site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडाैं । जाडो मौसममा विषेशगरी बालबालिका र वृद्धवृद्धालाई सताउने गर्छ । हामीले चिसो याममा बच्चालाई राम्रोसँग ध्यान दिन सकेनौं भने विभिन्न खाले रोग तथा समस्या देखापर्ने सम्भावना हुन्छ । 
बच्चालाई चिसोबाट बचाउन कोठालाई न्यानो बनाइराख्न आवश्यक छ । बच्चालाई न्यानो बनाउँदा विभिन्न कुरामा सचेत हुनु जरुरी हुन्छ । केही समय घाम छिर्ने ठाउँमा राख्नुपर्छ । एकदमै बाक्लो कपडा लगाउँदा अप्ठ्यारो हुन सक्छ, त्यसैले समयानुकूल कपडा लगाइदिनुपर्छ । कोठा न्यानो बनाउँदा भेन्टिलेसनमा पनि ध्यान दिनुपर्छ । 
कोठा न्यानो बनाउन हिटर, कोइला, ब्रिकेट पनि बाल्ने चलन छ । भेन्टीलेसन राम्रो छैन भने त्यसले कार्बोन मोनोअक्साइड बढ्न सक्छ र अक्सिजन नै लिन नसक्ने बनाइदिन्छ, जसले गर्दा बच्चाको ज्यानै जाने खतरा हुन्छ । त्यसैले राम्रो भेन्टीलेटर भएको कोठामा मात्र हिटर, कोइला र ब्रिकेटको प्रयोग गर्नुपर्छ । बच्चालाई सकभर घाम छिर्ने कोठामा राख्नुपर्छ । 
बच्चाको शरीर सबै छोपिने गरी कपडा लगाइदिनुपर्छ । हातमा पञ्जा , कान छोपिने गरी टोपी लगाइदिने  गर्नुपर्छ । धेरै कपडा लगाउँदा बच्चाको शरीर भित्रबाट पसिना पनि आइरहेको हुनसक्छ । हिटर बालेर अथवा कपडा लगाइदिएर मात्रै पनि हुँदैन, समय–समयमा बच्चाको ख्याल पनि गर्नुपर्छ । कोठा हावा छिर्ने हुनुपर्छ । सानो बच्चा छ भने नियमित स्तनपान गराइराख्नुपर्छ । अन्य झोल खानेकुरामा पनि जोड दिनुपर्छ । 
चिसो मौसममा बच्चाको उमेरअनुसार ध्यान दिनुपर्ने हुन्छ । नवजात शिशु छन् भने विशेष ध्यान दिनुपर्छ । जति बच्चा ठूलो हँुदै जान्छन्, गर्नुपर्ने स्याहार त्यति कम हुँदै जान्छ । बढी जिम्मेवारी अनि रिस्क साना बच्चालाई हुन्छ । बढी कपडा ओाढाइदिँदा निसासिने डर पनि उत्तिकै हुन्छ । 
चिसो मौसम सुरु भएपछि बिरामी अस्पतालमा आइरहन्छन् । कोठामा हावा टाइट हुन्छ । झ्याल, ढोका बन्द हुन्छ, हावा छिर्ने ठाउँ हुँदैन । कोइला, ब्रिकेट बाल्दा कार्बन मोनोअक्साइड उत्पादन हुन्छ । । त्यसले हेमोग्लोबिनमा असर गरेर अक्सिजन लिन सक्दैन र ज्यानै जानेसम्मको खतरा हुन्छ । 
चिसोका कारणले निमोनिया हुन्छ भन्ने हाम्रो बुझाइ छ । चिसोका कारणले निमोयिा हुने भन्ने होइन । निमोनिया भाइरस, ब्याक्टेरिया तथा किटाणुको कारणले हुने गर्छ । रोगसँग लड्न सक्ने क्षमता कम भएकालाई बढी समस्या देखिन्छ । चिसो मौसममा भाइरल अथवा किटाणु बढी सक्रिय हुने भएकाले निमोनिया हुने गरेको हो । निमोनियाले ५ वर्षमुनिका बालबालिका बढी जोखिममा हुन्छन् । 
तर, निमोनिया जसलाई पनि हुनसक्छ । भाइरसबाट हुने निमोनिया सपोर्टिभ केयरले पनि निको हुन सक्छ भने ब्याक्टेरियाबाट भएको निमोनियामा कडा ज्वरो आउने, स्याँ स्याँ हुने हुँदा औषधि नै खानुपर्ने हुन्छ । साथै पोषणलाई पनि ध्यान दिनुपर्ने हुन्छ ।  
के हो निमोनिया ? 
फोक्सोको तन्तुमा हुने सुजन वा संक्रमणलाई निमोनिया भनिन्छ । स्वासप्रश्वास प्रणालीको विभाजनअनुसार हाम्रो स्वरयन्त्र अथवा ल्यारिंक्स भन्दा माथिको भागलाई माथिल्लो स्वास नली र त्योभन्दा तलको भागलाई तल्लो स्वास नली भनिन्छ ।
माथिल्लो स्वास नलीको संक्रमणहरूमा रुघा वा राइनिटिसस, पिनास वा साइनोसाइटिस, घाँटी दुख्ने फ्यारिन्जाइटिस पर्छन् । तल्लो नलीको संक्रमणमा इपिग्लोटाइटिस, ल्यारिन्जाइटिस, ट्राकाइटिस अनि ब्रोन्काइटिस पर्दछन् । यी सबै स्वासप्रस्वास प्रणाली अन्तर्गतको नली वा ट्रयाकटका संक्रमण हुन् । फोक्सोमा वा फोक्सोको तन्तुमा हुने संक्रमण नै निमोनिया हो । 
निमोनिया बालबालिकालाई मृत्युको मुखमा पुर्याउने पाँच प्रमुख कारक रोगहरूमा एक हो । यो रोग लाग्ने संख्या तथा यसबाट मृत्यु हुनेको संख्या नेपालजस्ता विकासशील देशहरूमा अहिले पनि उच्च छ । विश्वमा प्रत्येक वर्ष १५ करोड ८० लाख पटक निमोनिया हुन्छ, जसमा १५ करोड ४० लाख त विकासशील देशहरूमा हुने गरेकोे तथ्यांक छ ।
विकसित मुलुकहरूमा भन्दा अल्पविकसित वा विकासशील मुलुकमा यो रोग लाग्ने सम्भावना १० गुणा बढी रहन्छ । प्रत्येक वर्ष पाँच वर्षभन्दा मुनिका १२ लाख बालबलिकाहरू निमोनियाको कारण मृत्युको मुखमा पुग्ने गरेका छन् ।
निमोनियाबाट बच्ने उपाय 
विभिन्न कारणले निमोनियाको संक्रमण बढ्ने भएकाले हामी सानाभन्दा साना कुरालाई पनि ध्यान दिनुपर्ने हुन्छ । 
सरसफाइमा ध्यान जरुरी हुन्छ । 
बच्चाको पोषण राम्रो छ भने निमोनियाले समाउन सक्दैन, त्यसैले पोषणलाई ध्यान दिनुपर्छ । 
ब्याक्टेरियाको विरुद्ध भ्याक्सिन पनि दिन थालिएको छ । ६ हप्ता, १० हप्ता र नौ महिनामा खोप लगाइन्छ । 
बाहिरबाट आएपछि बच्चालाई राम्रोसँग हात धोएर मात्र समाउनुपर्छ । 
बाहिर भिडभाडमा हुने धुलो धुवाँबाट बच्चालाई बचाउनुपर्छ । घरभित्र र घरबाहिरबाट हुने धुलोधुवाँका कारणले पनि श्वासप्रश्वासजन्य रोग लाग्न सक्छ ।
 
(बाह्रखरी प्रतिनिधि पुनम डीसीसँगको कुराकानीमा आधारित)
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro