देश

काठमाडौं । कैलालीमा तास खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ का ४० वर्षीय खडक कुँवरसहितका व्यक्तिहरू छन् ।
सोही स्थानमा कुँवरले सञ्चालन गरेको सुदूरपश्चिम रेन्टुरेन्ट एन्ड लजमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (चैत २९) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नगद एक लाख १२ हजार ३२० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१ १६:१८
प्रतिक्रिया दिनुहोस्