site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बहुमतपछि स्टार्मरको धन्यवाद ! प्रधानमन्त्री सुनकद्वारा पराजय स्वीकार 
Siddhartha BankSiddhartha Bank

लन्डन । बेलायतको लेबर पार्टीका नेता किएर स्टार्मरले समर्थकहरूलाई सम्बोधन गर्दै सबैलाई धन्यवाद दिएका छन् । उनले जनताले देशलाई परिवर्तन गरेको उल्लेख गरेका छन् । 

सरकार बनाउन पार्टीले बहुमत हासिल गरेपछि उनले ठूलो जिम्मेवारीसहित यो म्यान्डेट आएको बताएका छन् । उनले सार्वजनिक हितका लागि आफूहरूले राजनीति गर्नुपर्ने जनाउँदै बहुमत ल्याएपछि खुसी व्यक्त गरेका छन् ।  

Agni Group
NIC Asia

बेलायती प्रधानमन्त्री ऋषि सुनकद्वारा पराजय स्वीकार 
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आफ्नो कन्जरभेटिव पार्टीले संसद्को निर्वाचनमा पराजय भोगेको स्वीकार गरेका छन् । विपक्षी लेबर पार्टीले सरकार बनाउनका लागि चाहिने ३२५ भन्दा बढी सिटमा विजय हासिल गरिसकेपछि उनले पराजय स्वीकारेका हुन् ।

उनले चिन्तित बनाउने खालको फैसला आएको बताउँदै धेरै कुरा सिक्न बाँकी रहेको भन्दै ‘आइ एम सरी’ भनेका छन् ।

Global Ime bank

उनले ‘यो कठिन रातमा’भन्दै  रिचमण्ड र नोर्थल्लेर्टो निर्वाचन क्षेत्रका जनताप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

उनले लेबर पार्टीले निर्वाचन जितेको स्वीकार्दै सो पार्टीका नेता किएर स्टार्मरलाई बधाई दिएका छन् । उनले शक्ति शान्तिपूर्ण तरिकाले सबैको सद्भावका साथ परिवर्तन भएको जनाउँदै सबैलाई देशको स्थिरता र भविश्यका लागि आत्मविश्वासको वातावरण बन्नुपर्ने जनाएका छन् ।

बेलायती जनताले चिन्तित हुनुपर्ने खालको फैसला दिएको जनाउँदै आफूले यसको जिम्बेवारी लिने उनले बताएका छन् । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu