site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाली कराते टोली हरियाणा जाने
Siddhartha BankSiddhartha Bank

काठमाडौं । भारतको हरियाणामा आयोजना हुने इन्डो नेपाल इन्टरनेशनल वादोरियो कराते च्याम्पियनसिप २०१७ मा सहभागी हुन जाने नेपाली टोलीको विदाइ गरिएको छ ।

कुरुक्षेत्र हरियाणामा अक्टोबर २७ देखि २९ सम्म हुने च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्डी शेर्पाले मंगलबार बिदाइ गरेका थिए । राखेपले विदाई गरेपनि नेपाली टोलि कार्तिक ७ गते त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Agni Group
NIC Asia

नेपाली टोली आईडब्लुएफ कराते डो संघको प्रमुख प्रशिक्षक सहदेव राजबंशी नेतृत्वमा च्याम्पियनसिपमा सहभागी हुने छन् । २४ सदस्यीय नेपाली टोली च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोलीमा पुष्प नेगी (७ बर्ष) तौलमा, मनिष राना मगर (२० केजी), मनिष राउत (३५ केजी), इन्द्र प्रसाद राजबंशी (४० केजी), सुरेन्द्र थापा (जुनियर ४५ केजी), उत्तम लोन (४५ केजी), मनोज सुनार (५० केजी), पर्शराम पंडीत (जुनियर ५५ केजी), आशिष दराई (५५ केजी), दावा छिरिङ्ग घिसिङ्ग (जुनियर ६० केजी), विवेक राजबंशी (६० केजी), सुमन बस्नेत (जुनियर ६५ केजी), शुभ सिलवाल (६५ केजी), सनम थिङ्ग (७० केजी) र टेकनारायण राजबंशी काता रहेका छन् ।

Global Ime bank

यस्तै रेफ्रीहरुमा बुद्धराज नेगी, चिन तामाङ्ग, कमल भुजेल र ज्ञान बहादुर थापामगर रहेका छन् । टोली ब्यवस्थापकमा सघंका महासचिव उपेन्द्र कुमार शाही, टिम ब्यवस्थापनमा कोषाध्यक्ष नवराज चौलागाई, टिम संयोजकमा सदस्य सन्देश बाबु सखकर्मी र टिम सहयोगिमा नकुल रानामगर रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu