site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चुनावको परिणाम आइनसक्दै बेलायतमा सत्ता हस्तान्तरण

लन्डन । बेलायतमा चुनावको मतगणना नसकिँदै सत्ता हस्तान्तरण भएको छ । विपक्षी लेबर पार्टीले कुल ६५० सिटमा अब दुई सिटको परिणाम आउन बाँकी छ ।

अहिलेसम्म विपक्षी लेबर पार्टीले ४१२ सिट जितेको छ भने सत्तारूढ कन्जरभेटिव पार्टीले १२१ सिट जितेको छ । पछिल्लो पटक गरिएको पोलमा लेबर पार्टीले ४१० सिट र कन्जरभेटिवले १३१ सिट जित्ने पूर्वानुमान गरेकोमा सो अनुमान लगभग मिलेको छ ।

Dabur Nepal
NIC Asia

शुक्रबार नै बकिंघम प्यालेसमा गएर कन्जरभेटिभ पार्टीका नेता तथा तत्कालीन प्रधानमन्त्री ऋषि सुनकले राजा चाल्र्स तृतीयसमक्ष राजीनामा दिएका थिए । त्यसपछि बहुमत प्राप्त पार्टीका नेता किएर स्टार्मरलाई राजाले निम्तो गरेका थिए । नवनियुक्त प्रधानमन्त्री स्टार्मरले प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै परिवर्तनको काम तत्काल सुरु गरिने बताएका छन् । उनले भनेका छन्, "कुनै पनि देशमा बदलाव गर्नु स्वीच दबाएजस्तो हुँदैन । यसका लागि केही समय लाग्नेछ ।"

उनले पहिलाका प्रधानमन्त्री ऋषि सुनकको कामको पनि तारिफ गरेका छन् । बेलायतमा लेबर पार्टी १४ वर्षपछि सत्तामा आएको हो । यसअघि प्रधानमन्त्रीको कार्यालय बाहिर सम्बोधन गर्दै आफ्नो पार्टीको सबैभन्दा खराब प्रदर्शनको लागि देशवासीसँग माफी मागेका थिए । उनले भने, "म हारको जिम्मेवारी लिन्छु ।"

उनले १४ वर्षमा कन्जरभेटिभ पार्टीले गरेको कामको व्याख्या गर्दै बेलायत २०१० को तुलनामा अधिक समृद्ध र निष्पक्ष भएको बताए । उनले नयाँ प्रधानमन्त्री स्टार्मरको सह्राहना गर्दै स्टार्मरको सफलताको पूरै देशले साझा गर्ने बताए ।उनले कन्जरभेटिभ पार्टीको नेतृत्वबाट पनि आफू हट्ने जनाएका छन् । बीबीसी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro