पले चीनलाई चेतावनी दिँदै भने– ५० प्रतिशत नयाँ कर लगाउँछौँ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा नयाँ कर लगाउने चेतावनी दिएका छन् । ट्रम्पले चीनले अमेरिकामाथि लगाएको ३४ प्रतिशत प्रतिशोधात्मक कर फिर्ता नगरे मंगलबारदेखि चीनमा नयाँ कर लगाउने बताएका छन् । ट्रम्पले चीनमा लगाइने नयाँ कर ५० प्रतिशत हुने बताएका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले अप्रिल ९ देखि चीनबाट अमेरिका आउने सामानमा ३४ प्रतिशत कर लगाउने बताएको थियो, त्यसपछि चीनले शुक्रबार अमेरिकामा पनि यस्तो कर लगाउने घोषणा गरेको थियो ।

यसैबीच, डोनाल्ड ट्रम्पले फेरि 'ट्रुथ सोसल'मा ट्यारिफसम्बन्धी आफ्नो नीतिहरूको रक्षा गरेका छन् ।

आफ्नो पछिल्लो अपडेटमा ट्रम्पले लेखेका छन्, "विश्वभरका देशहरू हामीसँग कुरा गरिरहेका छन् । यो वार्तालापको लागि कठिन तर उपयुक्त मापदण्ड तय गरिएको छ ।"

ट्रम्पले स्थानीय समयअनुसार सोमबार बिहान जापानी प्रधानमन्त्री शिगेरु इसिबासँग कुरा गर्दै आफ्नो देशले अमेरिकासँग व्यापारिक मामिलामा निकै नराम्रो व्यवहार गरेको बताएका छन् ।

ट्रम्पले भने, "उनीहरूले हाम्रो कार किन्दैनन्, तर हामी उनीहरूका लाखौं कारहरू किन्छौं। कृषि र अन्य वस्तुहरूको पनि यस्तै अवस्था छ ।"

ट्रम्पले भनेका छन्, "यसले परिवर्तन गर्नुपर्छ, विशेष गरी चीन ।"

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  २२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro