site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रिपेड मोबाइलमा फोर–जी सेवा सुरु
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड ग्राहकलाई पनि फोर–जी सेवा सुरु गरेको छ । टेलिकमले आफ्नो १३ औं वार्षिकोत्सवको अवसर पारेर शनिवारबाट प्रिपेड मोबाइलमा समेत फोर–जी सेवा सुरु गरेको हो ।

पोष्टपेडमा फोर–जी सेवाको माग बढ्दै गइरहेका बेला प्रिपेड ग्राहकलाई पनि यो सेवा सुरुआात गरिएको हो । गत पुस १७ गतदेखि टेलिकमले काठमाडौं र पोखरामा पोष्टपेड ग्राहकलाई फोर–जी सेवा दिन सुरु गरेको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसै अवसरमा टेलिकमले विभिन्न सेवामा पनि छुटको व्यवस्था गरेको छ । टेलिकमले शनिवारबाट फागुन ७ गतेसम्म लागु हुने गरी जीएसएम प्रिपेड सेवाग्राहीलाई फोर–जी सेवासँगै एक पटकका लागि प्रतिदिन सय एमबीका दरले ४ दिन निःशुल्क ४ सय एमबी डाटा उपलब्ध गराउने, सीआरबीटी सेवा पुनः सञ्चालन गरी प्रतिदिन एउटा गीतका दरले १५ दिनका लागि निःशुल्क उपलब्ध गर्ने, जीएमएस नेटवर्कका सेवाग्राहीलाई २० रुपैयाँमा पाँच दिन भ्यालिडिटी भएको सय एमबी फेसबुक प्याकेज उपलब्ध गराउने लगायतको छुटको व्यवस्था गरेको हो ।

टेलिकमको १३ औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा आयोजित सभामा टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपालमा दुरसञ्चार सेवामा नयाँ नयाँ प्रविधिको सुरुआत, विकास र विस्तारको कार्यमा लागि रहने प्रतिवद्धता पनि जनाइन् ।

Royal Enfield Island Ad

सूचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले ग्राहकहरुको चाहना अनुसार अघि बढन टेलिकम सफल भइरहने विश्वास व्यक्त गरे ।
नेपाल टेलिकमलाई कम्पनीको रुपमा स्थापना गरी सञचालन गरिएको १३ वर्ष पूरा भएको छ । टेलिकमले चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा मात्रै १३ अर्ब २७ करोड खुद मुनाफा गरेको छ । टेलिकमले आफनो ग्राहक संख्या १ करोड ६० लाख नाघि सकेको जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २२, २०७३  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro