site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
प्रकाशको ‘वसन्त’को छायांकन प्याकअप 

काठमाडौं । चलचित्र ‘वसन्त’को छायांकन सकिएको छ । गायक तथा अभिनेता प्रकाश सपूतको डेब्यु निर्देशन रहेको चलचित्रको छायांकन ३८ दिनमा प्याकअप भएको हो । 

चलचित्रको छायांकन बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा गरिएको छ ।

चैत २२ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रको निर्माणमा आफू र आफ्नो टिमले निकै मिहिनेत गरेको र काम पनि राम्रो निस्किएको अभिनेता तथा निर्देशक प्रकाशले बताएका छन् । 

सिनेमामा प्रकाशसँगै स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिवांशी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहनेछ । 

सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि प्रकाशले नै लेखेका छन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना पूरा गर्न उसले गर्ने संघर्षको कथा ‘वसन्त’ले भन्नेछ ।
 

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १४:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro