site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
एटलान्टिक महासागरबाट ८९ आप्रवासीको शव निकालियो
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

मौरिसनिया । मौरिसनियाका कोस्टगार्डले एटलान्टिक महासागरबाट ८९ आप्रवासीको शव बाहिर निकालेका छन् । एक पाँच वर्षकी बालिकासहित नौजनाको भने उद्धार गरिएको छ । थुप्रै मानिस अझै हराइरहेका छन् । 

अफ्रिकाबाट युरोप जाने क्रममा परम्परागत माछा मार्ने डुंगामा चढेर गएका मानिस दुर्घटनामा परेका हुन् । गत साता मात्रै त्यस्तै डुंगामा चढेर सेनेगल बोर्डरबाट १७० मानिस मौरिसनियातर्फ लागेका थिए । मौरिसनियाको समुद्रीतट हुँदै उनीहरूले स्पेनसम्मको यात्रा तय गरेका हुन् ।

मौरिसनिया अफ्रिकाबाट युरोप जाने आप्रवासीको ट्रान्जिटको रुपमा रहँदै आएको छ । स्पेन सरकारका अनुसार गत वर्ष यसैगरी ४० हजार मानिस स्पेन पुगेका थिए । 
 
गएको पाँच महिनामा यसैगरी यात्रा गर्ने क्रममा पाँच हजार मानिसको मृत्यु भएको बीबीसीले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu