site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
को हुन् बेलायतको प्रधानमन्त्री बन्न लागेका किएर स्टार्मर ?

लण्डन । बेलायतमा ६१ वर्षीय किएर स्टार्मरको नेतृत्वको लेबर पार्टीले संसदीय निर्वाचनमा ठूलो जित हासिल गरेको छ । चौध वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ ।

लेबर पार्टीका नेता शुक्रबार अबेर प्रधानमन्त्रीमा नियुक्त हुने जनाइएको छ । अहिलेका प्रधानमन्त्री ऋषि सुनकले राजासमक्ष राजीनामा दिएपछि राजाले स्टार्मरलाई नयाँ प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गर्नेछन् ।

लेबर पार्टीलाई यसपटक ऐतिहासिक जित हात परेको छ ।  अहिलेसम्म उसनले ४१० सिट जितिसकेको छ । 

Dabur Nepal
NIC Asia

सुनकले नेतृत्व गरिरहेको कन्जरभेटिभ पार्टीले ११९ सिट जितेको छ । बेलायतको ६५० सिटमा सरकार बनाउन ३२६ सिट चाहिन्छ ।

एक्जिट पोलले पनि लेबर पार्टीले  ४१० सिट जित्ने जनाएको थियो ।  कन्जरभेटिभ पार्टी १३१ सिट जित्न सक्ने आकलन पोलको छ ।

लेबर पार्टी सन् २०१० पछि सत्तामा जान लागेको हो । उसले ४१० सिट जित्दा १९९७ मा टोनी ब्लेयरपछि लेबर पार्टीको सबैभन्दा ठूलो जित भएको छ ।

को स्टार्मर हुन् ?

किएर स्मार्टरको संसदीय क्षेत्र सन २०१५ देखि हार्बन र सेन्ट पेनक्रस हो । स्टार्मर आफूलाई 'वर्किङ क्लास' (काम गरेर खाने वर्ग) को मानिस बताउँछन् ।

उनका पिता टुलमेकर थिए । उनकी आमा एक नर्सको रूपमा काम गर्थिन् । उनकी आमालाई स्टिल्स रोग थियो, जसलाई एक दुर्लभ अटोइम्युन बिमार भनिन्छ ।  उनले रिगेट ग्रामर स्कुलमा पढाइ गरेका हुन् । उनी त्यहाँ भर्ना भएको दुई वर्षपछि त्यो एक निजी स्कुल बनेको थियो ।

सोह्र वर्षको उमेरसम्म उनको विद्यालयको शुल्क एक स्थानीय परिषद्ले तिर्ने गरेको थियो । स्कुलपछि युनिभर्सिटी जाने उनी परिवारको पहिलो व्यक्ति थिए । उनले लिड्स युनिभर्सिटीमा पढेका हुन् ।

पछि अक्सफोर्ड युनिभर्सिटीमा उनले कानुन अध्ययन गरेका थिए । सन् १९८७ मा उनी बरिस्टर बने र मानव अधिकार कानुनमा उनको विशेषज्ञता छ । आफ्नो कामको सिलसिलामा उनी कैरिबिया र अफ्रिकामा बसेका थिए । 

जहाँ उनले मृत्युदण्डको सजाय बेहोरिरहेका मानिसको मुद्दा लडेका थिए । ९० को दशकमा उनले कथित मैक्लिबेल कार्यकर्ताको मुद्दा पनि नि:शुल्क लडेका थिए । म्याकडोनाल्ड्स कर्पोरेसन बनाम स्टिल एन्ड मोरिस १९९७ को केसलाई मैक्लिबेल केसका रूपमा चिनिन्छ । त्यसमा म्याकडोनाल्ड्स कर्पोरेसनले कम्पनीको आलोचना गर्ने पर्यावरण कार्यकर्ताविरुद्ध मानहानिको मुद्दा दर्ता गरेको थियो । ती कार्यकर्ताले एक पर्चा बाँडेका थिए, जसमा म्याकडोनाल्ड कम्पनीको पर्यावरणसम्बन्धी दाबीमाथि सवाल उठाइएको थियो ।

स्टार्मर सन् २००८ मा डाइरेक्टर अफ पब्लिक प्रोसिक्युसन चुनिएका थिए । जो इंग्ल्याण्ड र वेल्समा सबैभन्दा ठूलो प्रोसिक्युटरको पद हो । उनकी पत्नी भिक्टोरिया नेसनल हेल्थ सर्भिसमा काम गर्छिन् ।

राजनीतिमा कहिले आए ?

उनी सन २०१५ मा उत्तरी लण्डनको हार्वन एन्ड सेन्ट पेनक्रसबाट सांसद निर्वाचित भए । उनले पूर्व लेबर नेता जर्मी कार्बिनको फ्रन्ट बेन्च टिमका रूपमा ब्रेग्जिट सचिव भएर काम गरेका थिए । ब्रेग्जिट युरोपेली संघबाट बेलायतलाई अलग गर्ने प्रक्रिया थियो ।

उनी २०१९ को चुनावमा पार्टीको पराजयपछि लेबर पार्टीको नेताको पदमा लडे । २०२० मा उनी पार्टीका नेता भए । जितपछि आफ्नो भाषणमा उनले भनेका थिए, "लेबरलाई विश्वास र आशाका साथ नयाँ युगमा लगिनेछ ।"

के थियो उनको चुनावी एजेन्डा ?

स्वास्थ्य सेवा : बेलायतको स्वास्थ्य सेवामा बिरामीका लागि वेटिङ लिस्ट कम गर्ने, हरेक साता नेसनल हेल्थ सर्भिस (एनएचएस)मा ४० हजारभन्दा बढी नियुक्त गर्ने, जसको फन्डिङ कर चुहावटको नियन्त्रण गरेर जुटाउने ।

अवैध प्रवासी : बोर्डर सेक्युरिटी कमान्ड लन्च गरिने, जसले गर्दा सानो र खतरनाक डुंगाबाट हुने मानव तस्करीमा लगाम लाग्ने ।

आवास : पन्ध्र लाख नयाँ घर बनाउने र पहिलोपटक घर खरिद गर्नेलाई पहिलो अधिकार दिने योजना सुरु गर्ने । 

शिक्षा : साढे ६ हजार शिक्षकको भर्ती गरिने । यसको खर्च निजी विद्यालयको ट्याक्स ब्रेक मिल रोकेर गरिने ।

सन २०२३ देखि नै विभिन्न पोलहरूले लेबर पार्टी कन्जर्भेटिभभन्दा २० प्रतिशत मतले अघि रहेको जनाएका थिए । किएरलाई पार्टीमा आएपछि सुरुमा लोकप्रियता बढाउन निकै मुस्किल परेको थियो । यद्यपि, उनले प्रयास छोडेनन् ।

बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro