site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकामा ‘बन्दुक राख्न पाउन अधिकार’ माथि किन बबाल ?
Siddhartha BankSiddhartha Bank

बीबीसी । अमेरिकाको सबैभन्दा शक्तिशाली बन्दूक लाबीले डेमोक्रेट्स र मिडियामाथि फ्लोरिडाको घटनाको ‘लाभ’ उठाएको आरोप लगाएको छ । फ्लोरिडामा गतसाता एक स्कूलमा गोलीबारी भएको थियो । जसमा १७ जना मारिएका थिए । 

राष्ट्रिय राइफल संघका प्रमुख वेन लापेरेले ‘अवसरवादी’ व्यक्तिहरुले १४ फेब्रुअरीको घटनालाई बन्दूकमाथि नियन्त्रण लगाउनेका लागि प्रयोग गरिरहेको आरोप लगाएका छन् । उनले ती ‘अवसरवादी’ व्यक्तिहरुले अमेरिकीहरुको बन्दूक राख्ने अधिकार खोस्न चाहेको पनि बताए । 

“सधैँको जसरी यसपटक पनि अवसरवादी व्यक्तिहरुले आफ्नो राजनीतिक फाइदाका लागि घटनाको प्रयोग गर्न एक सेकेण्डपनि ढिलाई गरेनन्’’, राष्ट्रिय राइफल संघका प्रमुख वेन लापेरेले भने, “ती व्यक्तिहरु राइफल संघसँग घृणा गर्दछन् । उनीहरु नियममा गरिएको दोस्रो संशोधनलाई नकारात्मक रुपमा हेर्छन । उनीहरु व्यक्तिगत स्वतन्त्रतालाई पनि घृणा गर्दछन् ।’’

Agni Group
NIC Asia

फ्लोरिडाको स्कूलमा भएको गोलीबारीको घटना बारेमा पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका संघका प्रमुख लापेरेले घटनाका लागि अमेरीकी गुप्तचर निकाय एफबीआईबाट भएको कमजोरीको आलोचना समेत गरे । 

विद्यालयलाई सुरक्षा दिन्छ 

Global Ime bank

घटनामा हत्या गरिएकाहरुका आफन्त र घाइते लगायतका व्यक्तिहरुले बन्दूक राख्नका लागि कडा कानून निर्माण गरिनु पर्ने माग गरिरहेका छन् । जसका लागि उनीहरु राष्ट्रव्यापी अभियान नेभर अगेन चलाईरहेका छन् । 

लापेरेले डेमोक्रेट्समाथि राष्ट्रिय राइफल संघको बदनाम गरेको आरोप पनि लगाएका छन् । लापेरेले राइफल संघले निःशुल्क रुपमा अमेरीकी विद्यालयहरुको सुरक्षा दिन तयार रहेको पनि बताए । 

यसैबीच अमेरीकी शिक्षक एकता महासंघका अध्यक्ष रैंडी वाइनगर्टनले राष्ट्रिय राइफल संघको प्रस्तावप्रति असहमति जनाएका छन् । उनी भन्छिन्, “स्कूलभित्र बन्दूक चाहनेहरु आगामी दिनमा के–कस्ता घटना हुन सक्छन् भन्ने बुझ्दैनन् । अवस्था अहिलेको भन्दा पनि भयानक हुन सक्छ ।’’

उता अमेरीकी राष्ट्रपति डोनल्ड ट्रम्पले शिक्षकहरुलाई बन्दूक राख्नका लागि अतिरिक्त रकम प्रदान गर्ने बताएका छन् । 
http://www.bbc.com/hindi/international-43165342

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०७४  ०९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu