site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
डा. सुमनको ‘कात्रोमा खल्ती’ सार्वजनिक 

काठमाडौं । डा. सुमन कर्माचार्यको दोस्रो पुस्तक ‘कात्रोमा खल्ती’ लोकार्पण गरिएको छ । आइतबार (चैत २४) काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कृति लोकार्पण गरेका हुन् ।

पुस्तक सार्वजनिक गर्दै डा. कोइरालाले डा. कर्माचार्यले गरिब, दुःखीहरूको स्वास्थ्योपचारमा पुर्‍याएको योगदानको चर्चा गरे ।

साहित्यकार प्रमोद प्रधानले कृतिको समीक्षा गर्दै डा. कर्माचार्यका रचनाले पार्टी, सरकार र नेताहरूमा विद्यमान विकृति र विसंगतिलाई स्पष्ट रूपमा देखाएको बताए ।

कार्यक्रममा कथाकार भागीरथी श्रेष्ठ, कृतिका सम्पादक विमल भौकाजी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, लेखक डा. कर्माचार्यलगायत साहित्यकारले बोले । 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro