विदेश
काठमाडौं । रसियाका अर्थ व्यवस्थामन्त्री एलेक्जीई उल्युकाएभ घूस लिँदालिँदै पक्राउ परेको बीबीसीले जनाएको छ । रसियाको भ्रष्टाचार नियन्त्रण गर्ने निकायले अर्थ व्यवस्थामन्त्री उल्युकाएभलाई दुइ मिलियन डलर घूस लिएको बताएको छ । उल्युकाएभलाई घूससहित रंगेहात पक्राउ गरिएको बताइएको छ ।
उनको मन्त्रालयले त्यहाँको तेल कम्पनी रोजनेफ्टलाई सकारात्मक मूल्यांकन गराएको थियो । त्यसपछि सो कम्पनीले अर्को कम्पनी बासनेफ्टको ५० प्रतिशत दायित्व खरिद गरेको थियो । सन् १९९१ पछि पक्राउ पर्ने उनी सर्बोच्च रसियन अधिकारी भएको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३ १४:५७
प्रतिक्रिया दिनुहोस्